आपतकालमा जीवनरक्षा हेतु आवश्यक तयारी : भाग – ४

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डा. जयंत आठवलेजी !

भाग ३ पढ्नको लागि : आपतकालमा जीविनरक्षा हेतु आवश्यक तयारी भाग – ३

आपातकालीन श्रृखलामा हामीले अहिलेसम्म अन्नको अभावमा भूखमरीबाट बच्नको लागि के गर्नुपर्छ तथा अन्नको खेती, गाई पाल्ने आदि विषयहरु हेर्यौं । मानिस पानी बिना बाँच्न सक्दैन र उसले बिजुलीको अभावमा जीवित रहने कल्पना पनि गर्न सक्दैन; त्यसकारण यस लेखमा पानीको सुविधा, पानी भण्डारण र यसको शुद्धीकरणको विधिहरु, बिजुलीको विकल्पको विषयमा जानकारी प्रदान गरेको छ ।

 

३. आपतकालको दृष्टिले शारीरिक स्तरमा आवश्यक विविध तयारिहरु !

३ आ. पानीको अभावमा दुर्दशा नहोस्, त्यसैले यो गर्नुहोस् !

३ आ १. आपतकालमा जलसंकट अनुभव नहोस्, यसको लागि इनार अहिले नै खन्नुहोस् र यदि यो सम्भव छैन भने बोरवेल लगाउनुहोस्

इनार

केही गाउँ, शहर र महानगरमा पञ्चायत, नगरपालिका आदि ले बाँध वा जलाशयको पानी पाइपबाट पुराउदछ । आपतकालमा धेरै दिन विद्युत् आपूर्ति नहुने, अतिवृष्टि को कारण बाँध फुट्ने, क्षेत्रमा पर्याप्त वर्षा नहुने आदि कारणहरुले पाइपको माध्यमबाट आपूर्ति हुने पानी बाधित हुन सक्छ । यस्तो अवस्थामा सरकारले कहिलेकाँही ट्यांकरबाट पानी पुराउँछ; तर आपतकामा इन्धनको अभावमा यातायात बन्द हुन सक्छ । सूखाको मैसममा गाउँको नदिहरु सुक्न सक्दछन् । यस प्रकारका धेरै समस्याहरुलाई ध्यानमा राख्दै, यथाशीघ्र घरको नजिक जहाँ भूगर्भीय पानी पाउन सक्छ त्यहाँ इनार खन्नुहोस् र यदि यो सम्भव छैन भने बोरवेल बनाउनुहोस् । बोरवेल भन्दा इनार अधिक उचित हुन्छ; किन कि आपतकालमा बोरवेल मर्मत गर्नको लागि स्पेयर पार्ट्स, मिस्त्री आदि पाउन कठिन हुन्छ । इनार वा बोरवेलको लागि काम सुरु गर्नु भन्दा पहिला जानकारसँग जमिन मुनि पानी मिल्ने विषयमा सोध्नुहोस् । भूमिमा पानी मिल्नेछ तब मात्र खन्नुहोस् ।

इनार वा बोरवेलमा पर्याप्त पानी छ भने यसलाई खेतीपाती, बागवानी आदि मा प्रयोग गर्न सकिन्छ ।

३ आ १ अ. भूगर्भको जलस्तर बढाउन विभिन्न उपायहरु गर्नुहोस्

अपर्याप्त वर्षाका कारण, भूमिबाट अधिक पानी पम्प गर्ने आदि कारणहरुले भूगर्भको पानीको स्तर धरै तल जान्छ । आगाडि दिएको प्रयासहरुले भूमिको पानीको स्तर बढाई परिसरको इनार वा बोरवेल आदिमा पनि पानीको स्तर बढाइ दिन्छ । यी उपायहरु मध्ये सामूहिक गाउँको स्तरमा उपायहरु लिनुहोस्, जस्तै खोलाहरुमा बाँधहरु निर्माण गर्ने, नदीको तट जोत्ने । यो गर्नु अघि कृपया सरकारबाट लिखित अनुमति अवश्य लिनुहोस् ।

३ आ १ अ १. सरकारी योजनाहरुको फाइदा लिनुहोस्

गाउँका नागरिकहरुले निजी योजना वा सामूहिक रुपमा त्यस्ता योजनाहरुको फाइदा लिन प्रयास गर्नुपर्छ; जस्तै उदाहरणको लागि महाराष्ट्र शासनको तर्फबाट राज्यमा चलाएको योजना ।द५, ‘पानी बचाउनुहोस्, जलस्तर बढाउनुहोस्’ ।

३ आ १ अ २. विभिन्न स्थानहरुमा नालाको बाँधहरु बनाउनुहोस् !

सानो बाँध

३ आ १ अ ३. गाउँको छेउबाट बग्ने नदीको भुइँ जोत्ने

प्रतिवर्ष वर्षाऋतुमा नदीमा माटोयुक्त पानी आउँछ र माटो मिसिएको कणहरु नदीको भुइॅंमा रहेको बालुवामा जम्मा हुन्छ । प्रति वर्ष यस्तो भइरहदा माटोको बाक्लो तह बन्न जान्छ र नदीको पानी जमीन भित्र जान सक्दैन । परिणामस्वरुप नदीको वरपरको क्षेत्रको जलस्तर प्रतिवर्ष घट्दै जान्छ । यो समस्या हटाउनको लागि केही गाउँहरुले नदीको भुइँ जोत्ने सफल प्रयोग गरियो । यो विषयमा अधिक जानकारी अगाडि दिएको छ ।

३ आ १ अ ३ अ. गोमाई नदीको किनारमा बस्ने गाउँलेहरुले नदीको भुइँ जोतेर जमिनमुनिको पानीको सतहलाई सफलतापूर्वक बढाए !

उपर्युक्त घटना ग्राम डांबरखेडा, त. शहादा, जिला नंदुरबार, महाराष्ट्रको हो । यो गाउँ गोमई नदीको किनारमा अवस्थित छ । यो नदीमा ४ देखि ६ महीनासम्म पानी हुन्छ । तर पनि यहाँको इनार र बोरवेलको जलस्तर ५०० देखि ७०० फुट तल जान्थ्यो । यस समस्यालाई पार गर्न यहाँका गाउँलेहरुले ग्रीष्मकालमा सुक्खा गोमई नदीको करिब एक किलोमिटरसम्म ट्याक्टर, काठको हलो, फलामको हलो इत्यादि द्वारा जोत्यो । जब बर्षायाममा पानी नदीमा आयो, नदीमा पानीको सतह ठूलो स्तरमा बढेन र नदीको भुइँको जमिन पर्याप्त मात्रामा अवशोषित भयो । परिणामस्वरूप, केवल २४ घण्टामा वरपरको इनार र बोरवेलको जलस्तर ५०० देखि ७०० फुट बाट ९० फुटमा पुग्यो !

त्यसपछि गोमाई नदीको किनारमा रहेका धेरै गाउँहरुमा (मध्य प्रदेको खेतीयासम्म) मानिसहरुले नदीको भुइँ जोत्यो र पानी सोस्ने प्रक्रिया सुरु भएर वरपरको स्थानहरुको जलस्तर बढाउनमा सफल प्रयास गर्यो । (सन्दर्भ : ‘व्हॉटस् एप’ मा आएको लेख)

३ आ १ आ. केही सुझावहरु

१. जब कुनै परिवारको आर्थिक स्थिति राम्रो हुँदैन कि इनार वा बोरवेल बनाउन सक्छ, तब केही परिवारहरु मिलेर यो कार्य गर्न सक्छन् ।

२. इनारको पानी तान्न डोरी र पांग्रा पनि लगाउँनुहोस् । डोरीबाट पानी निकाल्नको लागि अभ्यास गर्नुहोस् । डोरी केही समयपछि खिइने हुनाले फेर्नु पर्दछ, यसलाई ध्यानमा राख्दै यसको लागि अतिरिक्त डोरी किनेर राख्होस् । यथासम्भव इनारमा सौर्यऊर्जाबाट चलने पंप पनि लगउँनुहोस् । सौर्य-पंप लगाए पनि हातबाट चल्ने डोरी र पांग्राको अवश्य व्यवस्था गर्नुहोस्, अन्यथा जुन दिन बादल छाउँछ सौर्यपंप चल्दैन ।

३. यदि इनारमा वर्षायाम शुरु नभएसम्म पर्याप्त पानी उपलब्ध हुँदैन भने विशेषज्ञसँग परामर्श लिनुहोस् र यसको गहिराइ बढाउनुहोस् ताकि वर्षायामको शुरुआत नभएसम्म पर्याप्त पानी उपलब्ध होस् ।

४. पहिले नै अवस्थित बोरवेलमा विद्युतीय पम्पको अतिरिक्त सोलार पम्प र ह्यान्ड पम्म पनि स्थापना गर्नुहोस् । नयाँ इनारमा पनि यी सुविधाहरु स्थापना गर्नुहोस् ।

५. इनार र बोरवेलको पानी मानव गल्तीहरुको कारण प्रदुषित नहोस् भनेर सावधान रहनुहोस् ।

३ आ २. आपतकालमा परिवारको लागि कम्तिमा १० देखि १५ दिन पानी भण्डारण क्षमता सुनिश्चित गर्नुहोस् ।

आपतकालमा सरकारी जलापूर्ति अनियमित रहने, इनार अथवा बोरवेल पम्प बिग्रने आदि संभावित समस्याहरुलाई विचार गरेर परिवारलाई कम्तिमा १० देखि १५ दिनसम्म पर्याप्त पानी भण्डार गर्न व्यवस्था गर्नुहोस् । उदाहरण पानीको ट्याकी लगाउँनुहोस् ।

३ आ ३. बिजुलीको अभावमा घरमा भएको जलशुद्धीकरण यन्त्र (वॉटर प्युरिफायर) काम गर्दैन, यसलाई ध्यानमा राखेर अगाडि बताएको व्यवस्था गर्नेहोस्

३ आ ३ अ. ‘कैण्डल फिल्टर’ किनेर राख्नुहोस्

३ आ ३ आ. पानी स्वच्छ गर्नको लागि फिटकिरी प्रयोग गर्ने

फिटकिरी

यदि तपाई ठूलो भाडामा भण्डारण गरेको भाँडामा रहेको धमिलो पानी खाना बनाउन वा पिउनको लागि बाध्य हुनुहुन्छ भने अगाडि दिए अनुसार फिटकिरी प्रयोग गर्नुहोस् ।

फिटकिरीको लगभग ३ – ४ से.मी. लम्वाई-चौडई टुक्रा अथवा कागतीको आकारको टुक्रा स्वच्छ धुएको हातमा लिएर ट्याकीको पानीमा गोल-गोल गरि घडीको सुईको दिशामा २-३ पटक र त्यति पटक नै विपरित दिशामा घुमाउँनुहोस् । यो गरिसकेपछि पानीमा मिसिएको माटो ३-४ घण्टामा तल बस्नेछ । पानी पूर्ण रुपमा शुद्ध हुनको लागि एक दिन लाग्छ । पानी सफा नभएसम्म यसलाई हल्लाउनु हुँदैन, अन्यथा तल बसेको माटो फेरि माथि आउँछ ।

जब ट्याकीबाट पानी निकाल्नु पर्दछ बिस्तारै माथिको साफा पानी अर्को भाडामा राख्नुहोस् र तल जम्मा भएको फोहोर पानी बोटबिरुवाहरुमा हाल्नुहोस् ।

३ आ ३ इ. पानी छान्ने र उमालेपछि पिउने

ट्याकीमा पिउने पानी भर्न अघि यसको मुखमा सफा बाक्लो कपडा बाँध्नुहोस् र त्यसबाट पानी फिल्टर गर्नुहोस् । खाना पकाउन यो पानीको प्रयोग गर्न सक्दछ । पानी फिल्टर गरेपछि कपडालाई राम्रोसँग धोएर सुकाउनुहोस् । पानी फिल्टर गर्नको लागि मात्र यो कपडाको प्रयोग गर्नुहोस् ।

फिल्टर गरिएको पानी जति पिउनको लागि लाग्छ त्यति नै उमाल्नुहोस् र अर्को भाँडामा राख्नुहोस् ।

३ आ ३ ई. पानी शुद्ध गर्ने प्रणाली युक्त बोतल प्रयोग गर्ने

यस बोतलमा भरिएको अशुद्ध पानी केही समयमा पिउन योग्य हुन्छ । यस प्रकारको बोतल अधिक उपयोग त्यो समय हुन्छ जब आपतकालमा अचानक यात्रा गर्नुपर्छ अथवा अर्को गाउँमा रहनुपर्छ । किनभने तब शुद्ध पिउने पानी प्रत्येक समय उपलब्ध हुने छैन । त्यस्ता पानी शुद्ध गर्ने बोतलहरुको मूल्य रु. ५०० अथवा त्यस भन्दा बढी हुन्छन् । यस्तो बोतलहरु ‘अनलाइन’ उपलब्ध छन् ।

३ आ ४. बिजुलीको अभावमा पानी चिसो बनाउने यन्त्र कार्य गर्दैनन्, यसलाई ध्यानमा राखेर पानी चिसो बनाउन अन्य साधनहरुको विचार गर्ने

३ आ ४ अ. माटोको घैटो प्रयोग गर्ने

माटोको घैटो

गाउँका केही घरहरुमा पानीलाई चिसो बनाउन माटोको ठूला भाँडाहरु प्रयोग गरिन्छ । यो ठूलो माटोको भाँडालाई तिरछा गाडेर राखिन्छ । यो भूमिको सतह भन्दा लगभग एक फुट माथि हुनुपर्छ । यसरी तिरछा राख्नाले त्यसबाट पानी निकाल्न र स्वच्छ गर्नको लागि सुविधा हुन्छ ।

हामी पानी चिसो बनाउनको लागि माटोको घैटो पनि प्रयोग गर्न सक्छौं ।

३ आ ४ आ. कांचको बोतल, तामाको भाँडा अथवा ट्याकीलाई भिजेको कपडाले लपेट्ने

‘कांचको बोतल, तामाको भाँडा अथवा ट्याकीमा पानी भरेर त्यसलाई चारैतर्फबाट भिजेको कपडाले लपेट्नुहोस् । यसले लगभग ३ – ४ घण्टामा पनी चिस्याउँछ । जब कपडा सुक्छ पनुन: भिजाउनुहोस् । यदि तपाईलाई चिसो पानी चाहिन्छ भने, बेला-बेला कपडा भिजाइ रहनुपर्छ ।’

– पू. (वैद्य) विनय भावे, सनातन आश्रम, रामनाथी, गोवा. (१०.१२.२०१९)

३ आ ५. पानीको प्रयोग सम्बन्धी केही सुझावहरु

३ आ ५ अ. पानीको उपयोग विवेकपूर्ण तरीकाले गर्ने

१. घरमा सबै ठूला र साना सदस्यहरुले आवश्यक भन्दा बढी पानी खर्च नगर्ने अभ्यास गर्नुपर्छ जस्तै मुख धुदा, नुहाउदा, भुइँ पुछदा, कपडा धुदा, गाडी सफा गर्दा आदि ।

२. घरमा स्थित फुलवारी अथवा खेतीको लागि थोपा सिचाई वा स्प्रिंकलर (sprinkle) प्रणाली प्रयोग गर्नुहोस्

३. गर्मीमा फुलवारीको बोटबिरुवाहरुको जराको वरिपरि सुख्खा पात वा घाँसको घेरा बनाउनुहोस् । यो गर्नाले बोटबिरुवाहरुलाई दिएको पानी तीव्र गतिमा वाष्पीकरण हुँदैन र पानीको बचत हुन्छ ।

३ आ ५ आ. वर्षाको पानी ट्याकीमा भण्डारण गर्ने

वर्षाकालमा घरको छतबाट बग्ने पानीको धारको तल ट्याकी राखेर पानी जम्ममा गर्नुहोस् । यो पानी घरका कामहरुमा लागि प्रयोग गर्न सकिन्छ ।

३ इ. यी वैकल्पिक तरिकाहरु विचार गर्नुहोस् जब विद्युत आपूर्ति खण्डित हुन्छ !

आपतकालमा विद्युत आपूर्ति खण्डित हुने सम्भावना अधिक हुन्छ । आँधीबेहरी जस्ता अवस्थामा धेरै दिनको लागि विद्युत आपूर्ति खण्डित हुन्छ । यस्तो अवस्थामा, विद्युतीय उपकरणहरु जस्तै बत्ती, पंखा आदि विद्युत उपकरण बन्द नहोस् तथा हाम्रो अन्य काम पनि चलिरहोस्, यसका लागि आगाडि उल्लेख गरिएका विकल्पहरु विचार गर्न सुरु गर्नुहोस् । वैकल्पिक साधन त्यो छनोट गर्नुहोस् जसले अधिक समय बिजुली प्रदान गर्दछ । यी उपकरणहरु आपतकाल पछि पनि प्रयोग भइरहने छ ।

३ इ १ अ. घरको छतमा लगाएको सौर्यऊर्जा प्रणाली (रूफ टॉप सोलार पैनल) बाट विद्युत उत्पादन गर्ने

सौर्यऊर्जा उपकरण

स्थानीय विक्रेताहरुले सौर्यऊर्जा (सोलार) बाट बिजुली उत्पन्न गर्ने उपकरण घरमा स्थापना गरिदिन्छ । यसको लागि निरन्तर सूर्यप्रकाशले युक्त न्यूनतम १०० वर्गफुट क्षेत्र घरको छतमा हुन आवश्यक छ । यहाँ ‘सोलार पैनल्स’ लगाउनाले दिनभर बिजुली भइरहन्छ र ब्याट्री चार्ज हुन्छ । विद्युत प्राधिकरणको विद्युत खण्डित हुँदा अथवा बिजुली बन्द गरेर पनि यो सौर्यऊर्जाले घरमा बत्ती, पंखा, फ्रिज आदि उपकरणहरु चलाउन सकिन्छ । यदि सौर्यऊर्जा प्रणाली अधिक शक्तिशाली छ भने यसले एलइडी बल्ब, टर्च, ब्याट्री संचालित साइकल, टु-व्हीलर र फोर व्हीलरहरु चार्ज पनि गर्न सक्दछ ।

टाइल या स्ल्याब गरिएको छतमा सौर्य प्रणाली स्थापना गर्न सकिन्छ । फ्ल्याटमा बस्नेहरुले पनि सामूहिक रुपमा उनीहरुको भवनको छतमा स्थापना गर्न सक्दछन् । सौर्यऊर्जा प्रणालीबाट आवश्यकता भन्द ज्यादा बिजुली उत्पन्न हुँदा ‘विद्युत वितरण कम्पनी’ ले यसलाई खरीद गर्दछ । सौर्य ऊर्जाबाट विद्युत उत्पादनलाई प्रोत्साहित गर्न सरकारले उत्पादनकर्तालाई अनुदान (सब्सिडी) दिन्छ । घर, पसलहरु आदि मा सौर्यऊर्जा प्रणाली लगाउनको लागि अनुदान र छूट दिने योजना उपलब्ध छ । सम्बन्धित विक्रेताबाट यस विषयको बारेमा अधिक जानकारी बुझ्नुहोस् ।

३ इ.१ आ. जेनरेटरको प्रयोग

जेनरेटर

३ इ १ इ. हातबाट संचालित जेनरेटरको उपयोग गर्ने

यसमा मोबाइल फोनको ब्याट्री चार्ज गर्ने क्षमता हुन्छ ।

३ इ १ ई. ईन्धनबाट संचालित हुने जेनरेटरको प्रयोग गर्ने

यस्ता जेनरेटरहरु पेट्रोल, डीजल वा ग्यासबाट चल्दछन् । यसको विद्युत उत्पादन क्षमता केही किलोवाट (१ किलोवट = १,००० वाट) हुन्छ ।

३ इ १ उ. अबाधित बिजुली आपूर्ति पाउन यूपीएस स्थापना गर्ने

यू.पी.एस.

यो प्रणाली तुरुन्तै सक्रिय हुन्छ जब विद्युत प्राधिकरणबाट आउने बिजुली खण्डित हुन्छ र विद्युत-ब्याट्रीबाट विद्युत आपूर्ति निरन्तर जारी रहन्छ । विद्युत प्राधिकरणको बिजुली आएपछि यो प्रणालीको कार्य रोकिन्छ र डिस्चार्ज भएको विद्युत-ब्याट्री पुनः चार्ज हुन थाल्दछ ।

विद्युत प्रधिकरणको विद्युत आपूर्ति केही घणटासम्म खण्डित रहदा यो प्रणाली उपयोगी छ ।

३ इ १ ऊ. पवनचक्कीबाट बिजुली उत्पादन गर्ने

पवनचक्की

घरेलु उपयोगको लागि अग्लो भवन जहाँ हावा वेग गतिमा बहन्छ त्यहाँ पवनचक्की लगाएर त्यसबाट उत्पन्न हुने बिजुली विद्युत-ब्याट्रीमा संग्रहित गर्न सकिन्छ । यो शक्ति पछि आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ । व्यावसायिक स्तरमा विद्युत उत्पादनको लागि पहाड अथवा खुल्ला पठारमा पवनचक्कि लगाईन्छ ।

सौर्यऊर्जाको तुलनामा पवनचक्कीबाट विद्युत उत्पादन सीमित हुन्छ । त्यसैले पवनचक्कीबाट विद्युत उत्पादनको विषयमा विशेषज्ञको परामर्श लिनुहोस् ।

३ इ १ ए. बिजुलीको पावरबाट चार्ज हुने ‘एलइडी बल्ब’, विद्युत-ब्याट्री) आदि उपकरणहरुको उपयोग गर्ने

पूर्णतः चार्ज ‘एलइडी’ बल्ब, विद्युत-ब्याट्री, ट्यूबलाइट आदि उपकरणहरुले केही घण्टासम्म प्रकाश दिन सक्छ ।

३ इ १ ऐ. केही अन्य परम्परागत साधनहरु

माथी उल्लेखित उपकरणहरुले काम गर्ने सीमा छ, उदा. जब आकाश बादलले ढाकिन्छ, तब सौर्यऊर्जा उत्पन्न हुनमा बाधा हुनेछ । त्यस्तै, आपतकालमा ईन्धन नभएर जेनरेटर काम गर्दैन । यस्तो समय तेलको बत्ती, ढिपली, लालटिन, मशाल, टर्च, रांको आदि परम्परागत साधनहरु आफ्नो साथ राख्नुपर्छ । यसले रातमा केही प्रकाश दिनेछ ।

सन्दर्भ : सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवितरक्षा हेतु आवश्यक तयारी’

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराईट) ‘सनातन भारतीय संस्कृति संस्था’ सँग सुरक्षित छ ।)

भाग ५ पढनको लागि : ‘आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्वतयारी’ भाग ५

संकलनकर्ता : परात्पर गुरु डा. जयंत बाळाजी आठवलेजी

Leave a Comment