आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !
भाग ६ पढनको लागि – आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग ६
अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने परात्पर गुरु डा. जयंत आठवलेज्यू !
आपतकालीन लेखमालाको पहिलाको भागमा हामीले परिवारिक स्तरमा आवश्यक दैनिक उपयोगी सामानहरुको विषयमा जानकारी लियौं । अब यस लेखमा हामीले केही दैनिक उपयोगी वस्तुहरुको विकल्पको बारेमा जानकारी दिइरहेका छौं ।
३. आपतकालको दृष्टिले शारीरिक स्तरमा गरिने तयारी
३ ए. बिभिन्न दैनिक उपयोगी सामानहरुको विकल्पको विचार गर्ने
आपतकालमा बजारमा बिभिन्न दैनिक उपयोगी सामानहरुको का अभाव हुनेछ, समानहरु महँगो हुनेछ अथवा उपलब्ध हुने छैन । त्यो समयको लागि अगाडि बताएका विकल्पहरु उपयोगी हुनेछ । यी विकल्पहरुबाट तपाई के गर्न सक्नुहुन्छ, अहिले देखिनै प्रयोग गर्ने अभ्यास गर्नुहोस् ।
३ ए १. बजारमा पाउने दन्तमञ्जन र टुथपेस्टको विकल्पहरु
नीमको डाँठ (टहनी)
अ. नीमको कोमल डाँठको लगभग १५ सेंमी. लामो टुक्रा गर्नुहोस्, यसको उपयोग दाँत स्वच्छ गर्नको लागि गर्नुहोस् ।
आ. भान्साघरमा उपयोग गरिने पिसेको नुनले दाँत स्वच्छ गर्नुहोस् ।
– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा (२१.५.२०२०)
इ. १० भाग प्राकृतिक रातो माटो (गेरू) र १ भाग बिरेनुन (कालो नुन उत्तम हुन्छ; अन्यथा ढिक्का नुन पिसेर प्रयोग गर्न सक्छ ।) मिलाउनुहोस् । यसलाई दन्तमञ्जनको रूपमा प्रयोग गर्नुहोस् ।
ई. आप, अमरूद, नीम, मदार, पीपल, खयर, करेंगी र अर्जुन जे उपलब्ध हुन्छ, ती वृक्षहरुको सुक्खा पता अथवा सुक्खा डाँठ जलाएर खरानी बनाउनुहोस् । यो खरानीलाई कपडाले छानेर दन्तमञ्जनको रुपमा उपयोग गर्नुहोस् ।
– पू. वैद्य विनय भावे, सनातन आश्रम, रामनाथी, गोवा (१०.१२.२०१९)
उ. बबूलको (Vachellia nilotica) सुक्खा फूल जलाएर, त्यसलाई कपडाले छानेर दन्तमञ्जनको रुपमा प्रयोग गर्नुहोस् ।
ऊ. गाईको गोबरबाट बनेको टुथपाउडर
गाईको गोबरबाट बनेको टुथपाउडर
गोबरबाट दन्तमञ्जन बनाउने समय त्यसमा झिङ्गा र संक्रमण नहोस् यसको लागि नीमको पात र धानको भुस गोबरमा मिलाएर पातलो गोबरगिठ्ठा बनाउनुहोस् । नीमको पातको कारण झिङ्गा बस्दैन र धानको भूसको कारण गोबरगिठ्ठा शीघ्र जल्छ । पातलो बनाउनाले छिट्टै सुक्छ । गोबरगिठ्ठालाई स-सानो थाक पारेर राख्नुहोस् । थाक भित्र ध्यूको दीप जलाउनुहोस् । जब गोबरगिठ्ठाले आगो समात्छ तब दीपलाई हटाउनुहोस् । गोबरगिठ्ठा पूर्णत: जल्दा रातो देखाइदिन्छ । जब पूर्णत: जल्यो भनेर सुनिश्चित हुन्छ तब त्यही स्थितिमा ठूलो भाडाले ढाकेर राख्नुहोस् । (केही स्थानहरुमा सानो खाल्टो खनेर त्यसमा गोबारगिठ्ठा राखेर जलाउछ । जलेर रातो भएपछि धातुको पाताले छोपेर, किनाराहरु माटोले बन्नद गरिदिन्छ ।) यस्तो गर्दा भित्र जल्दै गरेको गोबरगिठ्ठालाई प्राणवायु (अक्सिजन) प्राप्त हुँदैन र आगो निभ्छ । भोली पल्ट ढाकेको भाँडालाई हटाएर जलेको गोबरको कोइलालाई पिसेर कपडाले छान्नुहोस् । यदि गोबरको खरानी १० कचैरा छ भने त्यसमा ५ सानो चम्चा बिरेनुन र आधा चम्चा फिटकीरीको पाउडर राम्रोसँग मिसाउनुहोस् । यस मिश्रणको उपयोग दन्तमञ्जनको रुपमा गर्नुहोस् ।
– श्री. अविनाश जाधव (२१.५.२०२०)
ए. धानको भूसमा आगो लगाइ दिनुहोस् । भूस छिट्टै जल्दछ । जब भूस पर्णत: जलेर खरानी हुन्छ; चिसो भएपछि खरानीलाई कपडाले छान्नुहोस् । (जलेको भूसको बाहिरको केही भाग जल्दा केवल कालो हुन्छ तर खरानी बन्दैन । त्यो कालो भागलाई हटाउनुहोस् र केवल भित्रको खरानीको प्रयोग गर्नुहोस् ।) यो खरानीलाई दन्तमञ्जन समान प्रयोग गर्नुहोस् ।
– पू. वैद्य विनय भावे (१०.१२.२०१९)
ऐ. नरिवलको कडा भाग अथवा बदामको छिल्का जलाउनुहोस् । खरानीलाई कपडाले छान्नुहोस् र यो पउडर (चूर्ण) लाई दन्तमञ्जनको रुपमा उपयोग गर्नुहोस् । – श्री. अविनाश जाधव (२१.५.२०२०)
उपर्युक्त उपसूत्र ‘इ’भन्दा अगाडिको सबै प्रकारको दन्तमञ्जन प्लास्टिकको थैलीमा अथवा सानो हावा नछिर्ने डब्बामा राख्दा लगभग एक वर्षसम्म रहन्छ ।
३ ए २. दाह्री काट्ने फोम र क्रीमको विकल्प
अ. गरम पानी गालामा हालेर दाह्री काट्न सक्छ अथवा गरम पानीले नुहाएपछि तुरुन्तै दाह्री काट्न सक्छ ।
आ. दाह्रीमा नरियलको तेल वा तिलको तेल लगाएर काट्न सकिन्छ ।
उपर्युक्त वैकल्पिक साधनबाट (चिल्लो हुँदैन) कामचलाऊ दाह्री काटिन्छ । यस प्रकार दाह्री काट्दा कष्ट भयो भने नगर्नुहोस् ।
– पू. वैद्य विनय भावे (१०.१२.२०१९)
३ ए ३. नुहाउने साबुनको विकल्प
मुलतानी मिट्टी
‘नुहाउने साबुन उपलब्ध भएन भने तब बेसन अथवा मसूरको दालको आटा, मुलतानी माटो, कमिला बस्ने घरको माटो अथवा राम्रो स्थानको छानेको माटो (उदा. कालो माटो, रातो माटो) को उपयोग गर्नुहोस् । [धेरै पटक कमिलाको घरमा स्थानदेवताको वास हुन्छ । त्यसैले, आसपासको स्थानीय मानिसहरुसँग पता गर्नुहोस् कि कमिलाको घर देवताको हो कि होइन ? पश्चात लामो लठ्ठीले कमिलाको घर फुटाउनुहोस्, माटो जम्मा गरेर मसिनो गरेर कुट्नुहोस् र कपडाले छान्नुहोस् ।]
यदि उपर्युक्त कुनै वस्तु उपलब्ध छैन भने तब स्नान गर्ने समय हातले शरीर रगडनु पनि पर्याप्त हुन्छ । – वैद्य मेघराज पराडकर, सनातन आश्रम, रामनाथी, गोवा (१३.३.२०१९)
३ ए ४. कपाल धुने साबुन र पसलमा मिल्ने शैम्पूको विकल्प
३ ए ४ अ. शिकाकाईको चूर्ण घरमा बनाउनुहोस्
‘आंवला चूर्ण २ भाग, शिकाकाई र रीठाको चूर्ण १-१ भाग लिएर राम्रोसँग मिलाउनुहोस् । यसको २ देखि ४ चम्मच चूर्ण रातभरि फलामको भाडामा भिजाएर राख्नुहोस् । (फलामको भाडा छैन भने मिश्रणलाई स्टीलको भाडामा भिजाएर त्यसमा ४-५ फलामको काटी भाडामा हालिदिनुहोस् । अर्को दिन उपयोग गर्नु भन्दा पहिला काटी निकालेर राख्नुहोस् । – संकलनकर्ता) आवलाको रंग फलामको सम्पर्कमा कालो हुन्छ । यसले कपाल कालो हुनमा सहायता हुन्छ । बिहान स्नान गर्नु भन्दा एक घण्टा पहिला यो भिजाएको चूर्णको पातालो लेप केशमा लगाउनुहोस् र स्नानको समय गुनगुना पानीले धुनुहोस् । हप्तामा १ – २ पटक यस्तो गर्नाले कपाल स्वस्थ, कालो र कोमल बन्छ । – वैद्या (श्रीमती) गायत्री संदेश चव्हाण, कुर्ला, मुंबई (२०.६.२०२०)
‘उपर्युक्त चूर्णमा २ भाग मेथी, १ भाग नागरमोथा, १ भाग जटामासी र भयो भने घन्टी फूल, ब्राह्मीको पात र भृंगराजको पात सुकाएर तिनीहरुको चूर्ण पनि मिलाउन सक्छ । आंवला, शिकाकाई, नागरमोथा आदि सामानहरु बजारमा उपलब्ध हुन्छ । चूर्णलाई हवाबन्द डिब्बामा भरेर राख्नाले लगभग १ वर्ष टिक्दछ । तर यदि यी सामानहरुलाई मूलरूपमा (बिना चूर्ण बनाएर) कडा धाममा राम्रोसँग सुकाएर हवाबन्द डिब्बामा राख्यौं भने लगभग ३ वर्ष टिक्दछ । हवाको आर्द्रतासँग सम्पर्कमा मुलायम हुन्छ; त्यसैले धाममा पुन: सुकाएर उपयोगमा ल्याउन सकिन्छ ।
– वैद्य मेघराज पराडकर (२०.६.२०२०)
३ ए ४ आ. रीठा
रीठाको फल सुकाएर राख्नुहोस् । ५ – ६ रीठा गरम पानीमा रातभर भिज्न दिनुहोस् । बिहान स्नानको समय रीठा भिजाएको पानीले कपाल धुनुहोस् ।
३ ए ५. कपडा धुने साबुन अथवा साबुन चूर्ण (पाउडर) को विकल्प
रीठा पाउडर
३ ए ५ अ. रीठा
रीठा कडा घाममा सुकाउनुहोस् । कहीलेकाँही सुकेर फुट्छ अनि बीज आफै बाहिर आउँछ । बीज आफै बाहिर निस्केको छैन भने सुकाएको रीठालाई ओखरमा राखेर बिस्तारै-बिस्तारै कुटेर त्यसबाट बीज निकाल्नुहोस् । बीज हटाएपछि बाकि रीठालाई कुटेर मसिनो धूलो (चूर्ण) बनाउनुहोस् । यसलाई साबनको भांति प्रयोग गर्ने समय त्यति मात्र पानी लिनुहोस् कि धूलो केही गीलो हुन्छ । गीलो बनाएको धूलोलाई २० देखि २५ मिनेट त्यतिकै छोडिदिनुहोस् । तदुपरांत गीलो चूर्ण साबुन समान भिजाएको कपडामा माडेर कपडा धुनको लागि उपयोग गर्नुहोस् ।
३ ए ५ आ. कालो माटो
कालो माटोले कपडा धुने समय साबुन जस्तै गिलो कपडामा रगड्नुहोस् र बगिरहेको पानीमा धुनुहोस् । (कपडा धुनको लागि रातो माटोको उपयोग नगर्नुहोस्; किनभने यसले कपडामा दाग लाग्छ ।)
– श्री. अविनाश जाधव (मई २०२०)
३ ए ५ इ. केराको पताको डाँठको खरानी
केराको पातको डाँठहरु सुकाउनुहोस् । पश्चात, त्यसलाई जलाएर खरानी बनाउनुहोस् । त्यो खरानीमा क्षार हुन्छ । त्यसैले खरानीले साबुनको भांति भिजाएको कपडा धुन सक्छ । [संदर्भग्रंथ : व्यापारोपयोगी वनस्पतीवर्णन (भाग १) (मराठी ग्रंथ), लेखक – गणेश रंगनाथ दिघे, वर्ष १९१३]
३ ए ६. भाडा माझ्ने साबुन, साबुन चूर्ण आदि को विकल्प
३ ए ६ अ. चूल्हाको खरानी : चूल्हाबाट निकालेको खरानी सेलाएपछि भाडा सफा गर्नको लागि उपयोग गर्नुहोस् ।
३ ए ६ आ. माटो : खरानी उपलब्ध छैन भने कुनै पनि माटो (उदा. कालो माटो, रातो माटो) ले भाडा सफा गर्नुहोस् । यदि माटोमा ढुङ्गा/बालुवा छ भने भाडामा खरोंचहरु हुन सक्छ । त्यसैले भाडा सफा गर्ने माटोलाई चलनीले छान्नुहोस् ।
३ ए ७. हात धुने साबुन अथवा द्रवसाबुनको विकल्प
३ ए ७ अ. चूल्हाको खरानी : चूल्हाको चिसो भएको खरानीले हात धुनुहोस् ।
३ ए ७ आ. माटो : कुनै पनि प्रकारको माटोले हात धुनुहोस् ।
– श्री. अविनाश जाधव (मई २०२०)
३ ए ८. सलाई अथवा लाइटरको विकल्प
३ ए ८ अ. सूर्यप्रकाशबाट अग्नि उत्पन्न गर्नको लागि उत्तल लेन्स वा म्याग्निफाइ ग्लासको उपयोग गर्नुहोस्
उत्तल लेन्स
सूर्यप्रकाशको उपस्थितिमा अग्नि प्रज्वलित गर्नको लागि उत्तल लेन्स (Convex lens अथवा Magnifying lens) को उपयोग गर्न सकिन्छ । यो पसलमा पाउँछ जहाँ प्रयोगशालाका लागि वस्तुहरु पाउँछन् । उत्तल लेन्सले केन्द्रित सूर्यकिरण कपास, नारिवलको जटा, सुक्खा घास, सुख्खा पात अथवा कागजलार्इ एक स्थानमा लगातार १ देखि ५ मिनेट (समय सूर्यकिरणोको प्रखरतामा निर्भर गर्दछ) स्थित गर्दा अग्नि प्रज्वलित भएर धुवाँ आउन थाल्छ ।
३ ए ८ आ. चूल्हाको अग्नि प्रज्वलित राख्ने
१. चूल्हामा खाना बनाई सकेपछि चूल्हाको आगोलाई खरानीले ढाकि दिनुहोस् । यसले चूल्हाको आगो पूर्ण रुपमा निभदैन । ३-४ घण्टा पश्चात कागज अथवा सुकेको पात हालेर फुक्नाले अगनी पुन: प्रज्वलित हुन्छ । – श्री. अविनाश जाधव (मई २०२०)
२. माटोको दुईटा चूल्हा बनाउनुहोस् । तिनीहरुको भित्रको भूमिमा एक-एक सानो खाडल बनाउनुहोस् । एउटा चूल्हाको खाडलमा गोबरको एउटा गोला राख्नुहोस् र त्यसलाई खरानीहले छोपि दिनुहोस् । त्यो चूल्हामा सँधै जस्तो आगो सल्काउनुहोस् । यसो गर्नाले भूमि गोबरको गोलाको पानी सोसिदिन्छ र त्यो गोला चूल्हाको आगोले भित्र-भित्रै जलि रहन्छ । अर्को दिन दोस्रो चूल्हाको प्रयोग गर्नुहोस् । यो चूल्हाको खडलमा पनि गोबरको गोला राखेर, चूल्हाको प्रयोग दिनभरि गर्नुहोस् । तेस्रो दिन, पहिलाको चूल्हाको खाडलमा राखेको गोबरको गोला जुन जलिरहेको हुन्छ त्यसलाई चिम्टाले निकाल्नुहोस् । त्यस पछि कागज अथवा सुकेको पातहरु हालेर ढुङ्रोको सहायताले फुकेर अग्नि प्रज्वलित गर्नुहोस् । यस प्रकार पालै पालो दुबै चूल्हाहरुको प्रयोग गर्नुहोस् ।
– श्री. विवेक नाफडे, सनातन आश्रम, देवद, पनवेल. (मई २०२०)
३ ए ८ इ. अग्नि-प्रस्तर (चकमक पत्थर) को सहायताले अग्नि उत्पन्न गर्ने
चकमक
कागतीको आकारको २ चकमक पत्थर एक-अर्कासँग यस प्रकार टकराउनुहोस् कि त्यसबाट निस्केको चिंगारी तल राखेको कपासमा झरोस् । यसले कपास जल्न थाल्छ । – श्री. कोंडिबा जाधव, सनातन आश्रम, रामनाथी, गोवा (७.१.२०१९)
३ ए ९. नुनको विकल्प
‘केराको सुकेको डाँठमा नुन हुन्छ । पश्चिम बंगालका धेरै गरीबहरुले नुनको सट्टा यसको खरानी प्रयोग गर्छन् । [सन्दर्भग्रन्थ : व्यापारोपयोगी वनस्पतीवर्णन (भाग १) (मराठी ग्रंथ), लेखक – गणेश रंगनाथ दिघे, वर्ष १९१३]
३ ए १०. थाल र कचौराको विकल्प
खाना खानको लागि थालको सट्टा केराको पात प्रयोग गर्नुहोस् । त्यसै गरि बरगदको पातबाट बनाएको टपरी र दुना थाल र कचौरा जसरी प्रयोग गर्न सकिन्छ ।
३ ए ११. लामखुट्टे भगाउनको लागि धूप, द्रव रसायन (लिक्विड) आदि को विकल्प
३ ए ११ अ. घरमा लामखुट्टे भगाउने धूप बनाउने
गाइको लगभग एक किलो ताजा गोबर लिनुहोस् । त्यसपछि लगभग १ मुट्ठी तेज पता, २ मुट्ठी नीमको पात, आधा मुट्ठी पुदीना, आधी मुट्ठी तुलसीको पता लिएर एकसाथ पीसनुहोस् । अब यो मिश्रणमा २ सानो चम्चा (टीस्पून) नीमको तेल र आधा चम्चा कर्पूर चूर्ण हालेर, गोबरमा राम्रोसँग मिसाउनुहोस् । त्यो मिश्रणलाई धूपबत्तीको आकार दिएर सुकाउनुहोस् ।
३ ए ११ आ. अन्य विकल्प
१. कोठामा लामखुट्टे भगाउनको लागि –
अ. लामखुट्टे भगाउने यन्त्रमा लहसुनको एउटा कोशा हालेर जलाउनुहोस् । एउटा कोशाको उपयोग १ – २ दिन गर्न सकिन्छ ।
आ. नीमको तेल र नारिवलको तेल समान मात्रामा मिसाएर घरमा दीया जलाउनुहोस् ।
इ. नीमको पात कोइला (अंगार) मा राखेर धुवाँ निकालनुहोस् । यदि पात ज्यादै सुकेको छ भने तब थोरै पानी छर्किनुहोस् । यसो गर्दा धेरै लामो समयसम्म धुवाँ छोडिरहन्छ ।
ई. सुन्तालाको सुखा बोकरा मुट्ठीभरि कोइलामा राखेर धुवाँ निकाल्नुहोस् ।
२. नीमको पताको रस र पुदीनाको तेल समान मात्रामा मिसाएर शरीरको खुल्ला भागमा लगाउनुहोस् । यसले गर्दा लामखुट्टे नजिक आउँदैन ।
३. लामखुट्टे कम गर्नको लागि घरमा सयपत्री फूल (marigold flower) को बिरुवा लगाउनुहोस् ।
– श्री. अविनाश जाधव (१६.६.२०२०)
– संकलनकर्ता : परात्पर गुरु डा. जयंत बाळाजी आठवलेजी
सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षाको लागि आवश्यक तयारी’
आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु : भाग – ८
(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ को पास छ ।)