वसुबारस अर्थात् गोवत्स द्वादशी
वसुबारस अर्थात् गोवत्स द्वादशी दीपावलीको प्रारम्भमा पर्छ। यो गाईको सवत्स अर्थात् बछडासँगै उनको पूजा गर्ने दिन हो। शक संवत अनुसार आश्विन कृष्ण द्वादशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण द्वादशीलाई गोवत्स द्वादशी भनिन्छ। यो दिनलाई व्रतको रुपमा मनाउने गरिन्छ।
गोवत्सद्वादशीको अध्यात्मशास्त्रीय महत्व
गोवत्सद्वादशीको दिन श्री विष्णुको आपतत्त्वात्मक तरङ्गहरु सक्रिय भएर ब्रह्माण्डमा आउँछन्। यी तरंगहरू विष्णुलोकबाट ब्रह्माण्डसम्मका वहन विष्णुलोकको एक कामधेनु अविरत गर्दछ। उहाँप्रति कृतज्ञता व्यक्त गर्न यस दिन कामधेनुको प्रतीकात्मक रूपमा गाईको पूजा गरिन्छ।
गोवत्सद्वादशीको दिन बिहान गौपूजन: अथवा सायंकालमा गर्ने शास्त्रीय आधार प्रात: अथवा सायंकालमा श्रीविष्णुको प्रकट स्वरूपका तरङ्गरहरू गाईमा अधिक मात्रामा आकर्षित हुन्छ। यी तरंगहरूले श्री विष्णुको अप्रकट रूपको तरङ्गहरूलाई १० प्रतिशतले बढी गतिमान बनाइ दिन्छ। त्यसैले गोवत्सद्वादशीका दिन सामान्यतया बिहान वा बेलुका गाईको पूजा गर्नुपर्छ भनिन्छ।
गोवत्सद्वादशीबाट मिल्ने लाभ
गोवत्सदशीका दिन गाईको पूजा गरी कृतज्ञता व्यक्त गरिन्छ। यसले व्यक्तिमा लीनता बढाउँछ। फलस्वरूप उनको आध्यात्मिक स्तर केही समयको लागि बढ्छ। गाईको पूजाले मानिसलाई चराचरमा ईश्वरीय तत्त्वको दर्शन गर्ने सीख दिन्छ।
धनत्रयोदशी
शक संवत अनुसार आश्विन कृष्ण त्रयोदशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण त्रयोदशी अर्थात धनत्रयोदशी। यसलाई सामान्य बोलचालको भाषामा ‘धनतेरस’ भनिन्छ। धनत्रयोदशी देवताहरूको वैद्य धन्वन्तरिको जयन्तीको दिन हो। आयुर्वेदका विद्वान तथा वैद्य (चिकित्सक) समुहले यस दिन भगवान धन्वन्तरिकाको पूजा गरी मानिसहरुको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछन्।
धनत्रयोदशीको दिन सुन वा चाँदीका नयाँ भाँडाहरू किन्नुको शास्त्रीय कारण भनेको धनत्रयोदशीको दिन लक्ष्मीतत्त्व सक्रिय रहन्छ। यस दिन सुन वा चाँदीबाट बनेका नयाँ भाँडाहरू किनेर श्रीलक्ष्मीको धनरुपी स्वरुपलाई आह्वान गरी सक्रिय लक्ष्मीतत्त्वलाई गति प्रदान गर्दछ। यसले द्रव्यकोषमा धनसंचय हुनमा सहायता मिल्दछ। यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने धनत्रयोदशीका दिन आफ्नो सम्पत्तिको लेखाजोखा गरी शेष सम्पत्ति ईश्वरीय अर्थात् सत्कार्यको लागि अर्पण गर्नाले धनलक्ष्मी अन्त्यसम्म रहन्छ।
नरक चतुर्दशी
शक संवत अनुसार आश्विन कृष्ण चतुर्दशी र विक्रम संवत अनुसार कार्तिक कृष्ण चतुर्दशीलाई नरक चतुर्दशी भनिन्छ। यसै दिन भगवान श्रीकृष्णले नरकासुरको वध गर्नु भएको थिए। त्यसयता यो दिनलाई नरक चतुर्दशीका रुपमा मनाइन्छ। भगवान श्रीकृष्णले नरकासुरलाई आफ्नो अन्तिम समयमा दिएको वरदान अनुसार यस दिन सूर्योदयअघि अभ्यंग स्नान गर्नेले नरकको यातना भोग्नु पर्दैन। अभ्यंगस्नान भनेको सुगन्धित तेल एवं उबटन लगाएर गरिने स्नान।
अभ्यंगस्नानको महत्त्व
दीपावलीको दिनमा अभ्यङ्ग स्नान गरेमा अन्य दिनको तुलनामा ६ प्रतिशत बढी सात्त्विकता प्राप्त हुन्छ। सुगन्धित तेल एवं उबटन लगाएर शरीरमा मालिस गरेर अभ्यङ्ग स्नान गर्नाले व्यक्तिमा सात्विकता र तेज बढ्छ। नरक चतुर्दशीका दिन अभ्यङ्ग स्नान गरेमा २ प्रतिशत शक्ति, ३ प्रतिशत चैतन्य, १.२५ प्रतिशत आनन्द र १ प्रतिशत ईश्वरीय तत्त्वको लाभ हुन्छ।
दीपावलीको कालावधिमा उबटन लगाउनुको अध्यात्मशास्त्रीय महत्त्व
दीपावलीको अवधि उबटनको प्रयोग अधिक पोषक हुन्छ। उबटनको प्रयोग गर्नु अघि, त्यसमा सुगन्धित तेल मिलाइन्छ। दीपावलीको समयमा ब्रह्माण्डबाट आप, तेज एवं वायु युक्त चैतन्य प्रवाहरु अधिक मात्रामा पृथ्वीमा आउँछन्। त्यसैले वायुमण्डलमा देवताहरुको तत्वको मात्रा पनि अधिक हुन्छ। यस अवधिमा शरीरमा उबटन लगाएर त्यसको घटकद्वारा देहले चैतन्य ग्रहण गर्ने संवेदनशीलता बढाउँछ। त्यसैले व्यक्तिको शरीरमा देवताको तत्वहरूको चैतन्य प्रवाह सङ्क्रमित हुन्छ, जसका कारण व्यक्तिले अधिकाधिक चेतना प्राप्त गर्छ।
यमतर्पण
श्री यमराज धर्मको श्रेष्ठ ज्ञाता र मृत्युका देवता हुन्। हरेक व्यक्तिको मृत्यु अपरिहार्य छ। प्रत्येक व्यक्तिले यो सत्य स्वीकार गर्दछ; तर असामयिक मृत्यु कसैलाई मान्य हुँदैन। अकाल मृत्युबाट बच्न यमतर्पण विधि बताएको छ। दीपावलीको समयमा यमलोकाबाट भूलोकतर्फ यमका सूक्ष्म तरंगहरू अधिक मात्रामा आकर्षित हुन्छन्। त्यसैले, यो विशेष गरी यस अवधिमा यो विधि गर्ने विधान छ।
नरक चतुर्दशीका दिन विभिन्न स्थानहरुमा दीप प्रज्वलन गर्नुको कारण
नरक चतुर्दशीको अघिल्लो रातदेखि वातावरण प्रदूषित तरङ्गहरूले भरिन थाल्छ। पातालको अनिष्ट शक्तिहरु यसको फाइदा उठाउँछन्। तिनीहरूले पातालबाट कष्टदायक नादयुक्त तरंगहरू प्रक्षेपित गर्छन्। दीपहरूबाट प्रक्षेपित तेजतत्त्वात्मक तरङ्गले वायुमण्डलमा कष्टप्रद रज-तम कणहरूलाई विघटन गर्दछ। यो प्रक्रियाले नकारात्मक ऊर्जाको सुरक्षात्मक कवचलाई नष्ट गर्न मद्दत गर्दछ।
दीपावलीमा आउने अमावस्याको महत्त्व
सामान्यतया अमावस्यालाई अशुभ मानिन्छ; तर दीपावली अवधिको अमावस्या शरद पूर्णिमा अर्थात् कोजागिरी पूर्णिमाजस्तै कल्याणकार र समृद्धिदर्शक हुन्छ।
श्री लक्ष्मीपूजन
दीपावलीको यस दिन धन-सम्पत्तिकी अधिष्ठात्री देवी श्री महालक्ष्मीको पूजा–आराधना गर्ने चलन छ। दीपावलीको अमावस्यको मध्यरातमा देवी लक्ष्मी पुण्यवान परिवारका सदस्यहरूको घरमा आउनुहुन्छ। घरलाई पूर्णतया स्वच्छ, शुद्ध र सुशोभित राखेर दीपावली मनाउनाले देवी श्री लक्ष्मीजी प्रसन्न भई त्यहाँ सदाको लागि बास गर्नुहुन्छ। त्यसैले यस दिन लक्ष्मीको पूजा गरी दीप प्रज्वलन गर्ने गरिन्छ। सम्भव भएसम्म सपत्नीहरूले श्रीलक्ष्मीको पूजा गर्ने विधि अपनाउने गर्छन्।
लक्ष्मी पूजनको लाभ
१. भक्तिभाव बढ्ने : श्री लक्ष्मी पूजाको दिन अन्य दिनको तुलनामा श्री लक्ष्मीदेवी र कुबेर देवताका तत्वहरू ३० प्रतिशत बढी मात्रामा ब्रह्माण्डमा प्रक्षेपण हुन्छ। यस दिन यी देवताहरूको पूजा गर्नाले व्यक्तिको भक्ति बढ्छ र ३ घण्टासम्म रहन्छ।
२. अनिष्ट शक्तिहरुको नाश हुने : श्री लक्ष्मी पूजाको दिन अमावस्या अवधि भएको कारण श्री लक्ष्मीजीको मारक तत्त्व कार्यरत रहन्छ। पूजकको भावनाका कारण पूजा गर्दा श्री लक्ष्मीजीको मारक तत्वको तरंगहरू कार्यरत हुन्छन्। यी तरंगका कारण वायुमण्डलमा रहेको अनिष्ट शक्तिहरुको नाश हुन्छ। यसबाहेक दीपावलीको दिन श्रीलक्ष्मीको पूजा गर्नाले पूजकलाई २ प्रतिशत शक्ति, २ प्रतिशत चैतन्य, १.२५ प्रतिशत आनन्द र १ प्रतिशत ईश्वरीय तत्व प्राप्त हुन्छ। यी लाभबाट श्री लक्ष्मीको पूजा गर्नुको महत्व बुझ्न सकिन्छ।
अलक्ष्मी निःसारण
अलक्ष्मीको अर्थ गरिबी, दुःख र विपत्ति हो। नि:सारण भनेको बाहिर निकाल्नु हो। लक्ष्मी पुजाको दिन नयाँ झाडू किन्ने गरिन्छ। उनलाई ‘लक्ष्मी’ मानेर मध्यरातमा पूजा गरिन्छ। यसको सहायताले घरको फोहोर बाहिर निकालिन्छ। सुपमा फोहोर भरिन्छ, फोहोर अलक्ष्मीको प्रतीक हो। त्यसलाई बाहिर फालिन्छ। अन्य दिनमा मध्यरातमा फोहोर निकालिँदैन। फोहोर बाहिर फालेपछि घरको कुना–कुनामा पुगेर तुरही फुक्छन्।
बलिप्रतिपदा
कार्तिक शुक्ल प्रतिपदालाई बलिप्रतिपदाका रूपमा मनाइन्छ। भगवान श्री विष्णुले वामनदेवको अवतार लिनु भएर बलिलाई पातलमा पठाउने समय वर माग्न भने। त्यसबेला बालीले वर्षमा तीन दिन पृथ्वीमा बालीको राज्य रहने वरदान मागेका थिए। ती तीन दिन हुन्– नरक चतुर्दशी, दिपावलीको अमावस्या र बलिप्रतिपदा।
बलिप्रतिपदा मनाउने पद्धति
बलिप्रतिपदाको दिन बिहान अभ्यङ्ग स्नान गरी विवाहित महिलाले पतिको आरती गर्ने गर्दछन्। दिउँसोको भोजनको लागि विभिन्न परिकारहरू तयार गरिन्छ। यस दिन कतिपयले बलिराजाको पत्नी विन्ध्यवली सहित मुर्ति बनाएर उनको पूजा गर्छन्। यसका लागि सिंहासनमा चामलबाट बलिको मूर्ति बनाइन्छ। यस पूजाको उद्देश्य बलिराजाले वर्षभरि आफ्नो शक्तिले पृथ्वीमा रहेका प्राणीहरूलाई हानी नहोस् र अन्य अनिष्ट शक्तिहरूलाई शान्त राख्नु होस् भन्ने हो। यस दिन मानिसहरूले राती खेल, गीत गाएर जागर बस्छन्।
यमद्वितीया अर्थात् भाईदूज (भाई टिका)
असामयिक अर्थात अकाल मृत्यु नहोस्, यसको लागि यमदेवताको पूजन गर्ने तीन दिनहरु मध्ये कार्तिक शुक्ल द्वितीया एक हो। यो दीपोत्सव पर्वको समापन दिन हो। यो पर्वलाई ‘यमद्वितिया’ र ‘भाईदूज’ नामले पनि चिनिन्छ।
यमद्वितीयाको तिथिमा गर्न योग्य धार्मिक विधिहरु
१. दाजुभाई-दिदीबहिनीद्वारा यमादि देवताको पूजा गर्ने।
२. दाजुभाईलाई दिदीबहिनीले औक्षण अर्थात् आरती एवं सम्मान गर्ने गर्दछन्।
३. दाजुभाईले दिदीबहिनीलाई उपहार दिन्छन्।
भाईदूज (भाईटिका) मनाउँदा हुने दाजुभाई र दिदीबहिनीलाई प्राप्त लाभ
यमद्वितिया अर्थात् भाईदूज (भाईटिका) को दिन ब्रह्माण्डबाट आनन्दको तरङ्गहरु प्रक्षेपण हुन्छन्। यी तरङ्गहरूले अन्य दिनको तुलनामा सबै प्राणीहरूलाई ३० प्रतिशत अधिक लाभ प्रदान गर्दछ। त्यसैले जताततै आनन्दको माहोल हुन्छ।
यस दिन दाजुभाई-दिदीबहिनीलाई प्राप्त लाभ
१. यस दिन दिदीबहिनीले आफ्नो दाजुभाईको कल्याणको कामना गर्छिन्। जस्तो दिदीबहिनीको भाव हुन्छ त्यस अनुसार दिदीबहिनीको दाजुभाईको साथ लेनदेन आंशिक रूपमा घट्दछ।
२. भाई टिकाको दिन दाजुभाईमा शिवतत्त्व जागृत हुन्छ। जसका कारण दिदीबहिनीको प्रारब्ध एकसहस्त्रांश प्रतिशतले घट्दछ।
(सन्दर्भ : सनातनका ग्रन्थ ‘त्यौहार, धार्मिक उत्सव व व्रत’)
दीपावलीकको समय तेलको दीप किन बालिन्छ?
दीपावलीको अवसरमा हरेक साँझ देवता र तुलसीको अगाडि, साथै गेट र आगनमा विभिन्न ठाउँमा तेलको दीप प्रज्वलन गरिन्छ। यो देवी-देवता र पाहुनाहरूलाई स्वागत गर्ने प्रतीक पनि हो। आजकल, तेलको बत्तीको सट्टा, मैन बत्ती वा कुनै ठाउँमा बिजुलीको बत्ती बाल्ने गरिन्छ; तर शास्त्र अनुसार तेलको दियो बाल्नु उपयुक्त र लाभदायक हुन्छ। तेलका बत्तीले एक मिटरसम्म सात्विक तरंगहरू आकर्षित गर्न सक्छ। यसको विपरित, मैन बत्तीले मात्र रज-तमका कणहरू प्रक्षेपण गर्दछ। विद्युतीय बत्तीले बहिर्मुखी बनाउँछ। तसर्थ, दिपहरूको संख्या अल्प भए पनि; तेलको बत्ती मात्र बाल्नुहोस्।
हिन्दुहरु, दीपावलीको शुभ अवसरमा पटाकाको कारण हुने राष्ट्र एवं धर्म हानिबाट बच्नुहोस्!
अहिले दीपावलीको अवसरमा अमावस्याको रात पटाका जलाउने चलन आएको छ। आनन्दको क्षणमा पटाका बाल्ने प्रचलन विदेशी हो र हिन्दू धर्मशास्त्रमा यस प्रथाको कुनै आधार छैन। पटाका जलाउँदा धर्ममा मात्रै हानी नभई समाज, राष्ट्र र वातावरणमा समेत व्यापक क्षति पुर्याउँछ। पटाका उत्पादन गर्ने र पटाका जलाउनेहरूलाई यस विषयमा जानकारी गराउन यो लेख प्रस्तुत गर्दैछौं।
पटाका मार्फत देवताको तस्बिरको अपमान रोक्नुहोस्!
आजकल हिन्दु देवता तथा राष्ट्रपुरुषहरुको तस्वीर वा नाम भएका पटाकाहरु ठूलो परिमाणमा उत्पादन हुने गरेको छ। दीपावली तथा अन्य चाडपर्वका अवसरमा पटाका बाल्दा देवता र राष्ट्रपुरुषहरूको प्रतिमाको अपमान हुन्छ। जहाँ कुनै देवताको नाम वा रूप हुन्छ, त्यहाँ त्यस देवताको तत्त्व अर्थात् सूक्ष्मबाट देवताको आगमन हुन्छ। लक्ष्मीपूजामा श्रीलक्ष्मीको पूजा गरेपछि श्रीलक्ष्मी, श्रीकृष्ण आदि देवताहरू र राष्ट्रपुरुषहरूको तस्बिर सहितको पटाका पनि जलाउँछौं। जसका कारण ती चित्र टुक्रिएर खुट्टामुनि खस्छन्। यस प्रकारको अनादरले देवताको अपमान हुन्छ र यसले पाप लाग्छ। आस्था केन्द्रको यसरी अनादर गर्दा हामीप्रति कृपा हुँदैन्न्न्, बरु अपकृपा हुन्छ। पटाका जलाउनाले राष्ट्रपुरुषहरुको तस्विरको अपमान हुन्छन्। यो उनीहरुको कार्यप्रति कृतघ्नता हो। तसर्थ, देवता र राष्ट्रपुरुषहरूको नाम वा तस्बिरसहित पटाका नजलाउनुहोस्!