आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु : भाग – ८

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

भाग ७ पढ्नको लागि – आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु भाग  ७

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डा. जयंत आठवलेज्यू !

परात्पर गुरु डा. आठवलेज्यू

आपतकालीन लेखमालाको यो भन्दा पहिलाको भागमा हामीले पारिवारिक स्तरमा आवश्यक नित्योपयोगी वस्तु/सामान हरुको विकल्प बुझ्यौं । यो लेखमा हामी अन्नको भण्डारण विषयमा बुझ्ने छौं । वर्षा ऋतु आरम्भ भएपछि खिरद गरिएको अन्न सुकाउन सकिदैन । यस्तो अवस्थामा बिग्रनबाट रोक्न केही अन्य अपायहरु लिन सकिन्छ ।

 

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा आवश्यक तयारी

३ ऐ. खानाको अभावमा भोकमरीबाट बच्न यो गर्नुहोस् !

३ ऐ १. अर्को केही महिना वा बर्षको लागि पर्याप्त अनाज भण्डारण गर्ने

आपतकालमा तरकारी बजार, पसलहरुमा अन्न उपलब्ध छ भने, यसलाई किन्न धेरै भीड हुन्छ । तसर्थ, सम्पूर्ण अन्न केही समयमा नै समाप्त हुन्छ । यद्यपि सरकारले खाद्यान्न आपूर्ति गरे पनि त्यो सीमित रहन्छ । यस्तो अवस्थामा अन्नको लागि भट्किन नपरोस्, यो उद्देश्यले पर्याप्त मात्रामा अन्न भण्डारण गर्न आवश्यक छ ।

३ ऐ १ अ. कुन खाद्य पदार्थ भण्डार गर्ने र कुन खाद्य पर्दाथ नगर्ने ?

अन्न, दाल, तेल, घीउ, मसला संग्रह गर्नुहोस् । विशिष्ट ऋतुमा उत्पादित तरकारीहरु र फलफूलहरु सकेसम्म संग्रह गर्नुहोस्; किनभने आयुर्वेद अनुसार विशिष्ट ऋतुमा उत्पादित तरकारी र फलफूल खानुपर्दछ । ‘अन्य ऋतुहरुमा उत्पादन गरिने तरकारीहरु र फलफूल मुख्य आहारको रूपमा अथवा अधिक मात्रामा र प्रतिदिन उपभोग गर्दा’, रोग उत्पन्न गर्न सक्छ । ऋतु अनुसार तरकारी र फलफूल उपलब्ध गराउन सकेसम्म तिनीहरुलाई रोप्नुहोस् ।

३ ऐ १ आ. अन्न भण्डारणको सिद्धान्तहरु

१. जैविक पद्धतिद्वारा (‘ऑर्गेनिक’ पद्धतिद्वारा – रासायनिक खाद तथा कीटनाशक प्रयोग नगरी) उत्पादन गरिएको अन्न स्वास्थ्यको लागि लाभदायक हुन्छ । यस्तो अन्नहरु रासायनिक प्रक्रियाबाट उत्पादित अनाजहरु भन्दा लामो समय सम्म रहन्छ ।

२. ढुसी, कीरा, मुसा, छुचुन्द्रो आदि जस्ता समस्याग्रस्त जीवहरुबाट अन्नको रक्षा गर्न आवश्यक छ ।

३. वर्षाऋतुमा वातावरण आर्द्र रहन्छ त्यसैले खाद्यान्नको विशेष हेरचाह आवश्यक छ ।

३ ऐ १ इ. कसरी अन्न भण्डार गर्ने

‘अकोला, महाराष्ट्रको वरिष्ठ आयुर्वेद विशेषज्ञ वैद्य अरुण राठी धेरै वर्षदेखि परम्परागत पद्धतिहरुले अन्नको भण्डारण गर्नुहुन्छ । यो पद्धति अगाडि दिएको छ ।

३ ऐ १ इ १. अन्न खरिद गर्नुहोस् र तिनीहरुलाई कडा घाममा सुकाउनुहोस्

अ. अन्नको भण्डारण चैत-वैशाक मा गर्नुहोस् र यथासम्भव अन्न सिधा किसानहरुबाट किन्नुहोस् ।

आ. अन्न घरमा ल्याएपछि त्यसलाई राम्रोसँग घाममा सुकाउनुहोस् । चामल घाममा नसुकाउनुहोस्; किनभने चामल टुक्रिन्छ ।

इ. जुन भाँडामा अन्न भण्डारण गर्ने हो त्यसलाई राम्रोसँग सफा गरेर घाममा सुकाउनुहोस् । भाडालाई घाममा राख्न सम्भव छैन भने भाडालाई तातो पार्नुहोस् ताकि यसले पानी पूर्ण रुपमा सूख्नेछ ।

ई. यदि तपाई भाँडाको ठाउँमा झोला वा बोरा प्रयोग गर्न चाहनुहुन्छ भने सकेसम्म नयाँ झोला वा बोरा प्रयोग गर्नुहोस् । यदि सम्भव छैन भने पुरानो झोला वा बोरा धोएर घाममा सुकाउनुहोस् । पानीको अंश पूर्णरूपमा सुक्खा भयो यो सुनिश्चित गर्नुहोस् ।

३ ऐ १ इ २. कीराहरुबाट सुरक्षाको लागि अधिक प्रभावकारी उपचार – ‘धुवाँ उपचार’

धुवाँ

अ. गोबरगिठ्ठा, नीम पात, रायोको दाना, सिद्धे नुन, बेसार तथा विशेषरूपमा सुक्खा रातो खोर्सानी एकत्र गरेर यो मिश्रणलाई कपूरको टुक्राको सहायताले जलाएर धुवाँ गर्नुहोस् । यस धुवाँमा अन्न राख्ने भाँडा उल्टो राख्नुहोस् र धुवाँले त्यसलाई भरि दिनुहोस् ।

आ. भाडाँमा धुवाँ भर्ने बित्तिकै यसको ढकनी तुरुन्तै बन्द गरेर यसलाई १० – १५ मिनेट त्यतिकै राख्नुहोस् । यो कार्यलाई ‘धूपन’ भनिन्छ । कुनै पनि अन्नको भण्डारणमा धूपनको विशेष महत्त्व हुन्छ । धूपनको कार्यमा प्रयोग गरिएको पदार्थका कारण विशेष गरी रातो खोर्सानीको कारणले अन्नमा कीरा लाग्दैन ।

इ. सम्भव भएकाहरुका लागि यदि उनीहरुले धूप क्रियाकलापको लागि उपर्युक्त पदार्थहरुमा थोरै गन्धक, राल, लोबान (विशेष सुगन्धित पदार्थ) र बाच प्रयोग गर्यो भने धूपन ज्यादै प्रभावकारी हुन्छ । यी पर्दार्थहरु आयुर्वेदिक औषधि बेच्ने पसलमा पाइन्छन् ।

ई. झोलामा भण्डारण गर्नको लागि पनि माथि उल्लेख गरिए अनुसार धूपन गर्नुहोस् ।

३ ऐ १ इ ३. अन्न भण्डारण गर्ने

यदि डिब्बा ठूला छन् र अन्न थोरै छ भने, त्यसलाई प्लास्टिकको झोलाहरुमा भर्नुहोस् र डिब्बामा राख्नुहोस् ।

अ. नीमको पातहरुलाई कडा घाममा सुकाउनुहोस् कि पानीको मात्रा नरहोस् । पातहरु घामबाट जल्न नदिनुहोस् । यदि नीमको पातहरु उपलबध छैन्न् भने निरगंडीको पातहरु त्यही प्रकार प्रयोग गर्नुहोस् ।

आ. डिब्बा अथवा झोलामा अन्न भर्ने समय सबै भन्दा पहिला नीमको केही सुक्खा पातहरु राखेर त्यसमाथि कागज वा सुक्खा सफा सूती कपडा फैलाउनुहोस्; त्यसपछि डिब्बामा अन्न भर्नुहोस् । यदि केही कारणरले गर्दा आर्द्रता डिब्बा/बक्समा गएको छ भने कागज वा सूतीको कपडाले यसलाई अवशोषित गर्दछ ।

इ. अन्न भर्ने समय प्रति एक किलो अन्नमा ४-५ घाममा राम्रोसँग सुकाएको भिल्ला राख्नुहोस् । भिल्ला आयुर्वेदिक औषधि बनाउने सामान बेच्ने पसलमा मिल्दछ । यदि यो पाएन भने, तब आयुर्वेदीय ‘भीमसेनी’ कपूरको टुक्रालाई कागजमा लपेटेर प्रति १ किलो अन्नमा एउटा ट्याब्लेट राख्नुहोस् । (सनातनको आयुर्वेदीय ‘भीमसेनी कपूर’ सनातनको उत्पाद वितरकमा पाउदछ । – संकलनकर्ता)

ई. अन्न भरिसकेपछि फेरि यसमा कागज वा सूती कपडा राखेर नीमको सुक्खा पातहरु फैलाउनुहोस् ।

उ. डिब्बाको ढकनीको भित्रपट्टिको भागमा ‘सेलोटेप’ को सहायताले कपूरको गोलीलाई टाँस्नुहोस् । कमिला र अन्य साना कीराहरु कपूरको गन्धले भित्र पस्दैन । झोलामा कपूरको गोली राख्न चाहनुहुन्छ भने कागजमा लपेट्नुहोस् र सबै भन्दा माथि राखेर झोलाको मुख बन्द गरिदिनुहोस् ।

ऊ. डिब्बामा हावा नपसोस्, यसको लागि ढकनी कसेर लगाउनुहोस् । ढकनी कसेर लगाउनको लागि आवश्यकता अनुसार कागज अथवा प्लास्टिक थैली राख्नुहोस् ।

३ ऐ १ इ ४. अन्नले भरेको डिब्बा वा झोला उचित स्थानमा राख्ने

अ. अन्न भण्डारणको कोठा यस्तो हुनुपर्छ कि, वर्षाकालमा ओसिलो नहोस् । अन्न भण्डारण गर्नु भन्दा पहिला राम्रोसँग कोठा सफा गर्नुहोस् । यस कोठामा माथि उल्लेख गरिए अनुसार ‘धूपन’ क्रिया गर्नुहोस् र १५ देखि २० मिनेट कोठा बन्द राख्नुहोस् । यो कोठाको नियमित सफाई गर्नुहोस् र हप्तामा एक पटक धूपन क्रिया पनि गर्नुहोस् ।

आ. अन्नको डिब्बा/बाकस जमीनमा नराख्नुहोस्, स्ट्यान्ड वा काठको पिर्कामा राख्नुहोस् । भित्ता (पर्खाल) बाट थोरै दूरीमा राख्नुहोस् यसले स्वचछतामा मद्दत हुन्छ । अन्न भण्डारण गर्ने कोठाको भित्तामा कुनै प्रकारको प्वाल वा खाली ठाउँ नहोस् जाहाँबाट मुसा भित्र छिर्न सक्छ ।

इ. यदि सम्भव छ भने अन्न भण्डार गर्ने कोठामा ‘एक्जॉस्ट फैन’ को व्यवस्था गर्नुहोस् ।’

– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (१७.७.२०२०)
३ ऐ १ इ ५. साङ्ला (कॉकरोच) भगाउने उपाय

अगाडि उल्लेख गरिएको कुनै पनि एक उपाय गर्नुहोस् ।

अ. ‘३ भाग ‘बोरिक पाउडर’ र १ भाग गहुँको पीठोको मिश्रणमा थोरै पानी मिलाएर सुपारीको आकार गोलो बनाएर कडा घाममा सुकाउनुहोस् । कोठाको प्रत्येक कुनामा एउटा गोली राख्नुहोस् । साङ्ला सामान्यत: त्यही आउँछ जहा खाद्यपदार्थ छ, अनि त्यसलाई खान्छ । आटाको गन्धको कारण आटामिश्रित ‘बोरिक पाउडर’ पनि खान्छ र तिनीहरुको प्रजनन तन्त्र बिग्रन्छ । यसले नयाँ बच्चाहरु जन्मदैन । ‘बोरिक पाउडर’ को गोलीहरु धेरै दिनको लागि रहन्छ । तर पनि आवश्यक भयो भने वर्षमा एक पटक नयाँ गोलीहरु बनाउनुहोस् ।’ – डा. अजय जोशी, सनातन आश्रम, रामनाथी, गोवा. (२०.७.२०२०)

आ. ‘त्यस्तै गरी प्रत्येक कुनामा नेफ्थलीन गोली राख्नुहोस् । नेफ्थलीनको गन्धले साङ्ला आउदैन । नेफ्थलीन गोली खुल्ला राख्दा, यो केही दिनमा उडिन्छ । त्यैसले तिनीहरुलाई कागजमा लपेट्नुहोस् ।

३ ऐ १ इ ६. भण्डार गरिएको अन्नको हेरचाह

अ. ‘महिनामा एक पटक भण्डार गरिएको अन्नको जाँच गर्नुहोस् ।

आ. विशेष ध्यान राख्नुहोस् कि अन्नलाई भिजेको हातले स्पर्श नगर्नुहोस् ।

इ. दीपावली (तिहार) सकेपछि वर्षा समाप्त हुन्छ र कडा घाम लाग्न शुरु हुन्छ । त्यस समयमा अन्नलाई पहिलाको जस्तै फेरि घाममा राखेर धूपन गर्नुहोस् ।

३ ऐ १ ई. अन्नमा कीरा नलागोस् यसको लागि केही अन्य उपायहरु

माथि वर्णन गरिएको अन्नको भण्डारण विधि सबै पदार्थहरु, उदाहरण अन्न, दाल, मसला गुड, चिनी आदि को लागि गर्न सकिन्छ । उचित ध्यान राख्यौं भने भण्डारण गरिएको अन्नमा कीरा पर्दैन तर समुन्द्री क्षेत्रमा आर्द्रता ज्यादा हुनुको कारण त्यहाँ अवश्यकता अनुसार उपर्युक्त पद्धतिहरु अतिरिक्त अन्य उपाय पनि गर्न सकिन्छ तर कुनै पनि व्यवस्था गर्नु भन्दा पहिला माथि उल्लेख गरिए अनसुार ‘धूपन’ क्रिया अत्यावश्यक हुन्छ ।

३ ऐ १ ई १. धोएर प्रयोग गरिने अन्नको लागि उपायहरु

चामल र दाल जसलाई धोएर प्रयोग गर्न सक्छौं, त्यस्ता अन्नहरु भण्डारण गर्नको लागि अगाडि दिएको विकल्पहरु मध्ये कुनै एउटा छनौट गर्न सक्छौं । अन्नलाई धुँदा कीटनाशक रसायनहरु पखालिन्छ ।

बोरिक पाउडर (बोरिक एसिड)

अ. ‘बोरिक पाउडर’ : यसलाई अन्नमा राम्रोसँग मिलाउनुहोस् । प्रति १० किलोको लागि १० ग्राम ‘बोरिक पाउडर’ पर्याप्त हुन्छ । कागजमा अन्नलाई फैलाएर त्यसमा थोरै-थोरै ‘बोरिक पाउडर’ छिर्किनुहोस् र हातले राम्रोसँग मिलाउनुहोस् ताकि पाउडर पूरै अन्नमा लागोस् ।

आ. सिलिकेट म्याग्नेशियम पाउडर (शंख जीरा) र चूना (क्याल्सियम हाइड्रोक्साइड) को मिश्रण: ३ भाग शंखजीरा चूर्ण, १ भाग चूना यो अनुपातमा आपसमा मिलाएर यो मिश्रण बोरिक पाउडर समान अन्नमा मिलाउनुहोस् । जहाँ आयुर्वेदीय औषधि बनाउने सामानहरु पाउछ, त्यो पसलमा यो पदार्थ पाउछ ।  शंखजीरा खनिज हो ।

इ. खरानी : भण्डारणको लागि यसको उपयोग विशेषतः दाल, जस्तै मूंग, चना आदि अन्नको लागि गरिन्छ । लगभग १० किलो दालको लागि एक देखि डेढ किलो सुक्खा खरानी प्रयोग गर्नुहोस् । डिब्बामा दाल भर्दा आरम्भमा खरानीको एउटा पत्र बिछाउनुहोस् । त्यसपछि दाल हालेर; पुन: खरानीको पत्र, यस क्रममा गर्नुहोस् । अन्तमा (सबै भन्दा माथि) खरानीको पत्र हुनुपर्छ ।

३ ऐ १ ई २. जुन अन्नलाई  धुन सकिदैन त्यस्ता अन्नहरुको भण्डारण उपाय

एरंडेल तेल (अरंडीको तेल)

ज्वारी, बाजरी र गहँलाई एरंडेलको (अरंडीको) तेल लगाउनुहोस् । लगभग २० किलो अन्नको लागि आधा कचैरा (७५ मि.ली.) अरंडीको तेल अन्नमा मिलाउनुहोस् ।’ – वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (१७.७.२०२०)

३ ऐ १ उ. सूजी, तेल, मसाला, तरकारी आदि को भण्डारण को केही तरिकाहरु

‘डिब्बामा यी सबै पदार्थहरुलाई भर्नु अघि ‘धूपन’ गर्न आवश्यक छ । यसको लागि निम्न विधि प्रयोग गर्नुहोस् ।

१. सूजी : सूजी फ्रिजमा राख्नुहोस् । फ्रिजमा राखेको सूजी १ वर्षसम्म रहन्छ । यदि फ्रिज बाहिर राख्ने हो भने भुटेर हावाँ नछिर्ने डिब्बामा राख्नुहोस् । यस्तो सूजी लगभग ६ देखि ७ महिनासम्म रहन्छ ।

२. चिउरा : चिउरालाई हावाँ नछिर्ने डिब्बामा राख्नुहोस् ।

३. बदामको दाना : बोक्रा सहितको बदामको दाना संग्रह गर्नुहोस् र आवश्यकता अनुसार त्यसलाई फोरेर बदामको दाना निकाल्नुहोस् । बोक्रा सहितको बदाम वर्षभरि रहन्छ । पसला पाउने बदामको दाना २-३ महिना भन्दा अधिक रहदैन ।

४. शक्कर, गुड र तेल : यिनीहरुलाई हावाँ नछिने डिब्बामा राख्नुहोस् । कमिला नलागोस् भनेर डिब्बाको ढकनी भित्र कपूरको गोली सेलोटेपले टाँसिदिनुहोस् । भण्डार गरिएको तेलको उपयोग ६ महिना भित्र गर्नुहोस्, अन्यथा दुर्गंध आउन सक्छ ।

‘प्लास्टिक’ को झोला अथवा बोराले राम्रोसँग ढाकेको गुडको भेल ४ देखि ५ वर्षसम्म टिक्न सक्छ । भाँचिएको भेल चाँडै बिग्रन सक्छ । त्यसैले गुडको सानो-सानो भेल किन्नुहोस् र आवश्यकता अनुसार उपयोग गर्नुहोस् ।

५. नुन : खुल्ला नुन र चीनी माटो अथवा कांचको भाडाँमा राख्नुहोस् । भाडाँको ढकनी लगाएपछि सुतीको कपडाले ढाकेर बाध्नुहोस् । यस्तो नुन ४ देखि ५ वर्षसम्म रहन्छ । वातावरणको आर्द्रताको कारण नुन ओसिलो हुन्छ; त्यसैले कहीले पनि खुल्ला नराख्नुहोस् । नुन ओसिलो भएमा घाममा सुकाएपछि सुकेको भाडाँमा भरेर राख्नुहोस् ।

६. इमली : यसको बीउ निकालेर सुकाउनुहोस् र नुन लगाएर राख्नुहोस् ।

७. मसाला  : घाममा सुकाउनुहोस् र यसलाई हावाँ नछिर्ने भाडामा राख्नुहोस् ।

८. आलु, प्याज र लसुन : आलु, प्याज र लसुन राम्रोसँग राख्यो भने एकदेखि डेढ वर्षसम्म रहन्छ; तर यो पूर्णतः परिपक्व हुनुपर्छ । लसुन सुक्खा हुनुपर्छ । प्याज र आलुलाई सुक्खा तथा हवादार स्थानमा फैलाएर राख्नुहोस् । यदि लसुन र प्याज झुप्पा किन्नु भएको छ भने तिनीहरुलाई हावाँमा झुण्ड्याएर राख्नुहोस् ।

९. केही तरकारीहरु र पत्तेदार सब्जिहरु

९ अ. तरुल : तरुल वर्षभरि रहन्छ । तरकारीको लागि आवश्यक तरुल काट्नुहोस् र बाँकी टोरीमा राख्नुहोस् । यो बाँकी भएको तरुल पनि वर्षभरि राम्रो रहन्छ ।

९ आ. फर्सि : फर्सिलाई उच्च ठाउँमा झुन्ड्याउनुहोस् । यो १ बर्षसम्म रहन्छ । फर्सि भुइँमा राख्दा चाँडै खराब हुन सक्छ ।

९ इ. गाजर र कांक्रो : तिनीहरुलाई काट्नुहोस, नुन लगाएर घाममा सुकाउन सकिन्छ ।

९ ई. पत्तेदार सब्जिहरु : धनिया, पुदीना, मेथी, पालक र चनाको साग स्वच्छ गरेर घाममा सुकाएर हावाँ नछिर्ने डिब्बामा राख्नुहोस् । यो ६ देखि १२ माहिना रहन्छ  । सब्जिहरुको पत्ता कोमल अथवा गीलो हुनुहुँदैन ।

९ उ. टमाटर र काच्चो आप : टमाटर र कच्चो आप काटेर सुकाउनुहोस् अनि पाउडर बनाएर राख्नुहोस् । यो पाउडर १ वर्षसम्म रहन्छ । यो पाउडर सब्जी र दाल स्वादिलो बनाउन र अमिलो बनाउन प्रयोग गर्न सकिन्छ ।’

– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा. (२६.६.२०२०)

कटहरको बीउ

९ ऊ. कटहरको बीउ : ‘यसलाई धोएर सुकाएपछि माटो घसेर चुलाह नजीक सानो खाल्टा खनेर राख्नुहोस् । धोएर सुकाएको कटहरको बीउ फ्रिजमा पनि राख्न सक्छौं । यो ४ – ६ महिना रहन्छ । यसलाई आवश्यकता अनुसार कहीलेकाँही निकालेर, धोएर, उमालेर अथवा भुटेर खान सकिन्छ ।’ – वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (१७.७.२०२०)

सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवन रक्षाको लागि आवश्यक तयारी’

आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – ९

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ को साथ छ ।)

Leave a Comment