आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – १०

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

भाग ९ पढ्नको लागि – आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी भाग  ९

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डा. जयंत आठवलेज्यू !

 

आपातकालीन लेखमालाको यस भागमा हामी पारिवारिक, आर्थिक र सामाजिक दायित्वहरुको तयारीको विषयमा बुझ्ने कोशिश गर्नेछौं । पारिवारिक तहमा विचार गर्ने समय घरको विषयमा, आर्थिक स्तरमा विचार गर्ने समय सम्पत्तीको विषयमा तथा सामाजिक दायित्व अन्तर्गत समाजको लागि हामी के गर्न सक्दछौं, यी विषयमा जानकारी दिएको छ ।

 

४. आपतकालीन दृष्टिले पारिवारिक तहमा गरिने व्यवस्था

४ अ. पारिवारिक स्तरमा आवश्यक व्यवस्था

४ अ १. घरको सन्दर्भमा गरिने कृत्य
४ अ १ अ. सकेसम्म नयाँ घर अथवा फ्ल्याट खरीद नगर्नुहोस्, पुरानो निजी घरमै बस्नुहोस् वा घर भाँडामा लिनुहोस् !

अ. भूकम्प, पहिरो आदि ले घरको हानि हुन सक्छ । यसले नयाँ घर लिदा लगाएको पूंजी व्यर्थ हुन सक्छ । त्यसकारण सकेसम्म नयाँ घर वा फ्ल्याट खरीद नगर्नुहोस् । अहिले निजी घर अथवा भाडाको घरमा अथवा फ्ल्याटमा बस्नुहोस् ।

आ. यदि कुनै अपरिहार्य कारणले घर अथवा फ्ल्याट किन्नु पर्यो भने सुरक्षित स्थान छनौट गर्नुहोस् ।

इ. फ्ल्याट किन्नदा तेस्रो तल्ला भन्दा माथिको नलिनुहोस्; किनकि भूकम्प समान संकट आउदा तेस्रो तल्लासम्मको मानिसहरु छिट्टै तल खुल्ला मैदानमा जान सजिलो हुन्छ ।

ई. अहिले यदि कसैको घर तेस्रो तल्ला भन्दा माथि छ भने, उनीहरुले अन्यत्र उचित फ्ल्याट लिने कोशिस गर्नुहोस् ।

४ अ २. यदि हालको घर जीर्ण भएको छ वा केहि प्रमुख अंशहरु मर्मत गर्न आवश्यक छ भने त्यो काम अवश्य गर्नुहोस् !

यदि तपाईको घर जीर्ण बनेको छ वा केही महत्वपूर्ण भाग झरेको छ जुन अहिलेसम्म मर्मत गरेको छैन भने भविष्यमा आपतकालिन समयमा भयानक बाढी, चक्रवातहरु जस्ता आपदाहरु आउदा घरको हानि हुन सक्छ वा घर भत्किन सक्छ । आपतकालमा भत्केको घर मर्मत गर्न धेरै गाह्रो हुन सक्छ । त्यसकार भत्केको घर अहिलेनै समय दिएर मर्मत गर्नुहोस् ।

४ अ ३. वर्तमानमा घरको विस्तार गर्न अथवा सजावट गर्नबाट बच्नुहोस् !

आपतकालमा घरको क्षति हुन सक्छ । त्यसकारण घर विस्तार गर्न वा सजावट गर्दा लागेको पैसा बर्बाद हुन सक्छ । त्यसैले यो कार्य नगर्नुहोस् । यो विषयमा आपतकाल समाप्त भएपछि विचार गर्न सकिन्छ ।

४ अ ४. यदि गाउँमा पैतृक घर छ भने, त्यसलाई रहनयोग्य बनाउनुहोस् !

आउँदै गरेको अवधिमा तेस्रो विश्वयुद्ध, आतंकवाद आदिबाट हुने क्षति गाउँहरु भन्दा शहरहरुमा बढी हुनेछ । यस्तो अवस्थामा गाउँमा बस्नु पर्ने हुन्छ । तसर्थ, यदि गाउँमा घर छ भने, अहिलेदेखि नै रहनयोग्य बनाएर राख्नुहोस् ।

४ अ ५. जुन नगरवासि (शहरवासि) को पैतृक घर अथवा भूमि गाउँमा छैन, उनीहरु आफ्नो सुविधानुसार कुनै गाउँमा निवासको दृष्टिले सोच्न आरम्भ गर्नुहोस् !
४ अ ६. शिक्षा, रोजगार आदि को निमित्त विदेशमा रहेका आफन्तहरुलाई यथासम्भव नेपाल बोलाउनहोस् !

नेपाल देश मूलतः पुण्यभूमि हो । आगामी आपतकालमा नेपालमा भन्दा अरु देशहरुमा अधिक हानि हुन सक्छ; किनकि विदेशमा रज-तम अधिक छ । त्यसैले, विश्वयुद्ध आरम्भ भएपछि विदेशबाट नेपाल सुरक्षित फर्किन कठिन हुन जान्छ ।

४ अ ७. वृद्ध व्यक्तिले आफ्नो निधनपछि आफन्तहरुका बीच सम्पत्ति सम्बन्धि झगडा नहोस् भनेर पैतृक सम्पत्तिको विषयमा परियोगना र मृत्युपत्र बनाउनुहोस् !

 

५. आर्थिक स्तरमा गरिने तयारी

५ अ. आजको आम्दानी र अहिलेसम्मको बचतको सही उपयोग गर्ने

१. आपतकालमा सम्भावित वृद्धि हुने महंगाईको सामना गर्ने

२. आपतकालको समयमा सामाजिक दायित्वको रुपमा प्रभावित बन्धुहरुलाई आर्थिक सहायता गर्ने

३. आपतकालमा राष्ट्रीय कर्तव्यको रूपमा राष्ट्रलाई धन अर्पित गर्ने

दोस्रो विश्वयुद्धको समय नेताजी सुभाषचंद्र बोसलेको आवाहनमा अनेक देशवासिहरुले आफ्नो धन, लगाएको गहना आदि ‘आजाद हिन्द सेना’ को लागि नेताज्यूको झोलीमा हालि दिएको थियो । आपतकालमा राष्ट्रको आर्थिक बोझ धेरै बढेर जान्छ; उदा. ज्यादा मात्रामा युद्ध सामग्री किन्नु पर्दछ अथवा बनाउनु पर्छ । त्यस्तो समय राष्ट्रको लागि धन दिनु हाम्रो राष्ट्रीय कर्तव्य हो ।

५ अ १. आर्थिक निवेश गर्ने समय आगाडि दिएको सूत्रहरुमा विचार गर्नुहोस्

आजकल धेरै बैंकहरुको आर्थिक घोटाला पर्दाफास भइरहेको छ । यस्तो अवस्थामा तपाईको पूंजी सुरक्षित राख्न निम्न विकल्पहरु विचार गर्नुहोस् । पूंजीको निवेश ‘You should not put all eggs in one basket (भावार्थ : आफ्नो पूंजी-निवेश एक स्थानमा गर्नुको अपेक्षा सुरक्षाको दृष्टिले अनेक स्थानहरुमा गर्नुहोस् ।)’ यो अर्थशास्त्रीय सिद्धान्त अनुसार गर्नुहोस् ।

५ अ २. बैंकसॅंग सम्बन्धित व्यवहार
५ अ २ अ. पूंजी-निवेश अलग-अलग राष्ट्रीयकृत बैंकमा गर्नुहोस् !

१. राष्ट्रीयकृत बैंकमा ‘रिजर्व बैंक’को नियन्त्रण रहन्छ । त्यसैले, त्यो बैंक दिवाली भए पनि, हाम्रो पैसा डुब्ने सम्भावना हुँदैन; तर अधिकोषको धन निकासीमा केही नियन्त्रण रहन्छ, उदा. निर्धारित मात्रामा नै धन निकाल्न सकिन्छ । यसको विपरीत, निजी अथवा सहकारी अधिकोष दिवाली घोषित भएमा उनको दायित्व ‘रिजर्व बैंक’ मा हुँदैन; त्यसैले डुबेको पैसा मिल्ने सम्भावना अत्यल्प रहन्छ ।

२. कुनै बैंक दिवाली भएमा तब हाम्रो पूरा पैसा नडुबोस्, यसको लागि आफ्नो परिसरको अलग-अलग राष्ट्रीयकृत बैंकमा पैसा जम्मा गर्नुहोस् । राष्ट्रीयकृत बैंकमा ५ लाखसम्मको जम्मा पूंजीमा बीमा सुरक्षा मिल्दछ । त्यसैले एक राष्ट्रीयकृत अधिकोषमा अधिकतम ५ लाख रुपया जम्मा गर्नुहोस् ।

५ आ. अन्य सूत्र

१. आफ्नो सबै अधिकोष खाताहरुमा उत्तराधिकारीको नाम लेख्नुहोस् ।

२. अधिकोषमा पैसा जम्मा गर्ने, पैसा निकाल्ने आदि न्यूनतम कार्य परिवारको सदस्यहरुलाई पनि सिकाउनुहोस्स् ।

५ आ १. सुन, चाँदी आदि मूल्यवान वस्तुहरुमा निवेश गर्नुहास् !

आपतकालमा कहीलेकाही अधिकोषबाट पैसा निकाल्नमा समस्या हुन सक्छ; तर सुना, चाँदी आदि मूल्यवान वस्तुहरु हामीसँगै रहन्छ । यसको फाइदा यो हुन्छ कि प्रसंगवश जब धनको आवश्यकता हुन्छ, तब हामी त्यसको उपयोग गर्न सक्छौं ।

कसैलाई निवेशको रूपमा सुन अथवा चाँदी किन्नु छ भने तब गहना जस्तै औंठी, हार को अपेक्षा शुद्ध सुनको सिक्का अथवा अखण्ड रुपमा चाँदी किन्नुहोस्, यसले बनाउने शुल्क बचत हुनेछ ।

५ आ २. घरको लागि इनार खन्ने, सौर्य ऊर्जाको व्यवस्था गर्ने आदि व्यय पनि एक प्रकारको निवेश हो !
५ आ ३. भूमिमा निवेश गर्ने

जसलाई सम्भव छ, उनले कृषियोग्य भूमि किन्नुहोस् । एउटा व्यक्तिको लागि भूमि किन्न सम्भव छैन भने तब केही व्यक्तिहरु मिलेर भूमि किन्न सक्छन् । भूमिमा निवेशको लाभ आज होइन त भोली अवश्य मिल्नेछ ।

५ आ ४. जसले ‘शेयर’ मा पैसा लगाएको छ, उनले अहिले देखि उपाययोजना बनाउनुहोस् !

‘शेयर’ बेच्दा त्यो समयको बाजार मूल्य अनुसार पैसा मिल्दछ । शेयर किन्ने समयको भन्दा पनि अधिक धनराशि मिल्न सक्छ र त्यो भन्दा पनि कम मिल्न सक्छ । यदि मूल धनराशि भन्दा पनि कम धनराशि मिल्यो भने त्यती हानि सहनु पर्छ । ‘शेयर’ मा पूंजीनिवेश मा बीमासुरक्षा हुँदैन तथा त्यसमा सरकारको नियन्त्रण पनि हुँदैन । संक्षेपमा भन्दा, ‘शेयर मा निवेश गरेको पूंजी पूर्णतः मिल्नेछ, यो निश्चित रुपमा भन्न सकिदैन । त्यसैले, जसले ‘शेयर’ मा पैसा लगाएको छ, उनले अहिले देखि उपाययोजना खोज्नुहोस् ।

५ इ. अन्य सूचना

आपतकालमा बढ्ने महंगाई र परिवारको संख्या विचार गरि, केही वर्षसम्म हाम्रो आवश्यकता पूर्ति होस्, त्यति धन घरमा सुरक्षित राख्नुहोस् ।

 

६. सामाजिक दायित्वको सन्दर्भमा गरिने तयारी

६ अ. चाल, गृहनिर्माण संस्था (हाउसिंग सोसाइटी), गाँउको वडाआदि

स्थानहरुमा रहनेहरुले एकत्र तयारी गरेमा त्यो सबैको लागि लाभदायी हुने

इनार खन्ने, सौर्य ऊर्जा अथवा पवन ऊर्जा प्रणाली लगाउन, ‘बायो-ग्यास’ संयंत्र लगाउन जस्तो तयारिमा व्यक्तिगत स्तरमा अधिक खर्च हुन्छ; तर यदि सबै मिलेर गर्यो भने त्यो अल्प समय र खर्चमा हुन्छ । आपतकालको दृष्टिले अन्न र अन्य जीवनावश्यक वस्तुहरु प्रचुर मात्रामा किन्नु पर्दछ । सबैको आवश्यकताको विचार गरि थोकमा किन्दा कम खर्च हुन्छ । यस प्रकार मिलेर तयारी गर्नाले मनुष्यबल र समयको बचत हुन्छ, यसको साथ आर्थिक दृष्टिले दुर्बल समाजबन्धुलाई पनि सहायता हुन्छ ।

६ आ. सामानहरु किन्दा अभावग्रस्तहरुको पनि विचार गरेर अतिरिक्त किन्ने

‘वसुधैव कुटुम्बकम् । (अर्थ : पृथ्वी मेरो परिवार हो ।)’, यो हाम्रो संस्कृतिको विशेषता हो । यस अनुसार आपतकालको दृष्टिले वस्तु/सामान किन्ने समय आफ्नो आर्थिक स्थिति राम्रो छ भने आफ्नो साथ-साथै समाजमा अभावग्रस्तहरुको पनि विचार गरेर उनीहरुको लागि पनि अन्न, वस्त्र इत्यादि अतिरिक्त मात्रामा किन्नुहोस् । यो वस्तु आपतकालमा फसेको तथा निर्धन व्यक्तिहरुको लागि दिन सकिन्छ । भारत-पाकिस्तान युद्धको समय केही भारतीय नागरिकहरुले स्वयंप्रेरणाले विभिन्न रेलवे स्थानहरुमा भारतीय सैनिकहरुको लागि चिया-पानीको व्यवस्था गरेको थियो । वर्ष २०२० मा ‘कोरोना’ विषाणुको कारण उत्पन्न संकटको समय देशमा एकाएक ‘संचारबंदी’ लागु भयो । त्यसैले अनेक श्रमिक, ट्रकचालक इत्यादि विविध स्थाहरुमा अडकियो । तब आम नागरिकले आफ्नोतर्फबाट, खाना, पानी, पैदल यात्रीको लागि चप्पल इत्यादि वितरन गरे । ‘हिन्दू जनजागृति समिति’ जस्ता संगठनले अभावग्रस्तहरुमा फल, शरबत इत्यादि को वितरण गर्यो । धेरै दाता, मंडल र संस्थाहरुले सरकारलाई सहयोग गर्न धनराशि दान गरे ।

६ इ. यदि अभावग्रस्तलाई सामानहरु किन्ने तपाईको क्षमता छैन भने

आपतकालमा आफ्नो आवश्यकताहरु पूरा होस् केवल त्यति नै खरीद गर्नुहोस् !

आपतकाल पूर्व सबैले परिवारको लागि अन्न, कपडा, औषधि आदि किन्नु पर्छ । एउटै समयमा यदि सबैले ठूलो परिमाणमा खरीद गर्यो भने सामानहरुको अभाव निर्माण हुन सक्छ । ‘मलाई जस्तै समाजबन्धुहरुलाई पनि सबै सामानहरु उपलब्ध हुनुपर्छ’, यो विचार गरि आपतकालको दृष्टिले त्यति मात्र किन्नुहोस् जसले तपाईको आवश्यकताहरु पूरा हुन्छन् ।

६ ई. आफ्नो ज्ञानको उपयोग अभावग्रस्तहरुको सहायताको लागि गर्ने

वैद्य, कृषि, अन्न व्यापारी आदि लाई आफ्नो क्षेत्रको विषयमा राम्रो अध्ययन हुन्छ । त्यस्ता व्यक्तिले आफ्नो ज्ञानको उपयोग विपन्न वर्ग (अभावग्रस्त) लाई मद्दत गर्न सक्छन्, उदा. वैद्य औषधि वनस्पतिको बागवानीको विषयमा, किसान फलफूल-तरकारीहरुको विषयमा, जबकि अन्नको व्यापारी अन्नलाई उत्तम तरिकाले कसरी राख्ने विषयमा अभावग्रस्तलाई बताउन सक्छन् ।

 

७. आपतकालको दृष्टिले आवश्यक तयारी तथा सावधानी

७ अ. घरमा अनावश्यक सामग्रीहरु हटाउन सुरु गर्नुहोस् !

आपतकालको तयारीको लागि घरमा धेरै वस्तुहरु जम्म गर्नुपर्ने हुन्छ । त्यस्तो समय विपत्तीमा फसेका कुनै पनि परिवारको सदस्यहरु वा समाजबन्धुलाई आफ्नो घरमा आश्रय दिनु पर्ने हुन सक्छ । यसको लागि तपाईको घरबाट अनावश्यक सामग्री हटाउन सुरु गर्नुहोस् । यसले घरमा खाली ठाउँ हुन्छ । अनावश्यक सामग्री हटाउँदा वस्तुहरु प्रतिको आसक्ति घट्नमा पनि मद्दत हुन्छ ।

७ आ. मोबाइलको सन्दर्भमा तयारी

१. मोबाइल फोन जसमा दुईटा सिम कार्डहरु हाल्न मिल्छ

यसको फाइदा कुनै पनि एउटा सिम कार्डमा रेन्ज मिल्ने सम्भावना हुन्छ ।

२. सम्भव छ भने दुईटा मोबाइल सेट राख्नुहोस्

एउटा मोबाइल सेटको ब्याट्री समाप्त भयो भने अर्को मोबाइल सेटको उपयोग गर्न सकिन्छ ।

७ इ. महत्वपूर्ण व्यक्तिहरुको मोबाइल नम्बर र ठेगानाहरु नोट गरेर राख्नुहोस्,जस्तै आफन्त,

परिवारको डाक्टर आदि र पुलिस स्टेशन, अग्निशमन दल आदि मोबाइल तथा सानो डायरीमा लेखेर राख्नुहोस्

आपतकालमा यदि चलाइ राखेको मोबाइल चार्ज छैन भने उपयोगि हुँदैन । त्यसैले आवश्यक फोन नम्बरहरु सानो डायरीमा लेखेर राख्न उपयुक्त हुन्छ । यो सानो डायरी सधै आफ्नो साथमा राख्नुहोस् । यसले अरुको मोबाइलको सहायताबाट हामी सम्पर्क गर्न सक्छौं । महत्त्वपूर्ण नाम र सम्पर्क नम्बर कंठस्थ गर्नुहोस् ।

७ ई. महत्त्वपूर्ण कागजपत्रहरुको विषयमा आवश्यक सतर्कताहरु

आपतकालमा भागदौडमा महत्त्वपूर्ण कागदपत्र (उदा. नागरिकता, बैंक पासबुक) हराउन सक्छ । त्यसैले पूर्वतयारीको रूपमा यस्तो कागदपत्रको फोटोकपि निकालेर अन्यत्र उदा. आफन्तहरुको घरमा राख्नुहोस्, साथै कागदपत्रहरुको फोटो खिचेर राख्नुहोस् ।

७ उ. व्यक्तिगत अथवा अफिसको कम्प्युटरको महत्त्वपूर्ण जानकारी (डेटा) अन्य स्थानको कम्प्युटरमा राख्नुहोस्

आपतकालमा यदि घर अथवा कार्यलय क्षतिग्रस्त भयो भने, कम्प्युटरको महत्वपूर्ण जानकारी अन्यत्र राख्दा पुन: प्राप्त हुन सक्छ । कार्यलयको कम्प्युटरको जानकारी अन्यत्र राख्नु भन्दा पहिला उत्तरदायी अधिकारिलाई सम्भावित संटकको सूचना दिएर उहाँबाट अनुमति लिएर गर्नुहोस् अथवा उहाँलाई नै महत्वपूर्ण जानकारी अन्यत्र राख्न सुझाव दिनुहोस् ।

७ ऊ. आपतकालको लागि उपयुक्त चीजहरु सिकेर त्यसको अभ्यास पनि गर्नुहोस्

जसलाई खाना पकाउन आउँदैन जति आवश्यक छ त्यति पकाउन सिक्नुहोस् । (उदा. दाल-भात, खिचडी इत्यादि साधरण चीजहरु बनाउन), कपाल काट्न, पौंडी खेल्न, सिलाईयन्त्रमा कपडा सिलाउन आदि सिक्न फाइदाजनक हुन्छ ।

७ ए. घरको रक्षाको लागि कुकुर पाल्नुहोस्

चोर, दंगा गर्नेहरु आदिबाट घरको सुरक्षाको लागि कुकुर पाल्नुहोस् । कुकुरको हेरचाह र औषधोपचार गर्न सिक्नुहोस् ।

सन्दर्भ : सनातनको आगामी ग्रंथमाला ‘आपतकाल में जीवनरक्षा हेतु आवश्यक तयारी’

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ को साथ छ ।)

Leave a Comment