१. महत्त्व
जब कुदृष्टि हटाउनको लागि कागतीको प्रयोग गरिन्छ; ग्यासको रुपमा सूक्ष्म रजोगुणी वायूलाई गति प्राधान गर्दछ र व्यक्तिको वरिपरिको तज-तम आवरणहरुलाई आफूतर्फ आकर्षित र एकत्रित गरेर राख्दछ ।
२. कुदृष्टि हटाउनमा कागतीको उपयोग
कुदृष्टि हटाउनको लागि साधारण (सादा) कागती नै लिनुपर्छ; रेखा भएको कागतीको उपयोग नगर्नुहोस् । रेखा भएको कागती थाहा पाउने पद्धति – त्यसता कागतीको एक पट्टिबाट माथि देखि तलसम्म रेखा हुन्छ । कहिलेकाँही दुबै पट्टि रेखाहरु देख्न सकिन्छ । रेखा भएको कागती कालो जादू गर्नको लागि प्रयोग गरिन्छ किन कि रज-तमात्मक ऊर्जालाई वायुमण्डलमा प्रक्षेपित गर्ने क्षमता सादा कागतीमा भन्दा यी कागतीमा अधिक हुन्छ ।
३. कुदृष्टि उतारने विधि
प्रत्येक हातमा कागती समात्नुहोस् र तिनीहरुलाई घडीको दिशामा खुट्टाबाट टाउकोसम्म गोलाकार तरिकाले धुमाउनुहोस् ।
त्यसपछि कागतीलाई कोइलमा जलाइन्छ वा बग्ने पानीमा डुबाइन्छ ।
कागतीलाई पानीमा विसर्जित गर्नुको अपेक्षा जलाउनु किन उच्चित हुन्छ ?
कागतीलाई पानीमा विसर्जित गर्नाले त्यसमा तानीएको स्पन्द पानीमा समाविष्ट हुनमा अधिक समय लाग्दछ । त्यो समय बिचमामा अनिष्ट शक्ति त्यसमा विद्यमान शक्तिको दुरुपयोग गरि पुनः कुनै जीवमा कालो जादू गर्न सक्दछ; तर, कागती जलाउदा त्यसमा विद्यमान रज-तमात्मक स्पन्दन शीघ्र नष्ट भएर जान्छ ।
४. कुदृष्टिको तीव्रता कसरी थाहा पाउने ?
अ. कागती पानीमा विसर्जित गरेपछि कुदृष्टिको तीव्रता अनुसार देखाई दिने स्थूल सदृश परिणाम
‘कुदृष्टिको तीव्रता जति अधिक हुन्छ, त्यसको रज-तम पानीमा समाविष्ट हुनमा त्यतिनै अधिक समय लाग्दछ, जसको कारण पानीमा बग्ने कालावधि बढेर जान्छ ।
कुदृष्टिको तीव्रता | कागतीमा हुने स्थूल सदृश परिणाम |
१. कुदृष्टि लागेको छैन भने | कागती पानीमा तुरुन्तै डुब्छ। |
२. मन्द | कागती पानीमा तुरुन्तै बगेर जान्छ। |
३. मध्यम | कागती पानीमा गोल गोल घुमिरहन्छ। |
४. तीव्र | रज-तम युक्त तरङ्गले प्रभारित भएको कारण कागती पानीमा त्यही स्थानमा तैरि रहन्छ, अगाडि बढ्दैन। |
आ. कुदृष्टिको तीव्रता अनुसार कागती जलाएपछि देखाई दिने स्थूल सदृश परिणाम
कुदृष्टिको तीव्रता | कागतीमा हुने स्थूल सदृश परिणाम |
१. कुदृष्टि लागेको छैन भने | कागती आवज ननिकाली छिटै जल्दछ। |
२. मन्द | कागती आवजको साथ पहिलो प्रयासमा नै जल्दछ। |
३. मध्यम | जलेपछि पनि कागतीमा चाउरी परेको देखाइ दिन्छ र त्यसबाट दुर्गंध आइरहन्छ। |
४. तीव्र | बैजनी रङ्गको धुवाँ निस्किन्छ, कागती छिटो जल्दैन, आधा जल्ने, अनिष्ट शक्ति अत्यंत तीव्र छ भने कागती जल्ने समय ‘फट’ यस्तो उच्च स्वर निर्मित भएर अग्नि फरफराएर जल्दछ, यस प्रकारका परिणामहरु देखाई दिन्छन्। |