१. सर्वसामान्यत: श्राद्धप्रयोग कस्तो हुन्छ ?
१. अपसव्य गर्ने : देशकालको उच्चारण गरि अपसव्य गर्नुहोस्, अर्थात् जनेऊ बायाँ कन्धामा होइन, दायाँ कन्धामा गर्नुहोस् ।
२. श्राद्धसंकल्प गर्नुहोस् : श्राद्धको लागि उचित पितरको षष्ठी विभक्तिको विचार गरि (त्यसको उल्लेख गर्ने समय, षष्ठी-विभक्तिको प्रयोग गर्नुहोस्, प्रत्यय लगाउने, उदा. रमेशस्य), श्राद्धकर्ता आगाडि दिए अनुसार संकल्प गर्नुहोस् – ‘अमुकश्राद्धं सदैवं सपिण्डं पार्वणविधीना एकोद्दिष्टेन वा अन्नेन वा आमेन वा हिरण्येन सद्यः करिष्ये’ ।
३. यवोदक (जौ) एवं तिलोदक बनाउनुहोस् ।
४. प्रायश्चितको लागि पुरुषसूक्त, वैश्वदेवसूक्त इत्यादि सूक्त भन्नुहोस् ।
५. ब्राह्मणहरुको परिक्रमा गर्नुहोस् एवं उहाँलाई नमस्कार गर्नुहोस् । तदुपरांत श्राद्धकर्ता ब्राह्मणलाई प्रार्थना गर्नुहोस् – ‘हामी सबै यो कर्म सावधानीसँग, शान्तचित्त, दक्ष एवं ब्रह्मचारी रहेर गर्नेछौं ।’
६. २१ क्षण दिने (आमन्त्रण दिने) : श्राद्धकर्मको समय देवता एवं पितरको लागि एउटा-एउटा कुश अर्पित गरि आमन्त्रित गर्नुहोस् ।
७. देवस्थानमा पूर्वतर्फ एवं पितृस्थानमा उत्तरतर्फ मुख गरि ब्राह्मणलाई बसाउनुहोस् । ब्राह्मणलाई आसनको लागि कुश दिनुहोस्, देवतालाई सीधा कुश अर्पित गर्नुहोस् एवं पितरलाई अग्रबाट मोडेर दिनुहोस् ।
८. आवाहन, अर्घ्य, संकल्प, पिण्डदान, पिण्डाभ्यंजन (पिण्डलाई दर्भले घ्यू लगाउने), अन्नदान, अक्षयोदक, आसन तथा पाद्यको उपचारमा पितरको नाम-गोत्रको उच्चारण गर्नुहोस् । गोत्र ज्ञात छैन भने तो कश्यप गोत्रको उच्चारण गर्नुहोस्; किन कि श्रुति बताउछ, ‘समस्त प्रजा कश्यपबाट नै उत्पन्न भएको हो’ । पितरको नामको अन्तमा ‘शर्मन्’ उच्चारण गर्नुहोस् । स्त्रिहरुको नामको अन्तमा ‘दां’ उपपद लगाउनुहोस् ।
९. ‘उदीरतामवर’ मन्त्रले सर्वत्र तिल छर्किदिनुहोस् तथा गायत्री मन्त्रले अन्नप्रोक्षण गर्नुहोस् (अन्नमा पानी छर्किनुहोस्) ।
१०. देवतापूजनमा भूमिमा नित्य दाहिने घुँडा टेकाउनुहोस् । पितरको पूजामा भूमिमा बायाँ घुडा टेकाउनुहोस् ।
११. देवकर्म प्रदक्षिण एवं पितृकर्म अप्रदक्षिण गर्नुहोस् । देवताहरुलाई उपचार समर्पित गर्ने समय ‘स्वाहा नमः’ एवं पितरहरुलाई उपचार समर्पित गर्ने समय ‘स्वधा नमः’ भन्नुहोस् ।
१२. देव-ब्राह्मणको सामुन्य यवोदकबाट दक्षिणावर्त अर्थात् घडीको दिशामा चौकोर मण्डल एवं पितर-ब्राह्मणको सामुन्य तिलोदकबाट घडीको विपरीत दिशामा गोलाकार मण्डल बनाएर, त्यसमा भोजनपात्र राख्नुहोस् । त्यस प्रकार कुलदेवता एवं गाईको लागि नैवेद्यको लागि पूजाघर सामुन्य पानीको घडीको दिशामा मण्डल बनाएर त्यसमा भोजनपात्र राख्नुहोस् । पितृस्थानमा बसेको ब्राह्मणको भोजनपात्रको चारैतर्फ भस्मको उल्टो (घडीको विपरीत दिशामा) गोल बनाउनुहोस् । देवस्थानमा बसेको ब्राह्मणको भोजनपात्रको चारैतर्फ नित्य पद्धतिले (घडीको दिशामा) भस्मको रंगोली बनाउनुहोस् ।
१३. पितर एवं देवताहरुलाई विधिवत् सम्बोधित गरि अन्न-निवेदन गर्नुहोस् ।
१४. पितरलाई सम्बोधित गर्दै भूमिमा अग्रयुक्त एक बित्ता लामो १०० दर्भ फैलाएर त्यसमा पिण्डदान, त्यसपछि पिण्डको पूजा गर्नुहोस् । तत्पश्चात् देवब्राह्मणको लागि पस्किएको थालको सामुन्यने दर्भमा थोरै भात, पितरब्राह्मणको लागि पस्किएको थालको सामुन्य दर्भमा थोरै भात राखि त्यसमा क्रमानुसार यवोदक, तिलोदक दिनुहोस् । यसको नजिक छुटै दर्भमा एक पिण्ड राखेर त्यसमा तिलोदक दिनुहोस् । यसलाई ‘उच्छिष्ट पिण्ड’ भनिन्छ । यी सर्व पिण्डहरुलाई जलाशयमा विसर्जित गर्नुहोस् अथवा गायलाई दिनुहोस् ।
१५. महालय श्राद्धको समय सबैलाई सम्बोधित गरि पिण्डदान गरेपछि चार दिशाहरुमा धर्मपिण्ड दिनुहोस् । अगाडि दिए अनुसार सबैलाई सम्बोधित गरि यो धर्मपिण्ड दिनुहोस् – सृष्टिको निर्मिति गर्ने ब्रह्मदेवदेखि लएर जसले हाम्रो आमा-बाबाको कुलम जन्म लिएको छ; साथै गुरु, आप्त, हाम्रो यस जन्ममा सेवक, दास, दासी, मित्र, घरेलु जनावर, रोपिएको वृक्ष, हामीमा उपकृत (हामी प्रति कृतज्ञ) व्यक्ति, जसको पिण्डदान गर्नको लागि कोहि छैन तथा अन्य ज्ञात एवं अज्ञात व्यक्ति ।
(हिन्दु धर्मको कुनै अभ्यास न गर्ने हिन्दु-द्वेषिहरुलाई लाग्दछ, ‘वसुधैव कुटुम्बकम्’ को ज्ञान दिने, मनुष्यको साथ-साथ सर्व प्राणीमात्रको उद्धारको यति गहन विचार गर्ने हिन्दु धर्म अन्तर्गत धार्मिक विधिहरुमा ‘सामाजिक उत्तरदायित्व छैन ।’ – संकलनकर्ता)
१६. पिण्डदानपछि ब्राह्मणहरुलाई दक्षिणा दिएर उनीहरुबाट आशीर्वादको अक्षत लिनुहोस् । स्वधावाचन गरि सर्व कर्म ईश्वरार्पण गर्नुहोस् ।
टिप्पणी – घरमा शुभकार्य भएको छ भने एक वर्षसम्म श्राद्धमा पिण्डदान निषेधित छ । कर्ता (पुत्रका विवाह, यज्ञोपवीत, चौलसंस्कार गर्ने) विवाहपछि एक वर्ष, व्रतबन्ध पछि छः महिना, चौलसंस्कारपछि तीन महिनासम्म पिण्डदान, मृत्तिकास्नान एवं तिलतर्पण नगर्नुहोस् । यसको लागि अगाडि दएको अपवाद हो – विवाहपछि, तीर्थस्थलमा, आमाको पितरहरुको सांवत्सरिक श्राद्धमा, प्रेतश्राद्धमा, बुबाको और्ध्वदेहिक कर्महरुमा एवं महालय श्राद्धमा सर्वदा पिण्डदान गर्न सकिन्छ ।
२. श्राद्धको समय एवं उपरांत गरिने प्रार्थनाहरु
उदीरतामवर उत् परास उन्मध्यमाः पितर सोम्यासः ।।
असुं य ईयुरवृका ऋतज्ञाः ते नोऽवन्तु पितरो हवेषु ।।
– ऋग्वेद मण्डल १०, सूक्त १५, ऋचा १
अर्थ : हाम्रो इच्छा छ कि, पृथ्वीमा स्थित पितर उन्नत स्थानमा जाओस् । जो स्वर्गमा, अर्थात् उच्च स्थानमा छ, उनको कहिले पनि अवनति नहोस् । जो मध्यम स्थानमा आश्रित छ, उनी उन्नत पदमा जाओेस् । जो सोम पीउने एवं केवल प्राणरूप, शत्रुरहित तथा सत्यस्वरूप छ, यस्तो पितर हाम्रो संरक्षण गर्नुहोस् ।
आ. ‘पितृदेवता, अश्विनीकुमार समान कमलमाला परिधान गरिएको, सुन्दर एवं आरोग्यसम्पन्न पुत्रको जन्म दिनुहोस्, जुन देव, पितर र हामी मानवको आकांक्षाहरु पूर्ण गरिदिनुहोस् ।’
इ. श्राद्धविधिको अन्तमा गरिने प्रार्थना – गोत्रं नो वर्धताम् , अर्थात् ‘हाम्रो गोत्र बढोस्’ ।
यसमा ब्राह्मण आशीर्वाद दिनुहुन्छ, `वर्धतां वो गोत्रम् ।, अर्थात् ‘तपाईको गोत्र वृद्धिगत होस् ।’ (२१)
३. वर्षश्राद्ध गरेर पनि पितृपक्षमा पनि श्राद्ध किन गर्ने ?
`वर्ष श्राद्ध गर्नाले त्यस विशिष्ट लिंगदेहलाई गति प्राप्त हुनमा सहायता मिल्नाले उनको प्रत्यक्ष व्यष्टिस्तरको ऋण तिर्न सहायता हुन्छ । यो हिन्दू धर्मद्वारा व्यक्तिगतस्तरमा प्रदत्त, ऋणमोचनको एक उपासना नै हो, त्यसैले पितृपक्षको निमित्तद्वारा पितरहरुको ऋण समष्टिस्तरमा तिर्ने, श्राद्ध यो एक समष्टि उपासना नै हो । व्यष्टि ऋणमोचन त्यस लिंगदेहप्रति प्रत्यक्ष कर्तव्यपालनको सिक दिन्छ, त्यसैले समष्टि ऋण एक साथ व्यापक स्तरमा लेन-देनेको हिसाब पूरा गर्दछ ।
एक दुई पुस्ता पूर्वजहरुको हामी श्राद्ध गर्दछौं; कारण उनीहरुको साथ हाम्रो प्रत्यक्ष लेन-देनका हिसाब रहन्छ । अन्य पीढीहरुको अपेक्षा यी पूर्वजहरुमा पारिवरिक आसक्तिविषयक विचारहरुको मात्रा अधिक हुनाले उनीहरुको यो प्रत्यक्ष बन्धन अधिक तीव्र हुने कारण त्यसबाट मुक्त हुनको लागि उनकोलागि पितृपक्ष विधि सामयिक स्वरूपमा गर्न इष्ट हुन्छ; त्यसैले वर्षश्राद्ध तथा पितृपक्ष यी दुबै विधि गर्न आवशयक हुन्छ ।
४. श्राद्ध गर्ने विषयमा महत्त्वपूर्ण सूचनाहरु ।
श्राद्धमा शुभ्र अक्षताको प्रयोग गरिन्छ । श्राद्धकर्ममा रातो रंगको फूल, फलाम एवं स्टील धातुहरुको बर्तन वर्जित छन् । श्राद्धमा रंगोलीको चूर्णबाट रंगोली निकालदैन । श्राद्धमा `ॐ’ को उच्चारण गर्नु हुँदैन । श्राद्धमा जनेऊ दायाँ काँध (अपसव्य) राख्नुपर्छ | श्राद्धमा अर्घ्य दिने समय जनेऊ बायाँ काँधमा (सव्य), अनि तिलोदक अर्पण गर्ने समय दायाँ काँध (अपसव्य) गर्नुपर्छ । श्राद्धमा तर्पण गर्ने समय अनामिका अनि औठा बीचबाट पानी छोड्नु पर्छ । श्राद्धको समय ब्राह्मणको लागि पस्किएको भोजनपात्रको चारैतर्फ भस्मले गोल बनाउनुहोस् । मंगलकार्य पछि पिण्डदान वर्जित मानिन्छ । श्राद्धमा भातको पिण्ड दान गर्नुपर्छ ।
५. ब्राह्मणले प्राप्त गरेको भोजन अन्न पितरहरुलाई कसरी पुग्दछ ?
अ. `श्राद्धादि कर्ममा मन्त्रच्चारको नादको परिणामस्वरूप ब्राह्मणको देहको ब्राह्मतेज जागृत हुन्छ । त्यसै गरी पूर्वजहरुलाई आवाहन गरेर विश्वेदेवको अधिष्ठानले उक्त विशेष अन्नोदकापार मन्त्रले भारिएको पानीलाई सिंचन गर्नाले हविर्भागको रूपमा अर्पण गरिएको अन्नद्वारा प्रक्षेपित हुने सूक्ष्म-वायु पितरतरंगलाई प्राप्त हुनुमा सहायक हु्न्छ ।
आ. पूर्वजको नाममा ब्राह्मतेज जागृत भएको ब्राह्मणलाई भोजन अर्पण गर्नुको पुण्य पनि श्राद्धकर्तालाई तथा पूर्वजलाई मिल्दछ । यसले ब्राह्मणको आशीर्वादले पूर्खाहरुलाई गतिको वेग प्राप्त गर्नमा कारणभूत हुन्छ ।
इ. बाह्यत: रुपमा पूर्खाको नाममा ब्राह्मणले खाना खायो, यो `कर्तव्यपूर्तिको लागि कृति’ यस्तो दृष्टिकोणको अपेक्षा `ब्राह्मणको माध्यमबाट प्रत्यक्ष पूर्खाहरुले भोजन प्राप्त गरिरहेका छन्’, यस्तो भाव राख्नु अधिक महत्त्वपूर्ण हुने कारण सन्तुष्टियुक्त ब्राह्मणको देहेबाट प्रक्षेपित हुने आशीर्वादात्मक सात्त्विक तरंगहरुको बल पूर्खालाई प्राप्त हुन्छ । यो अर्थमा `ब्राह्मणले प्राप्त गरेको भोजन अन्न पूर्खालाई मिल्छ’, यस्तो भनिएको छ ।
ई. कहिलेकाँही यस प्रक्रियामा अन्नको तीव्र वासना भएका पूर्खाको लिंगदेह ब्राह्मणको देहमा आएर पनि प्रत्यक्ष अन्न ग्रहण गर्दछ ।
६. श्राद्धविधि आफ्नौ निवासमा गर्न लाभदायक हुनुको कारण
लगभग ५० प्रतिशत पूर्खा अधिक वासनाको कारण आगाडिको गति प्राप्त गर्न सक्दैन्न् । यस कारण उनको वास उनीको पारम्परिक वास्तुहरुमा नै अधिक हुन्छ । त्यसकारण श्राद्ध आदि विधि यस क्षेत्रमा गर्नाले पूर्खा आफ्नो हविर्भाग अर्थात श्राद्धमा पूर्खाहरुलाई अर्पित अन्नको सूक्ष्म अंश सहज प्राप्त गर्न सक्दछ । यस कारण उनी तुलनात्मकरूपमा अधिक सन्तुष्ट हुन सक्छ । फलस्वरूप वंशलाई पूर्खाहरुको आशीर्वाद पनि अधिक प्राप्त हुन्छ । त्यसकारण यस्तो भनिएको छ कि आफ्नो घरमा श्राद्ध गर्नाले तीर्थक्षेत्रमा श्राद्ध गर्ने तुलनामा आठ गुणा पुण्य प्राप्त हुन्छ । यस बाहेक, यो विधिले पूर्खाहरुको वास्तुको साथ घनिष्ठ सम्बन्ध घटाउनमा सहायता हुन्छ । यसको बाबजुद पनि विशिष्ट क्षेत्रहरु जस्तै, गंगा, यमुना इत्यादि नदिहरुको स्थानमा; समुद्र किनार; प्रयाग, काशी, गयानगरी इत्यादि तीर्थ स्थानहरुमा श्राद्ध गर्नुको विशेष महत्त्व हुन्छ । यी क्षेत्रहरुमा श्राद्ध गर्नाले अक्षय पद प्राप्त हुन्छ ।
संदर्भ – सनातनके ग्रंथ – ‘श्राद्ध (महत्त्व एवं शास्त्रीय विवेचन)’ एवं ‘श्राद्ध (श्राद्धविधिका शास्त्रीय आधार)’