१. महत्त्व
यस संस्कारमा विशेष मन्त्र र ‘होमहवन’ ले देहको शुद्ध गर्नुपर्छ र आध्यात्मिक दृष्टिकोण र आरोग्यको दृष्टिकोणबाट समागम गर्नुपर्छ, यस मन्त्रद्वारा सिकाइन्छ। यसका लागि सुप्रजा-जनन, कामशक्तिको उचित प्रयोग, कामवासनामा नियन्त्रण, महिनावारीको समयमा यौनसम्पर्क नगर्ने, यौनसम्पर्कका क्रममा विभिन्न आसन र उच्च आनन्द प्राप्त गर्ने सम्बन्धमा मार्गदर्शन गरिन्छ ।
सुप्रजा सिद्धान्त अनुसार गर्भाधानका लागि गर्भाधान हुनुअघि पिण्डशुद्धि गर्नुपर्छ। कारण यो हो कि असल बीज शक्तिले मात्र राम्रो सन्तान उत्पादन हुन्छ। सन्त तुकाराम महाराज भन्नुहुन्छ, शुद्ध बीज भित्र रसदार फल हुन्छ।
स्त्री नै राष्ट्रको जननी हो। यस विषयमा अधिक जागृत रहुनुहोस्, यसको लागि गर्भाधान संस्कार हो ।
– परात्पर गुरु पांडे महाराज, सनातन आश्रम, देवद, पनवेल.
प्रश्न : गर्भाधानसंस्कार नगर्दा के यौन सुख प्राप्त हुँदैन अथवा सन्तान हुँदैन?
उत्तर : सन्तान हुन्छ; तर सन्तान अत्यन्त हीन, रोगी एवं दु:खी हुनेछ।
– गुरुदेव डॉ. काटेस्वामीजी
२. मुहूर्त
यो संस्कार विवाहपछि पहिलो महिनावारी (महिनावारीको पहिलो दिनदेखि) पहिलो सोह्र रातहरूमा (ऋतुकालमा) गरिन्छ। यसमा पहिलो चार, एघारौं र तेह्रौं रातहरू बाहेक बाँकी दश रातहरू यस संस्कारको लागि उपयुक्त मानिन्छन्। कयौं पटक चौथो दिन पनि समावेश गर्नको लागि भनिन्छ। छोरा जन्माउन चाहनेले जोडी दिनमा (४-६-८-१०-१२-१४-१६) र छोरी जन्माउन चाहनेले बेजोड दिनमा (५-७-९-१५) संभोग गर्नुपर्छ भनिन्छ। गर्भाधान संस्कारको लागि चतुर्थी, षष्ठी, अष्टमी, चतुर्दशी, अमावस्या र पूर्णिमा तिथिहरू त्याग्नु पर्छ।
प्रकृतिका हरेक पक्षमा समय अनुसार परिवर्तन भइरहन्छ। ब्रह्मा मात्र स्थिर रहन्छ। यस नियमका अनुसार स्त्रीबीज फलित हुने, छोरा वा छोरीको जन्म आदि कुराहरू पनि समयसँगै परिवर्तन भइरहन्छन्। यो नियम अनुसार छोरा वा छोरी जन्माउनको लागि कुन तिथि, दिन र नक्षत्र अनुकूल हुन्छ भन्ने तय गरिएको छ।
३. विधि
१. अश्वगंधा अथवा दूर्वा रससेवन
२. प्रजापतिपूजन
३. गोदभराई
४. संभोग विधि
प्रत्येक गर्भावस्थामा फेरि गर्भाधारण संस्कार दोहोर्याउन आवश्यक छैन।
अशुभ अवधिमा रजस्वला भएमा गर्भधारण गर्नुअघि शान्ती गर्नुपर्छः अशुभ समयमा महिनावारी भएमा ठूलो दोष हुन्छ। यो दोषनिवारणको लागि ऋतुशान्ति नामक विधि अपनाउनुपर्छ। (यस विधिलाई भुवनेश्वरी शान्ति भनिन्छ।)
‘यस संस्कारको उद्देश्य दम्पतीको घरमा तेजस्वी सन्तान जन्माउनु हो। यस दृष्टिकोणबाट संयमित जीवन, सात्विक आहार र भोगमुक्त विचार आदि सूत्रको जानकारी दिइएको छ। यस संस्कारमा विशेष मन्त्र र होम-हवनको माध्यमबाट शरीर शुद्ध गरि आध्यात्मिक दृष्टिकोण र आरोग्यको दृष्टिकोणले गर्भधारण कस्तो हुनुपर्छ भनेर मन्त्रबाट सिकाइन्छ।
यो संस्कारको उद्देश्य महत्त्वपूर्ण छ। उत्तम प्रजाको जन्म होस्। सुप्रजा सिद्धान्त अनुसार उचित गर्भाधानका लागि गर्भाधान अघि पिण्डशुद्धि गर्नुपर्छ। उदा. सन्त तुकाराम महाराज भन्नुहुन्छ, ‘शुद्ध बीउभित्र रसदार फल हुन्छ। किन यस्तो? किनकी नारी राष्ट्रको जननी हुन्। यस विषयमा अधिक सचेत रहन गर्भाधान संस्कार हो। शारीरिक र मानसिक कष्टमा कुल मिलाएर २ प्रतिशत बीज गर्भादोषको कारण हुन्छ। ती समस्याहरूमध्ये आधा शारीरिक र आधा मानसिक हुन्छन्। बीज र पाठेघरसँग सम्बन्धित दोषहरू हटाएर पाठेघर शुद्ध गरिन्छ।
*गुरुदेव डा. कटेस्वामीजीलाई कसैले गर्भधारणको बारेमा प्रश्न सोधेको थियो। उनको जवाफ एकदम सहि थियो। उनले गर्भाधानसंस्कार नगरे सन्तान हुन्छ; तर उनीहरु अत्यन्त हीन, रोगी र दु:खी हुनेछिन्। यसले हामीलाई गर्भाधान अनुष्ठानको महत्त्व ध्यानमा आउँदछ।