घटस्थापना आदि विधीहरुका शास्रीय आधार तथा तिनीहरुका आध्यात्मिक परिणाम

नवरात्रिको प्रथम दिन घटस्थापना पर्दछ । घटस्थापना गर्नु भनेको नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु ।

 

१. नवरात्रिको प्रथम दिनमा घटस्थापना गर्दछ।

घटस्थापना गर्नु अर्थात नवरात्रिको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का हाल्दछ ।

 

२. नवार्णव यन्त्रको स्थापनाको शास्त्रीय आधार

‘नवार्णव यन्त्र’ देवी विराजमान हुनको लागि पृथ्वीमा स्थापित आसनको प्रतीक हो । नवार्णव यन्त्रको सहायताले पूजास्थलमा देवीको; नौ रूपहरुको मारक तरङ्गहरुलाई आकृष्ट गर्न सम्भव हुन जान्छ । यी सबै तरङ्गहरु यन्त्रमा एकत्रीकरण एवं घनीकरण हुन जान्छ । यस कारण यो आसनलाई देवीको निर्गुण अधिष्ठान मानिन्छ । यस यन्त्रद्वारा आवश्यकतानुसार देवीको सगुण रूप ब्रह्माण्डमा कार्यरत रहन्छ । देवीको यस रूपलाई प्रत्यक्ष कार्यरत तत्त्वको प्रतीक मानिन्छ ।

 

नवार्णव यन्त्रको स्थापना दृश्यपट (Navratri Video)

 

३. नवार्णव यन्त्रमा अष्टभुजा देवीको मूर्ति स्थापित गर्नुको परिणाम

 

अष्टभुजा देवी शक्तितत्त्वको मारक रूप हो । ‘नवरात्रि’ ज्वलन्त तेजतत्त्वरूपी आदिशक्तिको अधिष्ठानको प्रतीक हो । अष्टभुजा देवीको हातमा विद्यमान आयुध (शस्त्र), उहाँको प्रत्यक्ष मारक कार्यको क्रियाशीलताको प्रतीक हो । देवीको हातमा यी मारकतत्त्वरूपी आयुध, अष्टदिशाहरुको अष्टपालको रूपमा ब्रह्माण्डको रक्षण गर्दछ । यी आयुध नवरात्रिको विशिष्ट कालावधिमा ब्रह्माण्डमा अनिष्ट शक्तिहरुको सञ्चारमा अंकुश पनि लगाउँछ एवं तिनीहरुको कार्यको गतिशीलता खण्डित गरि पृथ्वीको रक्षा गर्दछ । नवार्णव यन्त्रमा देवीको मूर्तिको स्थापना, शक्तितत्त्वको यस कार्यलाई वेग प्रदान गर्नमा सहायक हुन्छ ।

 

४. नवरात्रिमा अखण्ड दीपप्रज्वलनको शास्त्रीय आधार

 

 

दीप तेजको प्रतीक हो एवं नवरात्रिको कालावधिमा वायुमण्डल पनि शक्तितत्त्वात्मक तेजको तरङ्गले संचारित हुन्छ । यी कार्यरत तेजाधिष्ठित शक्तिहरुको तरङ्गको वेग एवं कार्य अखण्डित हुन्छ । अखण्ड प्रज्वलित दीपको ज्योतिमा यी तरङ्गहरुलाई ग्रहण गर्ने क्षमता हुन्छ ।

 

५. अखण्ड दीप प्रज्वलनको परिणाम

सद्गुरु श्रीमती अंजली गाडगीळज्यूलाई प्राप्त ज्ञान

१. नवरात्रिको कालावधिमा अखण्ड दीप प्रज्वलनको फलस्वरूप दीपको ज्योतितर्फ तेजतत्त्वात्मक तरङ्गहरु आकृष्ट हुन्छ ।

२. वास्तुमा यी तरङ्गहरुको निरन्तर प्रक्षेपण हुन्छ ।

३. यस प्रक्षेपणबाट वास्तुमा तेजको संवर्धन हुन्छ ।

यस प्रकार अखण्ड दीपप्रज्वलनको फाईदा वास्तुमा रहने सदस्यहरुलाई वर्षभरि हुन्छ । यस तेजलाई वास्तुमा बनाइ राख्नु सदस्यहरुको भावमा निर्भर गर्दछ ।

 

६. नवरात्रिमा मालाबन्धनको परिणाम

नवरात्रिमा अखण्ड दीपप्रज्वलनको साथ कुलाचारानुसार मालाबन्धन गर्दछ । केही उपासकहरु स्थापित घटमा माला चढाउँछन्, भने कोही देवीको मूर्तिमा माला चढाउँछन् । नवरात्रिमा मालाबन्धको विशेष महत्त्व छ ।

१. देवतालाई चढाएको यी मालाहरुमा उनेको फूलको रङ्ग एवं सुगन्धको कणतर्फ वायुमण्डमा विद्यमान तेजतत्त्वात्मक शक्तिको तरङ्ग आकृष्ट हुन्छ ।

२. यी तरङ्गहरु पूजास्थलमा स्थापित गरिएको देवीको मूर्तिमा शीघ्र संक्रमित हुन्छ ।

३. यी तरङ्गहरुको स्पर्शले मूर्तिमा देवीतत्त्व अल्पावधिमा जागृत हुन्छ ।

४. केही समयपछि यी देवीतत्त्व वास्तुमा प्रक्षेपण हुन आरम्भ हुन्छ । यसले वास्तुशुद्धि हुन्छ ।

५. साथै वास्तुमा आउने व्यक्तिहरुलाई उनीहरुको भावानुसार यस वातावरणमा विद्यमान देवीको चैतन्यको फाईदा मिल्दछ ।

 

मालाबन्धन दृश्यपट (Navratri Video)

 

७. नवरात्रिमा कुमारिका-पूजनका शास्त्रीय आधार

कुमारी, अप्रकट शक्तितत्त्वको प्रतीक हो । नवरात्रिमा अन्य दिनको तुलनामा शक्तितत्त्व अधिक मात्रामा कार्यरत रहन्छ। आदिशक्तिको रूप मानेर भावसहित कुमारी-पूजन गर्नाले कुमारिमा विद्यमान शक्तितत्त्व जागृत हुन्छ । यसले ब्रह्माण्डमा कार्यरत तेजतत्त्वात्मक शक्तिको तरङ्ग कुमारीतर्फ सहजतासँग आकृष्ट हुनमा सहायता मिल्दछ । पूजकलाई प्रत्यक्ष चैतन्यको माध्यमबाट यी शक्तितत्त्वात्मक तरङ्गहरुको फाईदा प्रप्त हुनमा पनि सहायता मिल्दछ । कुमारिमा संस्कार पनि अल्प हुन्छ । यस कारण त्यसको माध्यमबाट देवीतत्त्वको अधिकाधिक सगुण लाभ प्राप्त गर्नमा सम्भव हुन्छ । यस प्रकार नवरात्रिको नौ दिन कार्यरत देवीतत्त्वको तरङ्गहरुलाई आफ्नो देहमा संवर्धन गर्नको लागि कुमारी-पूजन गरि उनलाई सन्तुष्ट गरिन्छ ।

 

सुहागिनी अनि कुमारिका पूजन दृश्यपट (Navratri Video)

 

सुहागिन अनि कुमारी कन्याको पूजा यो देवीपूजनको एउटा विशेष महत्त्वपूर्ण अंग हो । त्यसैले नवरात्रिको नौ दिनहरुमा सुहागिनको एवं कुमारी कन्याको पूजन गर्नुको विशेष महत्त्व छ ।

ऊ. सर्वप्रथम सुहागिनलाई आसनमा बसाएर उनको चरण धुन्छ ।

ऐ. त्यसपछि उनलाई हलदी कुमकुम लगाइदिन्छ ।

ऐ. यथाशक्ति साडी, चोलीवस्त्र, नारिवल आदि दिएर आंचल भर्छ ।

ओ. उनलाई फल एवं दक्षिणा अर्पित गर्छ ।

औ. देवीको रूप मानेर नमस्कार गर्छ ।

अं. कुमारी कन्यालाई आसनमा बसाएर उनको चरण धुन्छ ।

क. उनलाई हलदी-कुमकुम लगाइदिन्छ ।

ख. यथाशक्ति वस्त्रालंकार दिन्छ ।

ग. दूध, फल एवं दक्षिणा दिएर उनलाई नमस्कार गर्छ ।

 

सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ’त्यौहार, धार्मिक उत्सव एवं व्रत’

Leave a Comment