१. आध्यात्मको (साधनाको) महत्तव – आध्यात्मको विषय दुबैको लागि उपयोगी हुन्छ – जसको सांसारिक लक्ष्य छ साथै जसको साधनमा प्रति झुकाव छ ।
१. बिरामीको अवश्थामा (जोसँग केहि व्याधिहरु छन्), यदि उनीहरुलाई बौद्धिक रुपमा समझाउनको लागि प्रयोग गर्यो भने अगाडि बताएको दुई प्रकारका बिरामीहरुमा आध्यात्मिक उपचार अत्यन्त महत्वपूर्ण छ :
एक व्यक्तिको बुढयौलीपन, उपचार हुन नसक्ने रोग र मृत्युको लागि केहि गर्न सक्दैन । यस्तो अवस्थाहरुमा यदि रोगी निराश छ तब निराश हटाउनको लागि आध्यात्म एक उपचारको रुपमा वृद्धवस्था प्रति दार्शनिक दृष्टिकोण निमार्ण गर्न प्रयोग गर्न सकिन्छ ।
जुनूनी बाध्यकारी डिसआर्डर (OCD, एक प्रकारको मानसिक रोग) मा रोगीको मन खाली नराख्न महत्वपूर्ण हुन्छ ।
२. एक औसत व्यक्तिको जीवनमा, २०% समस्याहरु शारीरिक र / वा मनोवैज्ञानिक काणहरुले गर्दा हुन्छ । अर्को ३०% आध्यात्मिक स्वरुप साथै शारीरिक र / वा मनोवैज्ञानिक कारणहरुले गर्दा हुन्छ । बाँकी ५०% केवल आध्यात्मिक स्वरुपको हुन्छ । यसको मतलब हो साधना गरेर ८०% समस्याहरु समाधान गर्न सकिन्छ वा प्रारब्ध स्वीकार गरेर सहन सक्ने क्षमता प्राप्त गर्न सकिन्छ ।
३. सांसारिक सुखको इच्छुक: सकाम साधनाले सुख दिन्छ र दु:ख पनि कम गर्दछ ।
४. जो आनन्दको खोजीमा छन्: उनीहरुले निश्काम साधना गरेर आनन्द अनुभव गर्दछन् । यसको साथै उनीहरुको सांसारिक दु:ख पनि हटेर जान्छ ।
२. आध्यात्मको महत्तव – विषय जसले अनन्त अनि सर्वोच्च आनन्द प्रदान गर्दछ ।
सबै जीवित प्राणीहरु साना कीरादेखि लिएर विकसित मानवसम्म प्रत्येक क्षण निरन्तर सर्वोच्च गुणस्तरको सुख प्राप्त गर्न चाहन्छ । प्रत्येक क्षण त्यसलाई प्राप्त गर्ने प्रयास गर्दछ । सुख जुन अनन्त र उत्कृष्ट गुणको हुन्छ त्यसलाई आनन्द भनिन्छ । आनन्द कसरी प्राप्त गर्ने भनेर सिकाउने विज्ञानलार्इ ‘आध्यात्म विज्ञान’ भनिन्छ । साधनाको माध्यमबाट अन्तर्मुख भएपछि मात्र मानिसले आत्माको दिव्यतालाई महसुस गर्दछ अर्थात् उनीभित्र रहेको ईश्वरीय पराक्रम ।
अध्यात्मविद्याविद्यानाम् ।- श्रीमद्भगवद्गीता, अधया १०, श्लोक ३२
अर्थ : सबै विज्ञानहरु मध्ये, आध्यात्म विज्ञान सबै भन्दा सर्वोच्च हुन्छ ।
३. आध्यात्मको महत्तव – सर्वज्ञता प्रधान गर्ने विषय
ब्रहमाण्डमा असंख्य विषयहरु छन्, अनेक जन्महरुमा अध्ययन गर्दा पनि ती सबैमा दक्ष हुन अपर्याप्त साबित हुनेछ । सर्वज्ञात भगवानसँग एकरुप हुनको लागि सर्वज्ञानी हुनुपर्छ । यद्यपि, ईश्वरले हामीलाई आध्यात्म विषय प्रदान गर्नु भएर सजिलो बनाइदिनु भएको छ । यो एक मात्र विषय हो जसमा यदि सर्वज्ञ हुन्छ, व्यक्ति अन्य विषयहरुमा पनि ज्ञानवान हुन्छ । यो किनभने अन्तत: सबै विषयहरु अध्यात्मबाट उत्पन्न भएको हो ।
४. आध्यात्मको महत्तव – प्रत्येक व्यक्तिलाई जन्म मृत्युको चक्रबाट मुक्त हुनको लागि मौका
मानिस दुई कारणहरुले बारम्बार जन्मिन्छ । पहिलो ६५% प्रारब्ध भोगी त्यसलाई पूरा गर्न र दोस्रो हो ३५% आध्यात्मिक प्रगति गरि आनन्द प्राप्त गर्न । यी दुबै कारणहरु आध्यात्मसँग सम्बन्धित छन् ।
व्यक्ति निम्न कारणहरुले आध्यात्ममा रुचि राख्छ:
१. सृष्टिकर्तालाई भेट्टाउने इच्छा
प्रत्येकलाई आफूलाई कसले सृष्टि गरेको पत्ता लगाउन मन लाग्छ र त्यही फर्किने इच्छा हुन्छ । उदाहरणको लागि जब एक व्यक्तिको उमेर आउँछ र उसलाई थाहा हुन्छ उसलाई पालनपोषण गर्ने आमा हुनुहुन्छ र वास्तविक आमा अन्य ठाउँमा हुनुहुन्छ तब उ आमाको खोजीमा निस्किन्छ । यदि व्यक्ति सुन्दर विदेशी ठाउँमा छुट्टिमा जान्छ, समयको कुनै घडीमा उ घर फर्कन चाहन्छ । यसरीनै कम्तिमा सूक्ष्म रुपमा प्रत्येक व्यक्ति सृष्टिकर्ताको खोजी गर्ने महसुस गर्दछ र उहाँमा फर्किन चाहन्छ ।
२. अस्थायीबाट स्थायीमा जाने चाहना
व्यक्तिलाई यस्तो लाग्छ कि अस्थायी जीवनलाई स्थायी (आध्यात्मिक) सहायता दिने । त्यो हो, व्यक्तिलाई कुनै न कुनै समय महसुस हुन्छ कि अपूर्णताबाट पुर्णतातर्फ जाने, किनकि यस मार्गमा अनन्त आनन्द पाउने निश्चितता हुन्छ ।
एक व्यक्ति यस्तो चीजलाई महत्व दिन्छ जुन उसलाई आवश्यक छ र उनी अन्य चीजलाई महत्तव दिदैन । आध्यात्ममा पनि यहि सत्य हो । हामीले आध्यात्मको महत्तव तब महसुस गर्छौं जब हामीलाई यसको आवश्यक्ता पर्छ । आवश्यक्ता नभएको व्यक्तिले भन्छ, “म आफ्नो परिवारसँग र सांसारिक जीवनमा सन्तुष्ट छु । मैले भगवानको नामजप गरेरे, ध्यान गरेर, दु:खकष्ट भोगेर के हासिल गर्नेछु ? यसबाहेक, यसको लागि समय पनि पाउँदिन ।” तर जब आध्यात्मको महत्तवलाई बौद्धिक रुपमा बुझेपछि यहि जन्ममा मोक्ष प्राप्ति गर्ने दृढ संकल्प मनसिक रुपमा बनाउँछ र साधना सुरु गर्दछ ।