शिवोपासनका पद्धतिहरु

शिव परिक्रमा मार्ग

 

१. शिव परिक्रमा कसरी गर्ने ?

शिवजीको परिक्रमा चन्द्रकला समान अर्थात सोमसूत्री हुन्छ । सूत्रको अर्थ हो, नाला अर्थात शिवजीलाई चढाएको पानी जाने बाटो । अरघा (जलहरी) बाट खसेको पानी उत्तर दिशा अर्थात सोमको दिशातर्फ जुन सूत्र जान्छ त्यसैलाई सोमसूत्र या जलप्रणालिका भन्दछन् । परिक्रमा बायाँतर्फ बाट आरम्भ गरेर र जलहरीको अन्तिम भागसम्म पुगेर त्यसलाई ननाँघीकन फर्केर पुन: पहिलाकै ठाउँमा पुग्दा एक परिक्रमा हुन्छ । तर यो नियम केवल मानवस्थापित अथवा मानवनिर्मित शिवलिङ्गको लागि मात्र लागु हुन्छ । स्वयंभू लिङ्ग या चल अर्थात पूजाघरमा स्थापित शिवलिङ्गमा लाग्दैन ।

 

२. शिवपिंडी अर्थात शिवलिङ्गको परिक्रमा गर्दा
अरघा (जलहरी) को स्त्रोत नाघ्न किन हुँदैन ?

जलहरीबाट बगेको जलमा एक प्रकारको शक्तिस्रोत प्रक्षेपित हुन्छ । त्यसलाई नाग्न लाग्दा गोडा फाटिन्छ । यसरी गोडा फाटिदा वीर्यनिर्मिति एवं पाञ्च अन्तस्थ वायुहरुमा विपरीत परिणाम पर्दछ । जसको कारण देवदत्त एवं धनञ्जय आदि वायुको प्रवाह रोकिन जान्छ । त्यसैगरी यो स्रोतले शिवजीको तमप्रधान लयकारी सगुण तरंग पृथ्वी तथा तेज तत्त्वहरुको प्राबल्यताका साथ प्रक्षेपित भईरहन्छ । परिणामस्वरूप जलहरी नाघ्ने व्यक्तिलाई अचानक मिरगी हुनु, मुखमा फीज आउनु अर्थात शरीरमा उष्णता निर्माण भएर देह तातो हुनाले शरीरका हाडहरु बाङ्गीन जानु, दाँत बजन थाल्नु जस्ता अनेकौं कष्ट हुने शंका रहन्छन् । त्यस कारण यस्ता शिवलिङ्गको परिक्रमा गर्दा अर्ध गोलाकृति पद्धतिले परिक्रमा गर्दछ । शिव परिक्रमा पुरा गरेपछि कोही शिवभक्त शिवउपासनामा शिवमहिम्नस्तोत्र, शिवकवचहरुको पाठ विशेष रूपले गर्दछन् । साथै शिवतत्त्वको अधिकाधिक लाभ पाउनको लागि महाशिवरात्रिमा शिव नामजप पनि अधिकाधिक गर्नुहोस् ।

 

३. शिव नामजपको महत्त्व

‘नमः शिवाय ।’ यो शिवजीको पंचाक्षरी नामजप हो । यस मन्त्रको प्रत्येक अक्षरले शिवका विशेषताहरुको निर्देशन गर्दछ । जहाँ गुण हुन्छ त्यहाँ सगुण साकार रूप हुन्छ । ‘नमः शिवाय ।’ यो पंचाक्षरी नामजपलाई निर्गुण ब्रह्मको निर्देशक मानिन्छ, यसलाई ‘ॐ’कार जोडेर ‘ॐ नमः शिवाय’ यो षडाक्षरी मन्त्र बनाएको छ । यस मन्त्रको अर्थ हुन्छ, निर्गुण तत्त्वबाट अर्थात ब्रह्मबाट सगुणतर्फ अर्थात मायातर्फ आउनु ।

 

४. शिवजीको नामजपमा ‘ॐ’कार लगाउनुको परिणाम

मायाको निर्मितिको लागि प्रचण्ड शक्ति आवश्यक हुन्छ । त्यसै प्रकारको शक्ति ओंकारद्वारा निर्माण हुन्छ । ओंकारद्वारा निर्माण हुने स्पन्दहरुले शरीरमा अत्यधिक शक्ति अर्थात उष्णता निर्माण हुन्छ । यो शक्ति सहन नसक्ने सर्वसामान्य व्यक्तिलाई आम्लपित्त, उष्णता बढने जस्ता शारीरिक कष्टको साथै मानसिक कष्ट पनि हुने सम्भावना रहन्छ । महाशिवरात्रिमा कार्यरत शिवतत्त्वको अधिकाधिक लाभ लिनको लागि हाम्रा धर्मशास्त्रहरुमा महाशिवरात्रिको व्रत का विधान पनि बताएको छ ।

 

५. महाशिवरात्रि व्रत

महाशिवरात्रि नैमित्तिक एवं काम्य व्रत पनि हो । यस व्रतको तीन प्रधान अंग छ, उपवास, पूजा एवं जागरण । महाशिवरात्रिमा शिवजीलाई विशेष गरेर आम्रमंजरी अर्थात आपको मुनाको गुच्छा पनि अर्पण गर्दछ । शक संवत् कालगणनानुसार माघ कृष्ण त्रयोदशी र विक्रम संवतको कालगणनानुसार फाल्गुन कृष्ण त्रयोदशीका दिन एकभुक्त रहेर चतुर्दशीका दिन प्रातःकालमा व्रतको संकल्प गर्दछन् । सायंकालमा नदी अथवा तलाउमा शास्त्रोक्त विधि अनुसार स्नान गरेर भस्म एवं रुद्राक्ष धारण गर्दछन् । तथा प्रदोषकालमा शिवालयमा गएर शिवजीको ध्यान एवं षोडशोपचार पूजन गर्दछन् । नाममन्त्र जप्दै शिवजीलाई एक सय आठ बेलपत्र अर्पण गर्दछन् । प्रदोषकालको अर्थ हो प्रत्येक महीनाको शुक्ल एवं कृष्ण त्रयोदशीका दिन सूर्यास्त पूर्वको तीन घटक काल । चतुर्दशीका रात्रिमा शिवजीको विशेष पूजन गर्दछन्, जसलाई यामपूजा भन्दछन् । त्यसपछि नृत्य, गीत, कथा-श्रवण इत्यादि गरी जागरण गर्दछन् । प्रातः कालमा स्नान गरेर, पुनः शिवपूजन गर्दछन् । पारण अर्थात व्रत समाप्तिको लागि ब्राह्मण भोजन गराउँदछन् । ब्राह्मणद्वारा आशीर्वाद प्राप्त गरेर व्रत समाप्ति गरिन्छ । यस व्रत १२, १४ या २४ वर्ष गरेपछि व्रत उद्यापन गरिन्छ ।
शिव कृपा प्राप्त गर्नको लागि हामी विविध पद्धतिद्वारा उपासना गर्दछौं । हामीलाई लग्दछ कि उहाँले आएर हाम्रो दुःख हटाउनु पर्दछ, हाम्रो रक्षा गर्नु पर्दछ । परन्तु धर्महानी गर्ने वर्गद्वारा शिवजी प्रति हुने अपमान प्रति हामी उदासीन भइदिन्छौं । के यस्तो स्थितिमा हामी शिव कृपा प्राप्त गर्न सकौंला ? असंभव । शिव कृपा निरन्तर प्राप्त गर्नको लागि हमीले समयानुसारको साधना आवश्य गर्नुपर्दछ ।

 

६. कालानुसार आवश्यक उपासना

आजकल विविध प्रकारले देवताहरु प्रति अनादर गरिन्छ । यसको कोही उदाहरणहरु हेरौं । जस्तै नाटक एवं चित्रपटहरुमा देवी-देवताहरु प्रति हुने अपमानलाई, कलास्वतंत्रताको नाममा देवताहरुको नग्न चित्र बनाउनु, व्याख्यान गर्नु, पुस्तक आदि माध्यमद्वारा देवताहरु प्रति टीका-टिप्पणी गर्नु, व्यावसायिक विज्ञप्तिको लागि देवताहरु ‘मौडेल’ को रूपमा उपयोग गर्नु, उत्पादनहरुमा देवताहरुको चित्र प्रकाशित गर्नु, त्यस्तै देवताहरुको वेशभूषा पहिरे र भिक्षा माग्नु, इत्यादि अनेकौं प्रकारको देखिन्छ । यसै गरि शिवजीको सन्दर्भमा पनि हुने गर्दछ । देवताहरुको उपासनामा मूल हुन्छ श्रद्धा । देवताहरुको यस प्रकारको अनादरले श्रद्धामा प्रभाव पार्दछ; त्यसै गरी धर्मको हानि पनि हुन्छ । धर्महानि रोक्नु समयअनुसार आवश्यक धर्मपालन हो । यो देवताको समष्टि अर्थात समाजिक स्तरको उपासना नै हुन्छ । यो बिना देवताको उपासना परिपूर्ण हुनै सक्दैन । यसकारण यी अपमानहरुलाई उद्बोधनद्वारा रोक्ने प्रयास गरौं । जसले भक्तहरुको अज्ञान, अर्थात सत्त्व, रज तथा तम लाई एक साथ नष्ट गरेर उनीहरुलाई त्रिगुणातीत गराउँदछ ।

सन्दर्भ : सनातन ग्रन्थ ‘शिव’

Leave a Comment