जलप्रलयको दृष्टिले भौतिक स्तरमा कस्तो पूर्व तयारी गर्नुपर्छ ? : भाग ४

‘भीषण बाढीको प्रत्यक्ष परिस्थितिमा के सावधानी अपनाउनु पर्छ ?’, यस सन्दर्भमा मार्गदर्शक सूत्र

वर्ष २०१९ मा महाराष्ट्र र कर्नाटक राज्यहरुको केही शहरहरुमा भीषण बाढी आउँदा योग्य कृति गर्नको लागि ज्ञान नभएको कारण अनेक नागरिक भ्रमित भएका थिए । यस्तो परिस्थितिमा नागरिकहरु द्वारा अयोग्य कृत्य गर्ने अथवा निर्णय लिने सम्भावना हुन्छ । यो हुनबाट रोक्न ‘प्रत्यक्ष भीषण बाढीको स्थिति उत्पन्न हुँदा के सावधानीहरु अपनाउनु पर्छ ? बाढीको कारण घर छोडेर सुरक्षित स्थानमा जाने समय के गर्नुपर्छ ? तथा बाढी कम भएपछि अपनाउने सावधानी’, यस सन्दर्भमा मार्गदर्शक सूत्र आगाडी दिइएको छ ।

भाग ३ पढ्नको लागि अगाडि दिएको लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/nepali/a/799.html

 

९. भीषण बाढीको प्रत्यक्ष परिस्थिति उत्पन्न

भएमा निम्न सावधानी अपनाएर सुरक्षित रहनुहोस्:

अ. पानीको प्रयोग मितव्ययतासँग गर्नुहोस् । उमालेको र कीटाणु रहित पानी पिउनु पर्छ । सम्भवतः बासी खाना नखानुहोस् तथा खाना ढाकेर राख्नुहोस् ।

आ. विद्युत उपकरण पानीमा डुब्दै छ भने तरुन्त विद्युत प्रवाह बन्द गर्नुहोस् । यस्तो अवस्थामा विद्युत उपकरणहरु प्रयोग नगर्नुहोस् ।

इ. घरमा पानी छिरेको छ भने, घरमा ल्याएको विद्युत प्रवाह खण्डित गर्नुपर्छ । पानी र बिजुलीको आपसमा सम्पर्क हुँदा बिजुलीको झटका लाग्न सक्छ ।

ई. घरको तल्लो तल्लामा पानी छिर्दा त्यसबाट बच्नको लागि अग्लो स्थान जस्तै पहिलो तल्ला, दोस्रो तल्ला, छत आदिमा नजानुहोस् । किन भने पानीको स्तर अधिक बढ्यो भने घरबाट बाहिर निस्कान सक्दैन त्यसैले जब पानीको स्तर कम हुन्छ त्यहि समयमा नै सरकार द्वारा बाढी पीडितको लागि बनाएको आश्रय स्थानमा जानुपर्छ ।

उ. मोबाइलको अत्यधिक प्रयोग नगरि आवश्यक हुँदा मात्र प्रयोग गर्नुपर्छ । वर्तमानमा घरमा सबैसँग मोबाइल हुने कारण सम्पर्कको लागि एक व्यक्तिको मोबाइल मात्र प्रयोग गर्न सक्छ । जसले गर्दा एकै साथ सबैको मोबाइलको ब्याट्री ‘डिस्चार्ज’ हुँदैन ।

ऊ. पानी जम्मा भएको ठाउँमा वाहनहरु फस्न सक्छन् वा ट्राफिक जाम हुन्छन् त्यसैले बाढी ग्रस्त क्षेत्रहरुमा वाहन नलैजानुहोस् । घर अथवा अन्यत्र वाहन राख्दा फलामको चेनले बाधेर राख्नुहोस् जसले गर्दा पानीको बेगको कारण बगेर जादैन ।

ए. परिवारमा बच्चाहरु, वृद्ध र अपाङ्गहरुलाई विशेष ध्यान दिनुहोस् तथा उनीहरुलाई सहायता दिनुहोस् ।

ऐ. बाढी प्रभावित क्षेत्रमा अफवाह फैलाउने सम्भावना हुन्छ । त्यसैले कुनै प्रकारको अफवाहमा विश्वास नगर्नुहोस् । सरकार द्वारा अधिकृत प्रसारित जानकारीमा विश्वास गर्नुहोस् ।

 

१०. स्वास्थ्यको दृष्टिले अपनाउने सावधानी !

१० अ. ‘संक्रामक रोग नहोस्’, यसको लागि सावधानी अपनाउने

अधिक वर्षाको कारण सर्वत्र नमी र आर्द्रता उत्पन्न हुन्छ । घाम बादलले ढाकेको कारण स्वच्छ सूर्यप्रकाशको अभाव रहन्छ । नतिजाको रुपमा रोगको कीटाणु फैलिएर संक्रामक रोग लाग्ने सम्भावना बढ्दछ । अशुद्ध पानीको कारण हुने रोग (जनडिस, टाइफाइड, झाडापखला, लेप्टोस्पायरोसिस इत्यादि) हुन सक्दछ । त्यसैले स्वास्थको विशेष ख्याल राख्नुहोस् ।

१० आ. लामखुट्टे प्रतिरोधी धूपको प्रयोग

लामखुट्टे भीषण बाढीको समयमा ठूलो संख्यामा देखा पर्दछ । मलेरिया, डेंगू जस्ता रोगहरुको कारण बन्न सक्छ । परिसरमा लामखुट्टे बढ्नाले मच्छरदानी अथवा लामखुट्टे हटाउनको लागि लामखुट्टे प्रतिबन्धक अगरबत्ती, लामखुट्टेले नटोकोस् यसको लागि मल्हम (उदा. ‘ओडोमॉस’) आदि को उपयोग गर्न सक्छौं ।

 

११. आध्यात्मिक स्तरमा गरिने प्रयत्न !

११ अ. भगवानलाई प्रार्थना गर्नुहोस्

हरेक १५ मिनेट वा आधा घन्टामा भगवान श्रीकृष्ण, ग्रामदेवता, स्थानदेवता र वास्तुदेवतालाई मनः पूर्वक प्रार्थना गर्नुहोस्, ‘हे भगवान हामी तपाईको शरणमा आएका छौं । तपाई नै हामीलाई यो विपत्तिबाट बचाउनुहोस् । म द्वारा तपाईको नामजप निरन्तर हुन दिनुहोस् । म, मेरो परिवार तथा मेरो घरको चारैतर्फ तपाईको नामजपको सुरक्षा कवच निर्माण हुन दिनुहोस् ।’

११ आ. धेरै भन्दा धेरै नामजप गर्नुहोस्

सम्पूर्ण दिनको अधिकाधिक समय भगवान श्रीकृष्ण अथवा कुलदेवता अथवा इष्टदेवताको नामजप गर्नुहोस् । कलियुगमा ‘देवताको नाम नै आधार’ भएको कारण मन-मनै नामजप गरि रहनुहोस् । नामजप लगाउने सुविधा छ भने मोबाइल अथवा स्पीकरमा नामजप लगाउनुहोस् । यसले नामजप गर्नको लागि स्मरण हुन्छ ।

११ इ. अरुलाई सहयोग गर्ने समय भाव कस्तो राख्ने ?

यस आपदामा सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ तथा मानसिक आधार दिएर ईश्वर प्रति श्रद्धा बढाउन प्रयत्न गर्नुपर्छ । ‘सामाजिक बंधुत्वको पालन गर्न’ प्रत्येकको धर्मकर्तव्य नै हो; तर अरुको सहायता गर्ने समय ‘मैले सहायता गरेको होइन, ईश्वरले नै मबाट यो कार्य गरिरहनु भएको छ’, यस्तो भावसॅंग नामजप गर्दै सहायता गर्नुहोस् । यसले हाम्रो मनमा कर्तापनको विचार आउँदैन तथा त्यो व्यक्तिसँग लेन-देन पनि निर्माण हुँदैन ।

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ सँग  संरक्षित छ ।)

भाग ३ पढ्नको लागि अगाडि दिएको लिंकमा क्लिक गर्नुहोस् : https://www.sanatan.org/nepali/a/799.html

Leave a Comment