प्रश्न : देवघरमा पञ्चायतन देवताहरुको विषयमा कसरी रचना गर्नुपर्छ ? कुलदेवताको मूर्तिको रचना गर्ने समय के श्री गणेणको मूर्ति मध्यमा रख्नु आवश्यक छ ?
उत्तर : यहाँ मानिसहरू के गर्छन्? कोही गाउँ वा तीर्थस्थलमा जाँदा त्यहाँबाट फर्कने क्रममा आफ्ना सबै आफन्त र छिमेकमा बस्ने मानिसहरूका लागि तस्बिर र मूर्तिहरू ल्याएर सबैमा बाँड्छन्। त्यो मूर्तिलाई मन्दिरमा राख्छौं। यो अनुचित हो।
एक जिल्लामा सत्संगमा आएकी एक महिलाले सात घण्टा पूजामा मात्रै बिताउथे। सबै काम गर्न राती २ बजे उठ्नुपर्थ्यो, त्यसपछि ९ बजेसम्म सबै काम सकिन्थ्यो । यसमा कुनै धार्मिकता, भक्ति वा भाव थिएन। हाम्रो दृष्टिकोणमा दुई-चार भगवान नै महत्त्वपूर्ण छन्। उनको प्रतिमा वा मूर्ति मन्दिरमा राख्नुपर्छ। कुलदेव अथवा कुलदेवी, विवाहको समयमा माइती घरबाट ल्याइएको अन्नपूर्ण माताको मूर्ति, कतिपय कुलमा हनुमानजीको विशेष महत्व छ, त्यसैले उहाँको मूर्ति। यस्तो दुई-चार देवता प्रर्याप्त हुन्छन्। पहिलेका पुस्ताले अन्नपूर्ण माताको मूर्ति देवघरमा राख्नु पर्दैनथ्यो। किनभने अन्नपूर्ण तत्व हो। ‘धेरैबाट एकमा जानु’, यो साधनाको पहिलो नियम हो।
‘मुम्बईका एक डाक्टर साथीले एकपटक मलाई (प.पू. डाक्टर जयंत अठावज्यूलाई) आफ्नो घरमा बोलाए। उसको घर पुगेपछि मैले भनेँ, ‘यो तिम्रो कोठा हो, यताबाट केही नराम्रो लागि रहेको छ। उनले भने, “हे डाक्टर, के भन्नुहुन्छ, यो हाम्रो देवघर हो।” भित्र गएर हेरें, त्यहाँ २५–३० वटा देवताका मुर्ति र प्रतिमा राखिएका थिए। जहाँ कुनै देवताको मुर्ति वा प्रतिमा हुन्छ, त्यही देवताको ‘शब्द, स्पर्श, रूप, रस, गन्ध र शक्ति’ एकत्र हुन्छ। हामी सबैलाई शब्द र रूप मात्र थाहा छ। भगवानको हामी उपासना गर्दै गयैं भने उहाँको दर्शन हुन्छ। भौतिक विज्ञानको अभ्यास गर्नेहरूलाई हरेक वस्तुमा रहेको शक्तिको ज्ञान हुन्छ। जब दुई शक्तिहरू एकसाथ आउँछन्, तिनीहरूको परिणाम हुन्छ, र नयाँ शक्ति सिर्जना हुन्छ। त्यस देवघरमा धेरै देवताहरूलाई कुनै पनि तरिकाले राख्दा यसले कष्टदायी शक्ति निर्माण भएको थियो।
माथि उल्लेखित गरे अनुसार देवघरमा आवश्यक देवताहरू मात्र राख्नुहोस् र बाँकीलाई नजिकैको मन्दिरमा दान गर्नुहोस् वा विसर्जन गर्नुहोस्। यसले केही बिगार्ने छैन। गुरुत्व प्राप्त गरेकाले आफ्नो देवघरमा गुरुको तस्बिर मात्र राख्नुहोस्। हामी ठूलो परिवारमा बस्छौं र एउटा मात्र पूजा गर्ने ठाउँ छ, भने परिवारका अन्य सदस्यहरूको पनि विचार गर्नुहोस्। यसका लागि पूजा कोठामा कुल चार-पाँच देवताहरू राख्नुहोस्। तर समय आयो भने तुरुन्तै सबैको पूजा गर्नुपर्छ। शंकराचार्यज्यूले पञ्चायतन ल्याएपछि गणेशजीलाई पनि त्यही कालमा ल्याउनुभयो। विगतमा शैव र वैष्णव सम्प्रदायका बीचमा धेरै द्वन्द्व हुन्थ्यो। त्यसपछि, तिनीहरूबीच समन्वय गर्न, शंकराचार्यज्यूले शंकर र विष्णुको होइनन्; तर सबैभन्दा पहिले श्री गणेशलाई मान दिने निर्णय निश्चित गर्नुभयो।
यो गणेशजीको विशेषता हो। हामी जे बोल्छौं त्यो नाद भाषा हो। देवताहरूको प्रकाशको भाषा हुन्छ र श्री गणेश दुवै भाषा जान्नुहुन्छ। त्यसैले श्री गणेश एक ‘दोभाषे’ को रूपमा काम गर्नुहुन्छ। व्यासजीलाई पुराण लेख्नु थियो। त्यतिबेला विचारको स्तरमा सोच्नुपर्ने हुनाले विचारको गति ग्रहण गरि, सोही गतिमा लेख्नुपर्ने आवश्यकता थियो। यसका लागि उहाँले श्री गणेशजीलाई रोज्नु भयो। मानसिक दृष्टिकोणबाट, सम्प्रदायहरूको एकीकरण र आध्यात्मिक दृष्टिकोणबाट, प्रकाश र ध्वनि भाषाको रूपान्तरण गर्न, यी दुई कारणहरुले श्री गणेशजीलाई पूजा कोठाको मध्य भागमा स्थान दिइएको थियो। श्री गणेशजीको एक छेउमा पुरुष देवताहरू छन्, जस्तै कुलदेव, हनुमान र देब्रेपट्टि स्त्रीवाचक देवता, उदा. कुलदेवी, अन्नपूर्ण।
पूजाको समयमा, पुजारीले पत्नीलाई पतिको देब्रेपट्टि, कहिले दाहिनेपट्टि बस्न आग्रह गर्छन्। पूजाका लागि शक्ति चाहिन्छ भने पत्नीलाई दाहिनेपट्टि र शक्तिविना पूजा गर्नुपर्यो भने पत्नीलाई देब्रेपट्टि बसाइन्छ। शक्ति सम्प्रदायमा देवताहरू यसको विपरीत रचना गरिन्छ। हामी सबैले भक्तिमार्ग अनुसार साधना गर्दछौं। यसमा हामीमा शक्ति होइन, तर हामीले शक्तिलाई नष्ट गरेर शिवलाई अनुभव गर्नुपर्छ। त्यसैले हामी पुरुष देवताहरूलाई आफ्नो दाहिनेतिर राख्छौं।
प्रश्न : घरमा भगवानको धेरै तस्बिर र मूर्तिहरु छन्। यस बारे धर्मशास्त्रले के भन्छ?
उत्तर : धेरैजसो मानिसहरुको पूजाघरमा आठ–दश वा त्यो भन्दा बढी देवी–देवता हुन्छन्। मूलत:, यति धेरै देवी-देवताहरूको आवश्यकता हुँदैन। त्यसैले देवी-देवताहरूको संख्या घटाउनुहोस्। पूजाघरमा कुलदेवता, श्री गणपति, कुलाचार अनुसार बालगोपाल, हनुमान एवं श्री अन्नपूर्णालाई राख्नुहोस्। यिनीहरू बाहेक शिव वा दुर्गा जस्ता उच्च देवताको उपासना गर्नुहुन्छ भने राख्नुहोस्। यति नै देवता पर्याप्त हुन्छन्। अतिरिक्त देवताहरूको चित्र वा मूर्तिहरू विसर्जन गर्नुहोस्। मानिसले जे बोल्छ त्यो शब्दमा हुन्छ अर्थात् नादको भाषा हो भने देवी-देवताको भाषा प्रकाशको भाषा हो। गणपतिले हाम्रो नाद भाषालाई देवताहरूको प्रकाश भाषामा रूपान्तरण गर्ने र देवताहरूको प्रकाश भाषालाई हाम्रो नाद भाषामा रूपान्तरण गर्ने काम गर्नुहुन्छ। त्यसैले पूजाघरमा गणपति हुन आवश्यक छ।