भक्तियोग

धेरै व्यक्तिहरु भक्तियोगी हुन्छन् । उनी, भगवानलाई भक्तिले प्रसन्न गर्दछ । प्रस्तुत लेखमा भक्तियोग भनेको के हो, यो साधना मार्गको उत्पत्ति, यसको विशेषताहरु आदि का विषयमा जान्नेछौं । भक्त बन्नको लागि के गर्नुपर्छ; यस सन्दर्भमा लेखमा सम्क्षेपमा बताएको छ ।

 

१. भक्तियोग भनेको के हो ?

भगवानको भक्ति गर्नु नै सुख र भगवानलाई बिर्सनु दुख हो ।

आध्यात्मिक उन्नतिको लागि साधना गर्ने ९० देखि ९५ प्रतिशत व्यक्ति भक्तिमार्ग बाट साधना गर्दछन् । अध्यात्म, भक्तियोगको सार हो । यो मार्गबाट भगवानको भक्ति गर्दा सुख र बिर्सदा दुख हुन्छ, यो कुरा भक्तियोगी जान्दछन् । त्यसैले, उनी सदैव आर्तभावसँग भगवानको भक्तिमा लागि रहन्छ । भक्तको नामजप अखण्ड भइरहन्छ; त्यसैले उबाट हुने कर्म, अकर्म हुन्छ, अर्थात यस्तो कर्मको फल उसले पाउँदैन, अर्थात उनी कर्मको बन्धनमा पर्दैन ।

सन्दर्भ : सनातन-प्रकाशित ग्रन्थ ‘अध्यात्मको प्रास्ताविक विवेचन’

२. निर्मल हृदयमा भक्तिको उदय हुन्छ, जसले जीव भक्त हुन्छ

भगवान अत्यधिक शुद्ध अनि पवित्र हुनुहुन्छ । निर्मल अनि प्रेमी भगवानसँग एकरूप हुनको लागि भक्त पनि उहाँको समान निर्मल अनि प्रेमी हुनुपर्छ । सत्यवचनले जीवको मन शीघ्र निर्मल हुन थाल्दछ । यस्तो निर्मल हृदयमा भक्तिको उदय भएर जीव भक्त हुन जान्छ र परम सत्यको अनुभूति लिनको लागि पात्र बन्दछ । सत्यकथनले मनको त्याग हुन्छ र उनको मनोदेह अल्प अवधिमा शुद्ध हुन्छ । – ईश्वर (कुमारी मधुरा भोसलेको माध्यमबाट, ५.७.२००६, साझ. ७)

३. ५० प्रतिशत भन्दा अधिक आध्यात्मिक स्तरको साधकको आन्तरिक चैतन्यले उनी कर्मकाण्ड, उपासनाकाण्ड र मानसपूजा अर्थात वास्तविक भक्तियोगको अधिकारी बन्दछ

यस्तो साधकमा पूजाकर्मबाट प्रक्षेपित हुने शक्तितरङ्गहरुलाई धारण गर्ने क्षमता आउँदछ । यसले उनको आन्तरिक चैतन्य बिस्तारै-बिस्तारै बढ्न थाल्दछ तथा उनलाई उपासनाको लागि बाह्य साधनाको आवश्यकता हुँदैन । यस पश्चात, उनी प्रत्यक्ष कर्मकाण्डबाट उपासनाकाण्ड अनि मानसपूजा तर्फ बढ्न थाल्दछ । अर्थात, उनी वास्तविक भक्तियोगी बन्दछ ।

 

४. भक्तिमार्ग, साधनाको अगला चरण – परात्पर गुरु डॉ. आठवले

प.पू. डा. आठवले

हिजोआज बहुसंख्य मानिसहरु साधना गर्दैन्न् । साधना गर्ने धेरै साधकलाई थाहा छैन कि साधना स्तर अनुसार परिवर्तन भइरहन्छ । त्यसैले, उ जन्मभरि एउटै मात्र साधना गरिरहन्छ । कुनै पनि योगमार्गबाट साधना गर्दा यहि नै हुन्छ । यहाँ भक्तियोगको उदाहरण दिएको छ ।

भक्तियोगमा प्रगति अनुसार साधकको आध्यात्मिक स्तर

साधनाको प्रकार साधकको अनुभव अनि अनुभूति साधकको आध्यात्मिक स्तर (प्रतिशत) (टिप्पणी १) साधनाम यो स्तरसम्म पुग्नको लागि तत्त्व
१. पूजापाठ
(सर्वसाधारण व्यक्ति)
 १५-२० मिनेटमा पूजा समाप्त गर्ने, पश्चात दिनभरि भगवानलाई बिर्सने । २० प्रतिशत परिवारको संस्कार
२. भाव पूर्ण पूजापाठ (साधक) बीच-बीच मा ईश्वरको स्मरण हुने ३० प्रतिशत भावको महत्त्व बुझ्ने
३. मानसपूजा ईश्वरलाई धेरै पटक स्मरण गर्ने ४० प्रतिशत  स्थूल भन्दा सूक्ष्म अधिक श्रेष्ठ सम्झने
४. नामस्मरण नामसँग अधिकाधिक एकरूप हुने ५० प्रतिशत  धेरैबाट एकमा जानु महत्त्वपूर्ण छ यो बुझेपछि, मानसपूजाको धेरै घटकहरु मध्ये (उदा. स्नान, गन्ध, अक्षत, फूल इत्यादि) एउटा नामजप छान्ने
५. भावपूर्ण नामस्मरण आनन्द ७० प्रतिशत शब्दभन्दा परे भगवानसँग एकरूप हुनको लागि आरम्भ हुने
६. नामसँग एकरूप हुने (मुक्ति / मोक्ष) शान्ति १०० प्रतिशत  भगवानसँग एकरूप हुनु (अद्वैत)

टिप्पणी १ : सर्वसाधारण व्यक्तिको आध्यात्मिक स्तर २० प्रतिशत हुन्छ र मोक्ष प्राप्त व्यक्तिको आध्यात्मिक स्तर १०० प्रतिशत हुन्छ । यसको आधारमा आध्यात्मिक स्तर बताएको छ ।

– परात्पर गुरु डॉ. आठवले

 

५. प्रधान गुण र भक्तियोग अनुसार सहायक साधना

पू. (डा.) वसंत बाळाजी आठवले

अ. तमोगुण प्रधान व्यक्ति

यस्तो व्यक्ति अल्क्षी हुन्छ अनि नामजप गर्दैन । यस्तो व्यक्तिलाई अवतारको कथाहरु, गुरुचरित्र, शिवलीलामृत आदि ऊच्च स्वरमा पढ्नको लागि भन्नुपर्छ । उसले बुझ्न सक्ने, यस्तो कथाहरु अथवा केहि भाग पढ्नको लागि भन्नुपर्छ । त्यस्तै, प्रतिदिन एक हजार पटक नामजप अथवा एक पटक विष्णुसहस्रनाम लेख्नको लागि भन्नुपर्छ ।

आ. रजोगुण प्रधान व्यक्ति

यस्तो व्यक्ति नाममा मन एकाग्र गर्न सक्दैन । उनले विष्णुसहस्रनाम, गणेशसहस्रनाम अथवा पुरुषसूक्त आदि ऊच्च स्वरमा पढ्नु पर्छ अथवा श्रीमद्भगवदगीताको कुनै अध्याय पढ्नु पर्छ ।

इ. सत्त्वगुण प्रधान व्यक्ति

यस्तो व्यक्तिमा एक स्थानमा मनलाई केन्द्रित गर्ने क्षमता हुन्छ । त्यसैले, उनले कुनै एक नाम अथवा गुरुमन्त्रको जप गर्नुपर्छ । सात्त्विक व्यक्तिमा पनि कहिलेकाहि रज-तम गुण बढेर जान्छ, त्यो समय नामस्मरण गर्न कठिन हुन्छ । त्यो समय नाम अथवा गुरुमन्त्र ऊच्च स्वरमा गर्नुपर्छ । विष्णुसहस्रनाम पढ्न पनि उचित हुन्छ । सत्त्वगुण बढेपछि फेरि पहिलाको जस्तै नाम अथवा गुरुमन्त्रको जप गर्नुपर्छ ।

– (पू.) डा. वसंत बाळाजी आठवले (ई.स. १९८१)

 

६. भक्त व्यवहार गर्ने समय मनमा निम्नांकित भाव राख्नुपर्छ

अ. समभाव

१. समान उमेरको व्यक्तिहरुसँग भाई वा बहिनी सम्मान कुरा गर्नुपर्छ ।

२. ठूलो व्यक्तिहरुसँग उनीहरुको बच्चाहरु जस्तै व्यवहार गर्नुपर्छ ।

३. साना बच्चहरुसँग उन्हीहरु जस्तै व्यवहार गर्नुपर्छ ।

आ. आत्मीयता

सबैको साथ आत्मीयता राख्नुपर्छ, अर्थात सबलाई आफ्नो समान नै प्रेम गर्नुपर्छ ।

इ. देवताभाव

आफ्नो प्रिय देवतालाई सबैमा देख्नुपर्छ र सबैसँग आदरपूर्वक व्यवहार गर्नुपर्छ ।

ई. ईश्वरीय भाव

भक्तलाई सबै प्राणिहरु र वस्तुहरुमा ईश्वरको अनुभूति हुन्छ । तसर्थ, ऊ त्यस्तो व्यवहार गर्दछ ।

– (पू.य) डा. वसंत बाळाजी आठवले (ई.स. १९९०)

स्रोत : दैनिक सनातन प्रभात

Leave a Comment