१. पुण्यको लागि विचार पर्याप्त छ;
तर पापको लागि क्रिया आवश्यक छ
१ अ. कर्मफलन्यायानुसार प्रत्येक कर्मको फल हुन्छ र त्यसलाई भोग्नु पर्छ । राम्रो कर्मको फल हो पुण्य र अनिष्ट कर्मको फल हो पाप । पाप-पुण्यप्रद कर्मको विशेषता हो कि पुण्यप्रद कर्म केवल विचार मनमा आए पनि त्यसको पुण्य मिल्दछ; तर पाप लाग्नको लागि प्रत्यक्ष क्रिया फलीभूत हुन आवश्यक छ । केवल विचारले पाप लाग्दैन । कारण, यदि मनमा पुण्यप्रद कर्म गर्नको लागि विचार आयो; तर केहि कठिनाईवश त्यो हुन सकेन भने पनि ईश्वरसम्म त्यो विचार पुग्दछ । ईश्वरलाई विवशता थाहा हुन्छ । तसर्थ मान्दछन् कि पुण्यकर्म सम्पन्न भएको छ र व्यक्तिले त्यसको फल प्राप्त गर्दछ । यसको विपरीत पापको सन्दर्भमा प्रत्यक्ष क्रिया फलीभूत हुन आवश्यक छ । किन भने, पापकर्मको विचार मनमा आयो भने पनि त्यो व्यक्तिसम्म त्यो विचार पुग्दैन, त्यसैले व्यक्तिलाई कुनै हानि हुँदैन; त्यसकारण कुनै पाप लाग्दैन ।
२. साधकलाई इच्छाले पनि पाप लाग्दछ, जबकि
सामान्य व्यक्तिलाई पाप लाग्नको लागि क्रिया गर्नुपर्छ ।
समान कृत्यको लागि समान दण्ड, यो धर्मको तत्त्व होइन । त्यसकारण सामान्य मनुष्य र साधकको सन्दर्भमा भिन्नता छ ।
उदाहरणार्थ, एक व्यक्तिलाई एक स्थानमा राखेको अनार खाने ईच्चा भयो । उसले प.पू. भक्तराज महाराजज्यू सँग (प.पू. बाबा सँग ) यस सन्दर्भमा सोध्यो । तब प.पू. बाबाले भन्नु भयो, त्यो चोरी भयो; किनकि तिम्रो मनले पहिलानै अनार चोरी सक्यो । यो ध्यानमा आउँदछ कि इच्छा हुनु, यो नै सन्तको दृष्टिले अयोग्य छ ।
३. धर्मशास्त्र अनुसार नै कृत्य पाप-पुण्यात्मक सिद्ध हुने
कुन कर्म पाप अथवा पुण्य निर्माण गर्दछ, यो भन्ने अधिकार मात्र धर्मशास्त्रको छ; किनकि कुन कर्म राम्रो छ अथवा नराम्रो, यो निर्धारित गर्नको लागि आफ्नो बुद्धि अल्प सिद्ध हुन्छ ।
अ. कर्तव्य
धर्मशास्त्रमा बताएको अनुसार कसैले आफ्नो कर्तव्य निभाएन भने तब त्यसले पापको निर्मिति हुन्छ, उदा. कुलदेवताको पूजा नगर्नाले पाप लाग्दछ; तर आफ्नो कर्तव्य निभाउँनाले पुण्य निर्मित हुँदैन ।
आ. सत्य
प्रत्येकले जीवनमा अलग-अलग भूमिकाहरु निभाउँनु पर्दछ, उदा. एउटै मनुष्य बाबा, छोरा, सेवक, अधिकारी एवं छिमेकी पनि हुन्छ, यस प्रकार ऊ स्वामी पनि हुन सक्छ । प्रत्येक भूमिका अन्तर्गत कर्तव्य निभाउँने समय संघर्ष हुनु स्वाभाविक हो, उदा. श्रीमतीलाई प्रसन्न गर्ने प्रयास गर्दा आमा दुखि हुन सक्छ । यस्तो परिस्थितिमा सत्यको पक्ष लिनु नै योग्य हुन्छ ।
इ. आश्रमको आधारमा पाप-पुण्य निर्धारित गर्ने
गृहस्थाश्रम : यो आश्रममा स्त्रीसंग गर्नु कर्तव्य हो, धर्माचरण हो ।
संन्यासाश्रम : संन्यासाश्रममा स्त्रीसंग पाप हो ।
४. उद्देश्य अनुसार पाप-पुण्य लाग्ने
अ. कसैको द्वेषभावनाको कारण हत्या गर्नु अनि राष्ट्रको रक्षा हेतु राष्ट्रशत्रुलाई मार्नु: सत्य एवं असत्य बोल्नु, यसमा उद्देश्य अनुसार पाप-पुण्य लाग्दछ : ईर्ष्या अथवा द्वेष भावनाले ग्रस्त भएर कसैको हत्या गर्नेलाई मृत्युदण्ड सजाय हुन्छ । गाडीमा दुर्घटनाग्रस्त भएर कसैको मृत्यु हुँदा, गाडी चालकलाई सानो सजाय दिएर छोडि दिन्छ । यसको विपरीत कुनै सैनिक शत्रुराष्ट्रको १०० सैनिकहरुलाई मारि दिन्छन्, तब उसलाई धेरै पुण्य मिल्दछ, जनता र शासनको तर्फबाट सम्मान गरिन्छ तथा युद्धमा मृत्यु भएपछि स्वर्ग जान्छ । जब कुनै सैनिक आफ्नो फाईदाको लागि १०० शत्रु-सैनिकहरुलाई मारिदिन्छन् तब उसलाई पाप लाग्दछ ।
आ. असत्य बोल्नु पाप हो; तर कुनै दुष्ट व्यक्ति कुनै असल व्यक्तिको हत्या गर्नको लागि खोजिरहेको छ र उसको सही ठाउँ भनि दियो भने तब यो पाप हुन्छ । किनभने, यस्तो गरेर, हामी अप्रत्यक्ष रुपमा सज्जनलाई कष्ट दिन्छौं, त्यसैले यहाँ सत्य बोल्नु पाप हो । – (सद्गुरु) डा. वसंत बाळाजी आठवले, चेंबूर, मुंबई. (वर्ष १९९०)
५. उन्नत पुरुषहरुको सेवा गर्नोले पुण्य
तथा उनीहरुलाई घृणा गर्नाले पाप मिल्दछ
वेद तथा उपनिषदमा यो विषयमा धेरै लेखिएको छ । उपासक, ज्ञानी, योगी, गुरुदेव तथा सन्तको सेवा गर्ने तथा उन्नत व्यक्तिको लागि कष्ट सहनाले पुण्यको भागी हुन्छ; तर जसले उनीहरुलाई घृणा गर्छ, ऊ पापको भागी हुन्छ । सन्तको तपोबल वा पुण्यकर्मको प्रभावले शासक, अर्थात राजाको रक्षा अवश्य हुन्छ । – गुरुदेव डा. काटेस्वामीजी (३२)
६. केहि अन्य नियमहरु
अ. केवल परोपकारबाट पुण्य प्राप्त गरेर, परपीडाबाट गरेको पाप समाप्त हुँदैन ।
आ. जप गर्नु पुण्य हो; तर परोपकार होइन ।
इ. परस्त्री कामवासनाबाट विरूल छ, तब अनिच्छाले गरेको संभोग पाप नै हो ।
ई. हिंसा र चोरी गर्नु पाप हो; तर नगर्नाले पुण्य मिल्दैन ।
७. सन्तको पाप एवं पुण्य
सन्तको पुण्य उहाँको भक्तहरुलाई मिल्छन् एवं सन्ताको संचितको पाप उहाँको निन्दा गर्नेहरुले भोग्नु पर्दछ ।