जलप्रलयलाई ध्यानमा राख्दै भौतिक स्तरमा कुन पूर्व तयारी गर्नुपर्छ ? : भाग १

बाढी ग्रस्त क्षेत्रको नागरिकहरुको लागि महत्त्वपूर्ण जानकारी

वर्षाऋतुमा अत्यधिक वर्षाको कारण जलप्रलय (बाढी) आउँछ । अन्य ऋतुहरुमा पनि बादल फट्दा जलप्रलय आउन सक्छ । वर्ष २०१९ मा, भारी वर्षाको कारण महाराष्ट्र र कर्नाटक राज्यहरुका धेरै शहरहरु जलमग्न भएको थियो । धेरै गाउँहरु जोड्ने सडकमा दरार आएको हुनाले यातायात ठप्प भएको थियो । हजारौं नागरिकहरुको घर पानीमा डुबे । केही स्थानहरुमा पानीको प्रवाह अधिक तिव्र गतिमा थियो जसले व्यक्ति, पशु र वाहन पनि बगाएर लगे । पेट्रोल, डिजल, दूध आदि जीवनावश्यक चीजहरु पाउन विरलै भयो । अचानक प्राकृतिक आपतकालको कारण जनजीवन सम्पूर्णरूपमा ठप्प भएको थियो ।

‘भविष्यमा कहिले यस्तो अवस्था आउन सक्छ’, भन्न सकिदैन । तसर्थ बाढी प्रभावित क्षेत्रका नागरिकहरुले कसरी पूर्व तयारी गर्नुपर्छ भन्ने सन्दर्भमा मार्गनिर्देशन सूत्रहरु तल दिइएका छन् –

 

१. बाढी प्रभावित क्षेत्रमा नयाँ घर निर्माण गर्नु छ भने कसरी गर्ने ?

१ अ. बाढी प्रभावित क्षेत्रमा नयाँ घर निर्माण नगर्नुहोस्

यदि तपाई नयाँ घर निर्माण गर्न चाहनुहुन्छ भने बाढी प्रभावित क्षेत्रमा निर्माण गर्ने विचार पनि नगर्नुहोस् ।

१ आ. ‘बाढी प्रभावित क्षेत्रमा घर निर्माण पूर्व ‘कति उचाईमा घर निर्माण गर्नुपर्छ ?’, यस विषयमा निर्माण विशेषज्ञहरुको मार्गदर्शन लिनुहोस्

यदि कुनै कारणवश बाढीको खतरा भएको क्षेत्रमा नयाँ घर निर्माण गर्न आवश्यक छ भने, ‘त्यहाँ कति उचाईसम्म बाढीको पानी आउँछ,’ साथै ‘घर कति उचाईमा निर्माण गर्नुपर्छ’, यस सम्बन्धमा निर्माण विशेषज्ञहरुको सल्लाह लिनुहोस् ।

१ इ. माटो वा काच्चो ईट्टाको होइन ‘स्लैब’ तथा सिमेन्टले बनेको स्तम्भ ‘बीम’ ले युक्त सुरक्षित घर बनाउनुहोस् !

माटो र काच्चो ईट्टाको घर बाढी ग्रस्त क्षेत्रमा लामो समयसम्म टिक्न सक्दैन । पानीका गतिशील प्रवाहको कारण माटोका घरहरु सजिलै ध्वस्त हुन्छन्, त्यस्तै पानीमा कच्चो ईट्टा पग्लिन सक्ने सम्भावना पनि हुन्छ । मुसलाधारे वर्षाका कारण घरमा बिछाएको टिन तथा फाइवरको छत आदि बिग्रीन थाल्दछन्; त्यसैले बाढी ग्रस्त क्षेत्रमा पत्थरबाट बनेको साथै ‘स्लैब’ तथा सिमेन्टबाट बनेको स्तम्भ-‘बीम’ ले युक्त बलियो घर बनाउनुहोस् । घरको भित्ताहरु माट्टोको सट्टा सिमेन्ट र बालुवाले बनाएको हुनुपर्छ ।

१ ई. घर निर्माण गर्ने समय यदि बाढीको पानी घर भित्र आयो भने ‘पानीको निकास हुन सकोस्’, यस प्रकार ढलानको रचना गर्नुहोस् यसको लागि विज्ञहरुको मार्गदर्शन लिनुहोस् ।

 

२. वास्तुको सन्दर्भमा सूत्र

२ अ. बीमा गर्नुहोस्

यदि वास्तु (घर) बाढीको क्षेत्रमा छ भने, ‘भविष्यमा बाढी आउन सक्छ’, यसलाई ध्यानमा राख्दै वास्तु, सवारी, बाली लगायत अन्य सामग्रीहरुको बीमा गर्ने कि नगर्ने निर्णय लिनुहोस् ।

२ आ. भित्ताहरु ओसिन्छन् भने तिनीहरुलाई ‘वटरप्रुफिंग’ गर्नुहोस्

यदि घरको भित्ताहरुमा ओस छ भने वर्षाऋतु भन्दा पहिला ‘वाटरप्रुफिंग’ गर्नुहोस् । भित्ताहरुमा यदि दरारहरु छन् भने खतरा सिद्ध हुन सक्छ; त्यसैले यस सन्दर्भमा निर्माण विशेषज्ञहरुलाई तुरुन्त देखाउनुहोस् ।

२ इ. काठको ‘फर्नीचर’ मा ‘वटरप्रुफ कोटिंग’ गर्ने

‘प्लाईवुड’ वा ‘कम्प्रेस्ड काठ’ बाट बनेका फर्नीचरहरु पानीको सम्पर्कमा बिग्रन सक्छ । त्यसैले काठको अपेक्षा धातुबाट बनेको फर्नीचर (टेबल, सोफा, खाट आदि) को उपयोग बारे विचार गर्नुहोस् । यदि काठको फर्नीचरमा ‘वाटरप्रुफ कोटिंग’ छ भने अधिक समयसम्म पानीमा रहदाँ पनि क्षतिग्रस्त हुँदैन ।

२ ई. सकेसम्म घरको बिजुलीको जोड (‘इलेक्ट्रिक प्यानल’) अधिक उचाईमा राख्नुहोस् ।

२ उ. ‘बिजुलीको अभाव नहोस्’, यसको लागि के गर्नुपर्छ ?

बरसातको मौसममा अनिश्चित कालको लागि विद्युत आपूर्ति अवरोध हुन सक्छ । त्यस कारण घरमा माचिस, बत्ती, मैनबत्ती, टर्च, मशाल तेल आदि प्रबन्ध गरेर राख्नुहोस् । ‘टर्च’ मा हाल्नको लागि अतिरिक्त ‘ब्याट्री’ को पनि प्रबन्ध गर्नुहोस् । यी सबैलाई ‘वाटरप्रुफ’ थैली वा झोलामा राख्नाले पानीले भिज्दैन ।

२ ऊ. झ्याल र ढोकाको मर्मत गर्नुहोस्

बाढीको परिस्थितिमा चोरीको घटनाहरु देखा पर्दछ; त्यसैले निश्चित गर्नुहोस् कि ‘घरको झ्याल र ढोका बन्द हुन्छ नि ?’, साथै ‘त्यहाँ सुरक्षित जालिहरु लगाएको छ नि ?’, यसको निश्चित गर्नुहोस् । झ्याल र ढोका राम्ररी बन्द हुँदैन भने तिनीहरुको मर्मत गर्नुहोस् ।

 

३. महत्त्वपूर्ण कागजपत्रहरु र बहुमूल्य चीजहरु सुरक्षित राख्न के गर्नुपर्छ ?

३ अ. ‘डिजिलकर’ एप को प्रयोग गर्ने

भारत सरकारको इलेक्ट्रोनिक्स र आईटी मन्त्रालय द्वारा संचालित ‘डिजिलकर’ एप्लिकेशनको उपयोग गर्नुहोस् । (https://digilocker.gov.in/ जानकारी वेबसेइटमा उपलब्ध छ ।) इन्टरनेटको सुविधा भएको मोबाईल फोनमा यो एप इन्स्टल गर्नुहोस् र त्यसमा आफ्नो आधार कार्डको नम्बर लेख्नुहोस् । ‘एप’ मा आफ्नो आधार कार्ड नम्बर हालेपछि आधार कार्डसँग संलग्न (लिंड) सबै सरकारी कागजपत्र (उदा. ड्राइविंग इजाजतपत्र, ‘इन्श्यूरेंस पोलिसी’, ‘टीडीएस सर्टिफिकेट’, भडा सम्झौता पत्र, घर खरीद/बिक्री कागजपत्र ‘डाउनलोड’ गर्न सकिन्छ । ‘डाउनलोड’ गरिएको सबै कागजपत्र ‘एप’ मा स्थाईरूपमा सुरक्षित रहन्छ । यदि ‘एप’ लाई फोनमा इन्स्टल गरेर कागजपत्रहरु डाउनलोड गरिएको छ भने तिनीहरु आपत्तिजनक समयमा पनि सजिलैसँग उपलब्ध हुनेछन् ।

३ आ. नगद धनराशि, मूल्यवान वस्तु, आभूषण, महत्त्वपूर्ण कागजपत्र आदि राख्नको लागि बाढीग्रस्त क्षेत्रमा स्थित बैंक लकरको चयन नगर्नुहोस् ।

३ इ. महत्त्वपूर्ण कागजपत्रको प्रमाणित फोटोकपि सुरक्षित राख्नुहोस्

१. यदि अधिकोषमा ‘लकर’ को सुविधा छ भने त्यसमा महत्त्वपूर्ण मूल (ओरिजिनल) कागजपत्र (उदा. रासनकार्ड, आधार कार्ड, बैंक पासबुक तथा घरसँग सम्बन्धित कागजपत्र) तथा प्रत्येकको ५ प्रमाणित (एटेस्टेड) जेरोक्स राख्नुहोस् ।

२. महत्त्वपूर्ण कागजपत्रहरुको ५ प्रमाणित(एटेस्टेड) जेरोक्स अन्य आफन्त वा परिचितहरुको घरमा राख्न सकिन्छ ।

३. यसको साथै महत्त्वपूर्ण कागजपत्रहरुको ५ जेरॉक्स प्रतिलिपिहरु एउटा प्लास्टिकको थैलीमा राखेर कुनै सानो झोला या ‘ब्रीफकेस’ मा राख्नुहोस् । अचानक घर छोड्न पर्यो भने, यो झोला तपाईसँग लिएर जान सकिन्छ ।
यस प्रकार कागजपत्रहरुको प्रतिलिपि ३ विभिन्न ठाउँहरुमा राख्नाले संकटको समय यदि एक ठाउँमा राखिएको कागजपत्र उपलब्ध छैन भने अन्य ठाउँमा राखिएको कागजपत्र मिल्न सक्छ ।

३ ई. बहुमूल चीजहरुलाई सुरक्षित ठाउँमा राख्नुहोस् !

संकटको समय चोरीको घटना बढ्छ । तसर्थ बहुमूलय चीजहरु, गहनाहरु अधिकोषमा अथवा अन्य सुरक्षित ठाउँमा राख्नुहोस् । बहुमूल चीजहरुलाई अगाडि नै सुरक्षित ठाउँमा राख्नाले घरलाई कुनै खतरा भए पनि, चीजहरु हराउने छैन ।

३ ई. ‘अधिकोष अथवा ‘एटीएम’ सुविधाहरुको अभावमा असुविधा नहोस्’; यसको लागि साथमा नगद धनराशि राख्नुहोस् !

आपातकालीन अवश्थामा दैनिक आवश्यकताहरुको आपूर्तिको लागि नगद धनराशि तत्काल उपलब्ध नहुन सक्छ, साथै जीवनोपयोगी र अन्य सामग्रीहरु पनि महगो हुनेछ; त्यसैले न्यूनतम १५ दिन देखि १ महिनासम्म पर्याप्त त्यति नगद धनराशि साथमा राख्नुहोस् । यो धनराशि पानीले गीलो नहोस्; यसको लागि प्लास्टिकको सानो थैलीमा सुरक्षित स्थानमा राख्नुहोस् ।’
(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ सँग सुरक्षित छ।)

भाग २ पढ्नको लागि लिंकमा क्लिक गर्नुहोस् :https://www.sanatan.org/nepali/a/783.html

आउँदो तेस्रो विश्वयुद्धको बेला पनि यस्तो अवस्था आउन सक्छ । यो जानकारी त्यस समयमा पनि उपयुक्त हुनेछ; त्यसैले पाठक र साधकहरु यसलाई संग्रहित गरेर राख्नुहोस् ।

 

Leave a Comment