‘प्राथमिक उपचार’ को साधारण अर्थ हो, बिरामीलाई चिकित्सकीय उपचार प्राप्त नभएसम्म बिरामीलाई गरिने प्रारम्भिक उपचार ! आधुनिक भागदौडले भरिएको जीवनशैलीले गर्दा स्वास्थमा बढेको दुष्प्रभावको कारण हृदयविकार समान केही गम्भीर रोग बढिरहेको छ, आधुनिक यन्त्रहरुको उपयोगले बढेको दुर्घटनाहरु इत्याद़ि को साथै भावी तोस्रो विश्वयुद्ध, प्राकृतिक आपदा, दंगा आदि को विचार गर्यौं भने समाज र राष्ट्र प्रति कर्तव्यको रूपमा ‘प्राथमिक उपचार प्रशिक्षण’ लिन, प्रत्येक जागरुक नागरिकको लागि आवश्यक छ । पानीमा डुबेर बेहोस हुने, हृदयविकारको आकस्मिक झट्का आउने, यस्ता अनेक प्रसंगहरुमा चिकित्सा सहायता नपाएसम्म यो अवधि अत्यन्त महत्वपूर्ण हुन्छ । केही मिनेटहरुको कालावधिमा प्राप्त उचित प्राथमिक उपचारको कारण रोगी मृत्युको द्वारबाट फर्केर आउन सक्छ । यो लेख पढेर तथा ‘प्राथमिक उपचार प्रशिक्षण’ लिएर प्रत्येक जागरुक नागरिक उत्तम प्राथमिक उपचारकर्ता बनोस्, यही ईश्वरको चरणमा प्रार्थना छ !
१. तेस्रो विश्वयुद्ध
युद्धकाल, नागरिकको राष्ट्रभिमानको परीक्षाकाल हुन्छ ! यस कालमा आफ्नो देशको लागि योगदान दिनु, प्रत्येक नागरिकको अलिखित राष्ट्रिय कर्तव्य हो । युद्धको स्थितिमा अधिकतम क्षति मानवसंसाधनको अर्थात नागरिक एवं सैनिकहरुको हुन्छन्, जुन राष्ट्रको वास्तविक सम्पत्ति हुन् । यसलाई रोक्न र प्रत्येक नागरिकलाई युद्धका लागि तयार पार्न दोस्रो विश्वयुद्धको समय इंग्लैंड ले देशका नागरिकहरुको सहयोगमा धेरै ठाउँमा प्राथमिक उपचारको विशेष टोलीहरु गठन गर्यो । यी टोलीहरुले घाइते सैनिक र नागरिकहरुलाई समयमै प्राथमिक उपचार गरी उनीहरुलाई बचाउनुको साथ-साथ उनीहरुलाई पुनः युद्धको लागि तयार गर्नमा महत्त्वपूर्ण भूमिका निभाए । आज विश्व तेस्रो विश्वयुद्धको कगारमा छ; तसर्थ आउँदै गरेको युद्धकालमा राष्ट्रिय हितमा योगदान पुर्याउन प्रत्येक नागरिकले ‘प्राथमिक उपचार’ प्रशिक्षण लिएर राष्ट्रकर्तव्य निभाउने प्रयत्न गर्नुपर्छ ।
२. प्राकृतिक एवं मानव-निर्मित आपदा
प्राकृतिक र मानव-निर्मित प्रकोपहरुले कहिले डरलाग्दो रुप लिन्छन् थाहा हुँदैन । कुनै राज्यमा प्राकृतिक प्रकोप होस् अथवा देशभरि दंगाको माध्यमबाट फेरि-फेरि हुने हिंसाचार, यस्तो प्रकोपहरुमा मनुष्यहानि थोरै भन्दा थोरै होस्, यसको लागि सदैव तैयार रहने; यो सरकार र प्रशासनको साथै नागरिकहरुको पनि दायित्व हो । महाप्रलय (बाढी) वा भूकम्प जस्ता प्राकृतिक प्रकोपहरु, दंगा र अराजकता जस्ता मानव-निर्मित विपत्तिहरु र युद्धसमान राष्ट्रिय विपत्तिमा प्राणहानि अधिक हुन्छ । प्राकृतिक प्रकोपको समय सामाजिक बंधुत्व, युद्धकालमा राष्ट्रबंधुत्व र दंगाको समय धर्मबंधुत्व प्रत्येकले देखाउन पर्छ । यस्तो समयमा समाजको बहुसंख्यक प्राथमिक उपचार प्रशिक्षित छन् भने, प्राणहानि कम हुनेछ ।
प्राथमिक उपचारकमा आवश्यक गुणहरु
१. व्यावहारिक गुण
१ अ. सुव्यवस्थित : प्राथमिक उपचार गर्ने समय सबै कार्यहरु शान्तिपूर्वक, सावधानीपूर्वक, योग्य गतिले, अचूक र सुव्यवस्थितसँग गर्नुहोस् ।
१ आ. मितव्ययता : प्राथमिक उपचारको लागि आवश्यक सामग्री अधिक वा कम होस्, प्राथमिक उपचारको सामग्रीहरुको प्रयोग मितव्ययतासँग गर्नुपर्छ ।
१ इ. प्रसंगावधान, रचनात्मकता एवं अभ्यासी वृत्ति : घटनास्थलमा उपलब्ध साधनसामग्री र उपलब्ध मानिसहरुको सहायताले प्राथमिक उपचार गर्नको लागि प्राथमिक उपचारकमा प्रसंगावधान, रचनात्मकता र अभ्यासी वृत्ति हुनुपर्छ ।
१ ई. संगठन कौशल्य : धेरै पटक दुर्घटनास्थलमा कोलाहल हुन्छ । यस्तो अवस्थामा सहकर्मी र दुर्घटनास्थलमा सहायताको लागि उपस्थित व्यक्तिको साथ संगठित रूपमा काम गर्ने कुशलता प्राथमिक उपचारकमा अवश्य हुनुपर्छ ।
१ उ. नेतृत्व गुण : बिरामीको अवलोकन गरेर तुरन्त निर्णय लिने, बिरामीमा धैर्य ल्याउने, उसलाई न्युनतम कष्ट होस्, यस रुपले उनको हेरचाह गर्ने, बिरामीको आफन्तहरुलाई युक्तिपूर्वक सन्देश पठाउने, प्राथमिक उपचारको समय आवश्यकता अनुसार बिरामीलाई चिकित्सालय पठाउनको लागि नियोजन गर्नेको लागि प्राथमिक उपचारकमा स्वयंमा नेतृत्व गुण विकास गर्न अत्यन्त आवश्यक छ ।
२. मानसिक गुण
२ अ. निर्भयता : रगतले भिजेको बिरामी, घटनास्थलमा नै बिरामीको मृत्यु आदि प्रसंगहरुमा प्राथमिक उपचारक निर्भयतासँग सामना गर्न सक्नुपर्छ ।
२ आ. संयम : भूकम्प, बाढी, ठूलो भवन भत्किने आदि आपत्तिको समय धेरै मानिसहरु घाइते हुन्छन् । साथै अन्य प्रकारको हानि पनि ज्यादा हुन्छ । यस्तो समयमा प्राथमिक उपचारक संयम र स्थिरताको साथ उचित कार्य गर्नको लागि अपेक्षा गरिन्छ ।
२ इ. आज्ञापालन गर्ने : प्राथमिक उपचार गर्दा विशेषज्ञहरुको आज्ञा पालन गर्नु आवश्यक हुन्छ ।
३. आध्यात्मिक गुण
३ अ. प्राथमिक उपचार ‘साधना’ हो, भनेर बुझ्ने : व्यक्तिगत आध्यात्मिक प्रगतिको लागि गरिने प्रयासलाई ‘साधना’ भनिन्छ । ‘सकाम साधना’ र ‘निष्काम साधना’ साधनाको दुई प्रकार हुन् । सकाम साधना, यो व्यक्तिगत अपेक्षा (उदा. परिवारको कल्याण, सन्तानप्राप्ति आदि) पूर्तिको लागि गरिन्छ, जबकि बिरामीलाई प्राथमिक उपचार दिने तथा प्राथमिक उपचार सिक्ने, यो समष्टिको हितको लागि गरिने एक प्रकारको निष्काम साधना नै हो !
३ आ. अखण्ड नामजप गर्ने : उपास्यदेवताको नामजप गरेर गरिने कर्म (उदा. प्राथमिक उपचार) ‘अकर्म कर्म’ हुन्छ, अर्थात कर्तालाई त्यसको पाप-पुण्य लाग्दैन, तर उनको ‘साधना’ हुन्छ ।
३ इ. कर्तापन ईश्वरलाई अर्पण गर्ने : प्राथमिक उपचारक बिरामीको उपचार गर्ने समय ‘प्रत्येक कृत्य ईश्वर नै मेरो माध्यमबाट गरिरहनु भएको छ’, यस्तो भाव राख्यो भने ‘निष्काम कर्मयोग’ हुन्छ ।
३ ई. प्रीति (निरपेक्ष प्रेम) गर्ने : ‘प्रेम गर्ने’ अर्थात ‘प्रीति’ होइन । प्रेममा अधिकांश समय अपेक्षा हुन्छ । प्राथमिक उपचारक अपेक्षा नराखि सेवाभावले बिरामीको उपचार गरिरहनु पर्छ !
गम्भीर स्थितिको बिरामीको लागि प्रयोग गरिने AB-CABS पद्धतिगम्भीर स्थितिको बिरामी अर्थात् कुनै पनि कारणले हृदय-श्वासन प्रणाली बन्द भएको, बेहोश, अत्यधिक अस्वस्थ वा उत्तर नदिने बिरामी । यस्तो बिरामीलाई ‘मूलभूत जीवनरक्षक’ दिने समय AB-CABS पद्धति प्रयोग गर्न उचित मानिन्छ । (यो भन्दा पहिला प्राथमिक उपचारको ABC (अर्को नाम DRSABCD) पद्धति प्रयोग गरिन्थ्यो ।) अंग्रेजीको प्रारम्भिक अक्षरहरुबाट बनेको शब्द AB-CABS (पद्धति) मूलभूत जीवनरक्षकको महत्त्वपूर्ण चरण उचित क्रममा ध्यानमा राख्न प्राथमिक उपचारकलाई सहायता गर्दछ । AB-CABS शब्दमा अंग्रेजी अक्षरहरुको संक्षिप्त विवरण निम्ननुसार छ । A – Airway ? : के रोगीको श्वासनमार्ग खुला छ ? B – Breathing ? : के बिरामीले श्वास लिइरहेको छ ? C – Chest Compressions : छाती दाबन । A – Opening the Airway : श्वासनमार्ग खोल्नुहोस् । B – Breathing for the patient (30:2) : बिरामीको छाती ३० पटक दबाए पश्चात २ पटक बिरामीको मुखमा आफ्नो मुख लगाएर श्वास दिनुहोस् । बिरामीले श्वास लिन थालेपछि (अथवा उक्त उपचार पश्चात बिरामीको श्वास आफ्नै चल्न थालेपछि) निम्न कृत्य तुरन्त क्रमसँग जाँच गर्नुहोस् । S – S को जाँच गर्नुहोस्Serious Bleeding : के गम्भिर रक्तस्राव भइरहेको छ ? Shock : के मर्माघातको लक्ष्ण छ ? Spinal Injury : के मेरुदण्डमा चोट लागेको छ ? |