आपतकालमा जीवनरक्षाको लागि आवश्यक पूर्व तयारी : भाग – २

आपतकाल पार गर्नको लागि साधना सिकाउने सनातन संस्था !

अखिल मानवजातिलाई आपतकालमा जीवित रहनको लागि
पूर्व तयारीको विषयमा मार्गदर्शन गर्नुहुने एकमेव परात्पर गुरु डॉ. जयंत आठवलेजी !

भाग १ पढ्नको लागि : ‘आपतकालमा जीवन रक्षाको लागि आवश्यक पूर्व तयारीहरु भाग १’ 

बाढी, भूकम्प, तृतीय विश्वयुद्ध, कोरोना महामारी आदि संकटले भरेको आपतकालमा आफ्नो रक्षाको लागि गरिने पूर्व तयारीको विषयमा यो लेख श्रृखलाको पहिलो भागमा चूल्हा, गोबर-ग्यास आदिको विषयमा जानकारी प्राप्त गर्नुभयो । अब दोस्रो भागमा हामी मुख्यत: तरकारी र फलफूलको वृक्ष रोप्ने बारेमा जानकारी प्राप्त गर्नेछौं । ‘अन्न’ बाँच्नको लागि आधारभूत आवश्यकता हो । आपतकालमा हामी भोको हुन नपरोस्, यसको लागि घरमा पहिलादेखि नै पर्याप्त मात्रामा खाद्यान्न किनेर राख्न आवश्यक छ । हाम्रो वर्तमान पुस्तालाई विभिन्न प्रकारका खाद्यान्न भण्डार गर्ने र लामो समयसम्म उत्तम अवस्थामा राख्ने तरिकाहरुका बारे जानकारी छैन । तसर्थ, हामीले यस लेखमा खाद्यान्न सुरक्षाको केहि तरिकाहरु बताएका छौं । खाद्यान्न जति संग्रहित गरे पनि बिस्तारै-बिस्तारै समाप्त हुन्छ । यस्तो समयमा दाना-दानाको लागि तडपिनबाट बच्नको लागि यसको लागि पूर्व तयारीको रूपमा खेती गर्न पनि आवश्यक हुन्छ । धान (चामल), दाल आदि को खेती गर्न सबैको लागि सम्भव हुँदैन । तर जरा हाल्ने तरकारीहरु, अल्प पानीमा अधिक उपज दिने बारहमासी तरकारीहरु र बहुपयोगी फलफूलवृक्ष घरको बालकनीमा तथा घरको परिसरमा पनि रोप्न सकिन्छ । यस विषयमा अधिक जानकारी यो लेखमा दिएको छ ।

३ अ ३. अन्न रोप्ने, गाई पाल्ने आदि अहिलेबाट नै सुरु गर्ने

हामीले जति पनि अन्न संग्रहित गरे पनि, त्यो बिस्तारै-बिस्तारै समाप्त हुँदै जान्छ । यस्तो समयमा भोकौ रहन नपरोस्, यसको पूर्व तयारीको लागि अन्न रोप्ने, गाई पाल्ने आदि गर्न आवश्यक छ ।

३ अ ३ अ. धान, दाल (गेडागुडी) आदि उबजाउने

जो किसान होइन्न्, उनीहरुले यो विषयमा जानकार मानिसहरुबाट सिक्न सकिन्छ ।

३ अ ३ आ. तरकारी, जरा हाल्ने र कन्द तरकारीहरु र फलफूलका रुखहरु लगाउने

यस विषयमा परिचय दिन अगाडि सम्क्षिप्त मार्गदर्शन प्रदान गरिएको छ । ‘तरकारी, फलवृक्ष आदि को प्रत्यक्ष रोपण र सम्वर्धन कसरी गर्ने’, यो विषयमा सनातनको विभिन्न ग्रन्थहरु छिट्टै नै प्रकाशित गरिनेछ ।

घरमा नै जैविक खाद हालेको तरकारीहरु उब्जाउनको लागि मार्गदर्शक पुस्तिका पढ्नको लागि यहाँ क्लिक गर्नुहोस् !

३ अ ३ आ १. तरकारी, जरा हाल्ने र कन्द तरकारीहरु र फलफूलका रुखहरु रोप्न आवश्यक

अ. केही महिना परिवारका लागि पर्याप्त होस्, त्यति अन्न, दाल आदि भण्डारण गर्न सकिन्छ; तर यसको तुलनामा तरकारी, फलफूल आदि भण्डारण गर्न सम्भव हुँदैन ।

आ. आपतकालमा खानाको लागि तरकारीहरु पकाउँदा भण्डारण गरिएको दाल (गेडागुडीहरु) लामो समयसम्म उपभोग गर्न सकिन्छ ।

इ. अन्न र दाल (गेडागुडी) उब्जाउन प्रशस्त खेतीयोग्य जमिन आवश्यक हुन्छ तर तरकारी र फलफूलहरु घरको बाल्कनी र परिसरमा पनि उत्पादन गर्न सकिन्छ ।

ई. तरकारीहरु अन्न र गेडागुडी भन्दा छिटो बढ्छन् ।

उ. शरीरको लागि आवश्यक पोषक घटक, उदाहरणका लागि विटामिन, खनिज, फायबर यी सबै तरकारी, कंदमूल र फलहरुमा पाइन्छन् । त्यसकारण, आहारशास्त्रले भन्छ, ‘आहारमा केही तरकारी, कन्द र फलहरु हुनुपर्छ ।’

ऊ. आपतकालमा प्रतिदिन दाल, रोटीको एकलता हटाएर तरकारीले विविधता ल्याउँछन्; यस बाहेक तरकारीले खाना स्वादिष्ट बनाउँछ ।

ए. तरकारीहरु र फलहरुको औषधीय मूल्य पनि हुन्छ ।

३ अ ३ आ २. कुन तरकारीहरु, जरा हाल्ने र कन्द तरकारीहरु र फलफूलका रुखहरु आपतकालिन अवस्थामा बढी लाभदायक छन् ?

‘आपतकालमा छोटो अवधिमा अधिक उत्पादन अथवा फलहरु प्राप्त गर्न आवश्यक हुन्छ’, यो कुरालाई ध्यानमा राखेर अगाडि बताए अनुसार तरकारीहरु र फलफूलका रुखहरु रोप्नु फाइदाजनक हुन्छ – पातदार तरकारीहरु, बोडीहरु, बन्दकोबी, मटर, फूलगोभी, गोलभेडा, भेन्टा, भेंडी, हरियो खुर्सानी, शिमलामिर्च, भटमास; लहरा जाने तरकारीहरु (उदाहरण सिमी, बोडी, कुभिण्डो, घेरउला, काकरो); आलु, चुकंदर (बिटरुट), गाजर, मूला, सखरखण्ड,  तरुल र फलफूलमा भुईकट्टर, मेवा, केरा, अनार आदि लगाउन सक्छौं ।

३ अ ३ आ ३. तरकारी, कन्दवर्गीय तरकारी तथा फलफूलको रुख कहिले रोप्ने ?

अधिकतर साग, भेन्टा, गोलभेडा र चिप्ले भेंडी कुनै पनि समयमा रोप्न सकिन्छ । लहरा जाने (उदाहरण: कुभिण्डो र सिमी, बोडी तरकारीहरु वर्षाऋतुको आरम्भमा अथवा शीतऋतुको अन्तमा लगाउँनुहोस् । कन्दवर्गीय (उदाहरण सखरखण्ड) र फलफूल वर्षाऋतुको आरम्भ भएपछि लगाउनुहोस् ।’

– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा (मार्च २०२०)

३ अ ३ आ ४. आपतकालको दृष्टिले घरको छत तथा कौसीमा तरकारी र साग उब्जाउनको लागि माटोको गमलाको सट्टा अन्य साधनहरुको उपयोग गर्न आवश्यक

‘माटोको गमलामा बिरुवा रोप्नु’, बिरुवको विकासको दृष्टिले उत्तम छ; तर माटोको गमला उठाउँदा-राख्दा फुट्न सक्छ । आपतकालमा कहिले के हुन्छ भन्न सकिदैन । त्यसैले गमला फुटेर हुने हानि रोक्नको लागि माटोको गमलाको स्थानमा टिनको भाडा; तेलको खाली डिब्बा; प्लास्टिकको बोरा, झोला, डब्बा, फराकिलो टब आदि वैकल्पिक साधनहरुको उपयोग गर्न अधिक राम्रो हुन्छ । यी वैकल्पिक साधनहरुबाट धेरै भएको पानी निक्लनको लागि तलको भागबाट आधा इन्च माथि समान अन्तरमा २ – ६ प्वालहरु बनाउनुहोस् । पिधमा प्वाल नबनाउनुहोस्; किनकि पिधबाट जरा निकलेर जमीनमा जान सक्छ ।’

– श्री. माधव रामचंद्र पराडकर, डिचोली, गोवा (२८.५.२०२०)

३ अ ३ आ ५. घरको कौसीमा लगाउने तरकारीहरु

‘कौसीमा यदि ३ – ४ घण्टा सूर्यको प्रकाश आउँछ भने तब त्यहाँ भेन्टा, गोलभेडा, खुर्सानी, धनिया आदि लगाउन सकिन्छ । कैसीमा सूर्यको प्रकाश थोरै समयको लागि आउँछ भने अदुवा रोप्न सक्छौं ।

३ अ ३ आ ६. घरको छतमा लगाउने तरकारीहरु, कन्दवर्गीय तरकारीहरु र फलफूलको वृक्ष

घरको छतमा रोपिने तरकारीहरु; अधिकतर साग; बन्दा गोभी, फूल गोभी, सिमी, बोडी, भेंडी; लहरा जाने तरकारीहरु जस्तै कुभिण्डो, घेरउला; कन्द तरकारीहरु जस्तै आलु, मूला, चुकंदर, गाजर तथा फलफूलमा भूईकट्टर ।

३ अ ३ आ ७. घरको; परिसरमा लगाउने तरकारीहरु र कन्दवर्गीय तरकारीहरु

घरको परिसर कैसी, छतमा लगाउने तरकारीहरु: लहरा जाने जस्तै बोडी, सिमी; कन्दवगीय तरकारीहरु जस्तै सखरखण्ड, तरुल आदि ।

३ अ ३ आ ८. घरको परिसरमा लगाईने फलफूको वृक्ष

कागती, केरा, अम्बा, मेवा, अनार, सीताफल र अंजीर ।

– श्री. अविनाश जाधव, सनातन आश्रम, रामनाथी, गोवा (मार्च २०२०)

३ अ ३ इ. गाई-गोरु पालन

दूध, गोमूत्र, गोबर, आदिको लागि गाई तथा खेती, बेलगाडी आदि को लागि गोरु उपयोगी हुन्छन् । गाई र गोरु पाल्ने, गाई दुहुने, बिरामी भएको अवस्थामा हेरचाह गर्ने आदि विषय जान्ने व्यक्तिबाट सिक्नुहोस् ।

३ अ ४. भोजनमा वन्य तरकारीहरुको (वर्षाको मैसममा प्रकृतिक रुपमा आफै उम्रिने) उपयोग अहिलेबाट नै आरम्भ गर्नुहोस्

तरुल, भृंगराज, नाडीशाक, अपामार्ग जस्ता अनेकौं वन्य सागहरुको उपयोग आहारमा गर्न सकिन्छ । यदि वन्य सागको उपयोगको विषयमा जानकारी छैन भने यस विषयमा जानकार व्यक्तिसँग सोध्नुहोस् । कोल्हापुरको ‘निसर्ग मित्र (मोबाईल क्र. + ९१ ९४२३८ ५८७११)’ नामक संस्थाले ‘औषधी रानभाज्या’ (औषधीय गुणकारक वन्य तरकारीहरु) मराठी ग्रन्थ प्रकाशित गरेको छ । त्यसमा ६१ वन्य तरकारीहरु तथा उनको औषधीय गुणहरुको सम्बन्धमा जानकारी छायाचित्रसहित दिएको छ ।

वन्य तरकारीहरुको विषयमा उपयुक्त जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

(सन्दर्भ: सनातनको आगामी ग्रन्थमाला ‘आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्व तयारी’)

(प्रस्तुत लेखमालाको सर्वाधिकार (कॉपीराइट) ‘सनातन भारतीय संस्कृति संस्था’ को साथ छ ।)

संकलनकर्ता : (परात्पर गुरु) डॉ. आठवले

बाह्य सूत्र (External links)

१. वन्य तरकारीहरुको विषयमा उपयुक्त जानकारी

अ. Wild Vegetables

आ. Surviving in the Wild: 19 Common Edible Plants

इ. The Ultimate Army Field Guide to Wild Edible Plants

भाग ३ पढ्नको लागि आपतकालमा जीवनरक्षा हेतु आवश्यक पूर्व तयारी : भाग – ३

Leave a Comment