नेपाली संस्कृति अनुसार आचरण गरेर आफ्नो जीवन आदर्श बनाउनुहोस् !
शरीर, मन तथा वाणीबाट आफ्नो उपास्यदेवताको शरण गएर गरिने नमस्कारलाई साष्टांग नमस्कार भनिन्छ !
- प्रथम दुवै हात छातीमा जोडेर कमरबाट झुक्नुहोस् र त्यसपछि पेटको बलमा सुतेर दुवै हातलाई भुइँमा राक्नुहोस्। प्रथम दायाँ त्यसपछि बायाँ खुट्टा पछाडि तन्काउनुहोस् र सीधा रेखामा सुत्नुहोस्।
- दुबै कुहिनालाई मोडेर टाउको, छाती, हत्केला, घुँडा र खुट्टाको औंलाहरु भूमिमा छुनुहोस् यस प्रकारले सुत्नुहोस् र आँखा बन्द गर्नुहोस्। मनबाट नमस्कार गर्नुहोस्। मुखबाट नमस्कार उच्चार गर्नुहास।
- उभिएरर दुवै हात अनाहतचक्रमा (छातीमा) जोडेर शरणागत भावसँग नमस्कार गर्नुहोस्।
जीवनको समस्याहरु धैर्यपूर्वक निबटनको लागि नामजपको महत्त्व बुझ्नुहोस् र आनन्दमय जीवन बिताउनुहोस् !
विद्यार्थि, जीवनको समस्याहरुमा या दुःखको प्रसंगहरुमा डगमगाउँदछ। धैर्यपूर्वक सामना गर्नुको लागि बल कहाँबाट प्राप्त हुन्छ? जीवनमा उत्पन्न परिस्थिति स्वीकारगरि नित्य आनंदमय जीवन कसरी पाउने? उत्तर हो नामजपबाट !
हाम्रो जन्म जुन कुलमा भएको हो त्यस कुलको देवताको (कुलदेवताको) नामजप (उदाः श्री अंबादेव्यै नमः ।) प्रतिदिन न्यूनतम १ घण्टा निरन्तर गर्नुहोस्। १५ मिनेटको नामजप बाट प्रारम्भभ गरि, बिस्तारै-बिस्तारै समय बढाउनुहोस्। लत लागने, उच्च शिक्षा प्राप्त गरे पनि नोकरी नपाउने, विवाह नहुने, दरिद्रता जस्ता कष्ट अतृप्त पूर्वजको लिंगदेह (पितृदोष) को कारण हुन सक्छ। यस्तो कष्टबाट आफ्नो रक्षाको लागि श्री गुरुदेव दत्तको नामजप कष्टको तीव्रता अनुसार प्रतिदिन २ देखि ६ घण्टा गर्नुहोस्।
धर्मपालनको साना-ठूला कृत्य नि:संकोच गर्नुहोस् !
अन्य सम्प्रदायहरुमा धर्माभिमानले धेरै भरेको हुन्छ । त्यसैले तिनीहरू आ-आफ्नो सम्प्रदाय अनुसार धर्म पालन गर्न हिचकिचाउँदैनन्, उदाहरणका लागि ईसाईहरू गर्वका साथ आफ्नो घाँटीमा क्रस लगाउँछन् र मुस्लिमहरूले यात्रा गर्दा पनि नमाज पढ्छन्। विद्यार्थी हो, तपाई पनि आफ्नो धर्मपाल गर्दा लाज नमान्नुहोस् !
- गर्वका साथ घाँटीमा देवताको चित्र भएको लकेट लगाउनुहोस् !
- विद्यालय / महाविद्यालय जाँदा निधारमा स्त्रिहरुले कुमकुम / पुरुषहरुले तिलक लगाउँनुहोस् !
- हरेक दिन भगवानको पूजा गर्नुहोस् र बेलुका स्तोत्र पाठ गर्नुहोस् !
- जहाँ भएपनि खाना खानुअघि हात जोडेर भगवानलाई प्रार्थना गर्नुहोस् !
मानसिक रोग कम गर्ने प्राथनामा शक्ति !
मानसिक रोग अथवा तनाव आदिको उपचार गराइरहेका बिरामीले भगवानमा आस्था राखेर प्रार्थना गरेमा छिट्टै निको हुन्छ। प्रार्थनामा अद्भुत शक्ति हुन्छ, यो मत अमेरिकाको म्याक्लिन अस्पतालका मनोचिकित्सक विभागका प्रमुख डा डेभिडले व्यक्त गरेका छन्। डा. डेभिडले गरेको अनुसन्धानका अनुसार प्रार्थनाले मनोबल बढाउने मात्र होइन मानसिक रोग निको पार्न पनि मद्दत गर्न सक्छ। डा. डेभिड १५९ मनोरोगी र उनीहरुमा गरिएको उपचारको अध्ययन गरेर यस्तो निष्कर्षमा पुगेका हुन्।
सन्दर्भ : दैनिक सनातन प्रभात, ७.५.२०१३
समयमै सुत्ने र उठ्ने मानिसले स्वास्थ्य र दीर्घायु प्राप्त गर्दछ !
दिनभरको मेहनतपछि आराम गर्दा शरीर र दिमागलाई उर्जा मिल्छ। आरामको यो प्राकृतिक अवस्थालाई निद्रा भनिन्छ। शारीरिक र मानसिक स्वास्थ्य उत्तम राख्नको लागि, राती चाँडै (समयमा) सुत्न आवश्यक छ। मध्यरातमा सुत्नु भन्दा मध्यरात अघि सुत्नु फाइदाजनक हुन्छ। आयुर्वेद अनुसार धेरै बेरसम्म जागा रहदा शरीरमा वात र पित्तदोष बढ्छ। आँखाको स्वास्थ्य पनि बिग्रन सक्छ।
थप जानकारीको लागि पढ्नुहोस्: सनातनको ग्रन्थ शान्त निद्राकरा लागि के गर्ने?
देवता र राष्ट्रपुरुषहरुको तस्बिर भएको उत्पादन बहिष्कार गर्नुहोस् !
कतिपय उत्पादनको कभरमा देवी–देवताका चित्र छापिएका हुन्छन्। यी उत्पादनहरू प्रयोग गरेपछि, प्रायः फोहर फाल्ने भाडामा फालिने वा खुट्टाले कुल्चिन्छन्। त्यसैगरी कतिपय नाटक र टेलिभिजन कार्यक्रममा हिन्दू धर्मावलम्बीका आराध्य देवी–देवताको उपहास गरिन्छ। धर्म शिक्षाको अभावमा हिन्दुहरुको अवस्था आज दयनीय छ।
आफ्नो आस्थाका केन्द्रहरूको अनादर रोक्नु भनेको धर्मपालन नै हो। नेपाली संस्कृति सात्विक छ; त्यसैले, हाम्रो यो महान संस्कृतिको गौरवको कदर गर्नुहोस् !
विद्यार्थिहरु, तपाईका आदर्शहरु को हुन् ?
जुन २००७ मा हिन्दुस्तानको क्रिकेट संघले २०-२० विश्वकप जीत्दा मुम्बईमा भव्य गाडीमा संघको शोभायात्रा निकालेको थियो।
नोभेम्बर २००८ मा मुम्बईमा भएको आतंकवादी आक्रमणलाई पराजित गरेपछि राष्ट्रीय सुरक्षा दलका कमाण्डहरुलाई बेस्टको साधारण गाडीमा नियोजित स्थानमा ल्याइयो।
राष्ट्रको संकटकालमा क्रिकेट खेलाडीको होइन, देशको रक्षा गर्ने सैनिकको आदर्श राख्नुहोस् !
समय अगाडी नै फास्ट फूड संकट बुझ्नुहोस् !
फास्टफुडको अत्याधिक सेवनले कोलेस्ट्रोल बढेपछि युवामा ब्रेन स्ट्रोक (पक्षाघात) हुने जोखिम बढ्दै गएको राष्ट्रिय सर्वेक्षणले जनाएको छ।
फास्टफुडको सेवनले स्वास्थ्यमा प्रतिकूल असर पार्छ र फास्टफुडको बानीले पनि मानिसलाई भोगबादी बनाउँछ। यसको विपरित, नेपाली संस्कृति अनुसार खाना उपभोग गर्नाले स्वास्थ्यमा फाइदाजनक प्रभाव पार्छ र व्यक्तिलाई सन्तुष्ट जीवन बिताउन मद्दत गर्दछ।
स्वस्थ पाचन प्रणालीका लागि यसो गर्नुहोस् ! यतिमात्र अन्न्को सेवन गर्नुहोस् जसले आधा पेट भर्छ; एक चौथाई जलको लागि र बाँकी वायुको लागि। खाना खाएपछि केही समय वज्रासनमा बस्नुहोस्।