१. गाईको महत्त्व
वसुबारस अर्थात् गोवत्स द्वादशी दीपावलीको प्रारम्भमा पर्छ। यो दिन गाईसँगै बाछाको पूजा गर्ने दिन हो।
२. व्यक्ति, समाज र राष्ट्रको उत्कर्ष गर्ने गाई सर्वत्र पूजनीय छ!
जो सत्त्वगुणी, जसले आफ्नो सानिन्ध्यले अरूलाई शुद्ध पार्छ, जसले आफ्नो दूधले समाजलाई पुष्ट गर्छ, जसले आफ्नो शरीरको प्रत्येक अंग-प्रत्यंग समाजको लागि अर्पण गर्छ, जसले आफ्नो गोबरको मलले खेतको उर्वरता बढाउँछ, यस्तो गाई सर्वत्र पूजनीय छ। हिन्दूहरूले कृतज्ञतापूर्वक गाईलाई माता भनेर पुकार्छन्। जहाँ गोमाताको संरक्षण र संवर्द्धन गरिन्छ, भक्तिपूर्वक पूजा गरिन्छ, त्यहाँ व्यक्ति, समाज र राष्ट्रको उन्नति भएको हुन्छ। नेपाली संस्कृतिमा गाईलाई धेरै महत्व दिइएको छ।
३. गाईमा सबै देवताहरुको तत्त्व आकर्षित हुन्छ
भगवान श्रीकृष्णलाई गाई प्रिय छ। भगवान दत्तात्रेयको साथमा पनि गाई छ। उहाँसँग रहेको गाई पृथ्वीको प्रतीक हो। हरेक सात्विक वस्तुले भगवानको कुनै न कुनै तत्वलाई आकर्षित गर्छ। तर गाईको विशेषता भनेको यसमा सबै देवताका तत्व आकर्षित हुन्छन्। त्यसैले त गाईमा सबै देवी-देवताको वास हुन्छ भनिन्छ। सबै देवताका तत्वहरू गाईबाट प्राप्त भएका सबै अवयवहरू जस्तै दूध, घिउ, गाईको गोबर वा गाईको मूत्रमा संग्रहित हुन्छन्।
४. गोवत्स द्वादशीको अध्यात्मशास्त्रीय महत्त्व
शक संवत अनुसार आश्विन कृष्ण द्वादशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण द्वादशीलाई गोवत्स द्वादशी भनिन्छ। यो दिन व्रतको रुपमा मनाइन्छ। गाई सात्विक हुन्छ, त्यसैले सबैले गोवत्स द्वादशीको दिन यस पूजाद्वारा यसको सात्विक गुणहरू स्वीकार गर्नुपर्छ। शक संवत अनुसार आश्विन कृष्ण द्वादशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण द्वादशीलाई गोवत्स द्वादशी भनिन्छ।
अ. दीपावलीको कालमा निर्माण हुने अस्थिरताले वातावरणको रक्षा हुने ।
दीपावलीको समयमा वातावरणमा ऊर्जामय शक्ति प्रवाह कार्यरत हुन्छ। जसका कारण वातावरणको तापक्रम बढ्दछ। फलस्वरूप, पृथ्वीको वातावरणमा सूक्ष्म स्तरमा हानि पुग्छ। यसले वातावरणमा अस्थिरता सिर्जना गर्छ। यसबाट हुने हानिबाट बच्न दिपावलीअघि गोवत्स द्वादशीमा व्रतविधान छ। गोवत्स द्वादशीको दिन, श्री विष्णुको प्रकट स्वरूपको तरङ्गहरू वायुमण्डलमा प्रक्षेपित हुन्छन्। यी तरंगहरूले वायुमण्डलमा स्थिरता कायम राख्न मद्दत गर्छन्।
आ. विष्णुलोकको कामधेनुप्रति कृतज्ञता व्यक्त गर्ने।
गोवत्स द्वादशीको दिन श्री विष्णुको आप-तत्त्वातमक तरङ्गहरू सक्रिय भएर ब्रह्माण्डमा आउँछन्। यी तरंगहरूका विष्णुलोकदेखि ब्रह्माण्डसम्मका वहन विष्णुलोकको एक कामधेनु अविरत गर्दछ। त्यसप्रति कृतज्ञता व्यक्त गर्न यस दिन कामधेनुको प्रतीकात्मक रूपमा गाईको पूजा गरिन्छ।
इ. श्री विष्णुका तरंङ्गहरुका लाभ प्राप्त गर्ने।
श्री विष्णुको अप्रकट स्वरूपका तरंगहरूलाई भूतलमा आकर्षित गर्न श्रीविष्णुको प्रकट रुपका तरङ्गहरू पनि सक्रिय हुन्छ। यी तरङ्गहरुलाई आकर्षित गर्ने अधिकतम क्षमता गैमातामा हुन्छ। गोवत्स द्वादशीको दिन गाईमा श्रीविष्णुको प्रकट स्वरूपको तरङ्गहरू आकृष्ट हुने कारण वायुमण्डलबाट ब्रह्माण्डसम्म श्री विष्णुको चैतन्यदायी तरङ्गहरुका आच्छादनको रुपमा प्रक्षेपित हुन्छन्। गाईको पूजा गर्ने व्यक्तिलाई श्री विष्णुका यी तरङ्गहरूको लाभ प्राप्त हुन्छ।
५. गोवत्स द्वादशी व्रत अन्तर्गत उपवास
यस व्रतमा एक समयको भोजन गरेर व्रत कायम राख्दछ। तर गाईको दूध वा यसबाट बनेका वस्तुहरू जस्तै दही, घिउ, मोही र खीर तथा तेलमा पकाएको भुजिया, पकोडा आदि खानेकुराको सेवन गर्दैन र साथै यस दिन तवामा पकाएको खानेकुरा पनि खादैन। सवत्स गाईको पूजा बिहान वा बेलुका गरिन्छ।
६. गोवत्स द्वादशीको दिन गाईको पूजा प्रात अथवा सायंकालमा गर्नुको शास्त्रीय आधार
बिहान वा बेलुका श्री विष्णुको प्रकट स्वरूपका तरङ्गहरू गाईमा बढी आकर्षित हुन्छन्। यी तरंगहरूले श्री विष्णुको अप्रकट स्वरूपका तरंगहलाई १० प्रतिशतले अधिक मात्रामा गतिमान गर्दछ। त्यसैले गोवत्स द्वादशीका दिन बिहान वा बेलुका गाईको पूजा गर्नु भनिएको छ।
गाईको पूजा आरम्भ गर्ने समय प्रथम आचमन गरिन्छ। त्यसपछि, ‘यस गाईको शरीरमा केश भए जति वर्षसम्म स्वर्गको सुख प्राप्त गर्न सकूँ भनेर म यो गाईको पूजा गर्छु।’ यस प्रकार संकल्प गरिन्छ। अक्षत अर्पित गरेर आसन दिइन्छ। तत्पश्चात पाद्य, अर्घ्य, स्नान इत्यादि उपचार अर्पित गरिन्छ। वस्त्र प्रदान गरिन्छ। त्यसपछि गोमातालाई चन्दन, हलदी र कुमकुम चढाइन्छ। त्यसपछि, गहनाहरू चढाइन्छ। फूलको माला अर्पण गरिन्छ। त्यसपछि, गाईको प्रत्येक अंगलाई स्पर्श गरि न्यास गरिन्छ।
गाईको पूजापछि बाछालाई चन्दन, हलदी, कुमकुम र पुष्पमाला अर्पित गरिन्छ। यसपछि गाई र बाछालाई धूपको रूपमा दुईवटा उदबत्ती देखाइन्छ। त्यसपछि दीपक देखाइन्छ। नैवेद्य दुवैलाई प्रदान गरिन्छ। त्यसपछि गाईको परिक्रमा गरिन्छ। तुलसीको पातको माला चढाइन्छ र मन्त्रपुष्प अर्पित गरिन्छ। यसपछि पुन: अर्घ्य दिन्छ। अन्तमा आचमनले पूजाको समापन हुन्छ।
पूजा गरेपछि पुनः भक्तिपूर्वक गोमातालाई प्रणाम गरिन्छ। गाई एउटा प्राणी हो। डरले पूजा गर्न नदिने वा अन्य कारणले गाईको षोडशोपचार पूजा गर्न नसकेमा पञ्चोपचार पूजा पनि गर्न सकिन्छ। यो पूजाको लागि पुजारीको आवश्यकता पर्दैन।
७. गोवत्स द्वादशीबाट मिल्ने लाभ
गोवत्स द्वादशीका दिन गाईको पूजा गरी कृतज्ञता व्यक्त गरिन्छ। यसले व्यक्तिमा लिनता बढाउँछ। फलस्वरूप उनको आध्यात्मिक स्तर केही समयको लागि बढ्छ। गाईको पूजाले मानिसलाई चराचरमा ईश्वरीय तत्व देख्न सिकाउँछ। व्रत गर्नेले सबै सुख प्राप्त गर्छ।