औषधीय वनस्पतिको संख्या अनगिन्ती छ । यस्तो बेला कुन बिरुवा रोप्ने ? यस्तो प्रश्न उठ्न सक्छ । प्रस्तुत लेखमा घरमा केही महत्वपूर्ण औषधीय बिरुवा कसरी रोप्ने भन्ने बारे जानकारी दिइएको छ । यी बिरुवाहरू रोपेको करिब ३ महिनापछि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ । आजकल आपतकालीन अवस्थालाई ध्यानमा राखेर वृक्षवगर्गीय बिरुवा रोप्नुको सट्टा यस्ता बिरुवालाई प्राथमिकता दिईयो भने हामी ती बिरुवाहरु तुरुन्तै प्रयोग गर्न सक्छौं । जताततै औषधीजन्य वनस्पति सजिलै पाइँदैन । यो समस्याको समाधान पनि यस लेखमा दिइएको छ । पाठकहरूले यस लेखमा दिइएका बाहेक अन्य बिरुवाहरू पनि रोप्न सक्छन् ।
१. तुलसी
१ अ. महत्त्व
‘सबै प्रकारको ज्वरोमा तुलसीको काढा उपयुक्त हुन्छ । तुलसीको बीउ शीतल हुनाले मूत्रविकारमा गुणकारी औषधि हो । त्यसैले सकेसम्म घरको वरिपरि तुलसी रोप्नुहोस् । प्रवेश र निस्कने बाटोको दुबै छेउमा तुलसीको बिरुवा रोप्न सकिन्छ । यसले वातावरणलाई रमाइलो बनाउँछ । कालो (कृष्ण तुलसी) वा सेतो (राम तुलसी) तुलसी रोप्न सकिन्छ ।
१ आ. बीउ द्वारा रोपण
तुलसीको सुकेको मंजरी हातमा माड्दा साना बीउहरू निस्कन्छन् । यी बीउहरू रोप्नु अघि, तिनीहरूलाई हातमा माड्नुहोस् । यसो गर्नाले ती बीउको माथिल्लो बोक्रा केही हदसम्म हट्दछ र बीउ अंकुरण हुने सम्भावना बढ्छ । ‘सामान्यतया बीउ जति बाक्लो हुन्छ, माटोको तह पनि त्यति नै बाक्लो हुनुपर्छ’, यस्तो शास्त्र छ । तुलसीको बीउको आकार अनुसार बीउमा थोरै माटो छर्कनुहोस् । यदि बीउ धेरै तल राखिएको छ भने, तिनीहरू अंकुरण हुदैन्नन् । बीउ छरे पछि, यसलाई सावधानीपूर्वक पानी हाल्नुहोस्, अन्यथा माटो बीउबाट हट्दछ । त्यसपछि जब बिरुवाहरू ४ देखि ६ इन्च हुन्छन्, बिस्तारै तिनीहरूलाई उखेल्नुहोस् र उचित ठाउँमा रोप्नुहोस्।
१ आ १. कमिला नियन्त्रण उपाय
तुलसीको बीउलाई कमिलाले तुरुन्तै आक्रमण गर्छ । कमिला आउनबाट जोगाउन, बीउ छरिएको गमलालाई पानीमा राख्नुहोस् । यसका लागि रंगको प्लास्टिकको ढक्कन लिनुहोस्, त्यसमा पानी हाल्नुहोस् र त्यसपछि यसको बीचमा गमला राख्नुहोस् । ध्यान राख्नुहोस् कि गमलाको वरपर सधैं पानी हुनुपर्छ । यदि पानी छैन भने, कमिलाहरूले बीउ खान सक्छन् । कमिलाको नियन्त्रणको लागि भाँडाको चारै तिर अलि-अलि गरी कपूर वा फिनाईल राख्न सकिन्छ । जब बीउ अंकुरित हुन्छ, त्यहाँबाट उखेलेर जमिनमा रोप्न सकिन्छ ।
१ इ. वर्षामा आफै उम्रिने बिरुवाबाट रोपण
वर्षायाममा भुइँमा झरेको तुलसीको बीउबाट बिरुवा आफै उम्रिन्छन् । तिनीहरूलाई बिस्तारै जराबाट उखेलेर, उचित ठाउँमा रोप्नुहोस् ।
१ ई. बिरुवाको हेरचाह
तुलसीको बिरुवालाई नियमित पानी दिनुहोस् र मंजरि सुकेपछि टिपेर राख्नुहोस् ।
२. अडूसा
२ अ. महत्त्व
अडुसालाई ‘भिषङ्माता’ (बैद्यको आमा) भनिन्छ । यो धेरै रोगहरुमा प्रयोग गरिन्छ । अडुसा संक्रामक रोगहरूमा धेरै उपयोगी छ । दादुरा, ठेउला, ज्वरो आदि फैलिएमा (संक्रमित) अदुसाको सेवन एवं नुहाउने पानीमा मिसाएर नुहाउन प्रयोग गरिन्छ । यसको पातमा तरकारी, फलफूल आदि राख्दा लामो समयसम्म टिक्छ । आफ्नो घर वरिपरि अदुसा अधिकतम मात्रामा रोप्नुहोस् । यो बिरुवा जग्गा वरिपरि बारमा रोप्नुहोस् ।
२ आ. पहिचान र पाउने ठेगाना
यो वनस्पति सहरहरूमा पनि पाइन्छ। कतिपय ठाउँमा यो वनस्पति धेरै मात्रामा पाइन्छ । यस बोटको पातहरू भालाको टुप्पो जस्तै तिखो हुन्छन् । पाकेको पातहरू पहेंलो हुन्छन् । पातहरूमा एक विशेष गन्ध हुन्छ ।
अदुसामा फूलहरू डिसेम्बर देखि फेब्रुअरी सम्म आउँदछ । फूलहरू सेतो रंगका हुन्छन् । फूलको आकार सिंहको खुला मुख जस्तै हुन्छ । त्यसैले यसको संस्कृत नाम ‘सिंहास्य’ हो! ‘सिंहास्य’ को अर्थ ‘सिंहको मुखको आकार भएको हो ।’
२ इ. हाँगाबाट रोपण
अडूसाको परिपक्व खैरो रंगको हाँगा काटेर रोप्नुहोस् । हाँगा काट्दा, जहाँ पातहरु डाँठसँग मिल्छन् त्यस भन्दा केही तल काट्नुहोस् । माटोमा रहने भागबाट पातहरू काट्नुहोस् । त्यही ठाउँमा जराहरू उम्रन्छन् । पातहरूका कारण पानी वाष्पीकरण हुन्छ, साथै वृक्षले यसको मद्दतद्वारा आफ्नो अन्न तयार गर्दछ । यदि गर्मीमा रोप्ने हो भने, हाँगाबाट पानीको वाष्पीकरण धेरै हुनु हुँदैन; तर हाँगाले आफ्नै खाना बनाउन सकोस्, यसको लागि माथिको आधा पात छोडेर काट्नुहोस् । वर्षाको दिनमा रोपण गर्ने समय माथिको पातलाई काट्न आवश्यक पर्दैन । अदुसाको हाँगा रोप्दा यसको जरा १५ दिनमा निस्कन्छ । पहिलाको पात झरेर नयाँ पात आउँछ ।
३. गिलोय
३ अ. महत्त्व
गिलोयको गुणको कुनै अन्त्य छैन । कोरोनाको समयमा गिलोयको महत्व सबैले बुझेका छन् । यो ज्वरो देखि दम सम्म धेरै रोगहरुमा लाभदायक छ । गिलोय सबै भन्दा राम्रो रसायन (शक्तिवर्धक) हो । जब गिलोय दुधारु पशुहरूलाई खुवाइन्छ, तिनीहरूले बढी दूध दिन्छन् । अधिकतम मात्रामा गिलोय रोप्नुहोस् ।
३ आ. पहिचान
सडकबाट आउँदा वर्षायाममा केही रुखमा २–३ मिलिमिटर व्यासका पहेँलोदेखि हरियो झुण्डिएको देखिन्छ । यी फाइबर गिलोयसँग सम्बन्धित छन् । यसको बाहिरी बोक्रा खैरो रङको हुन्छ र बोक्रामा डल्ला जस्तै स-साना थोप्लाहरू हुन्छन् जसलाई अंग्रेजीमा ‘लेन्टिसेल’ भनिन्छ । गिलोयको डाँठ कुचल्दा त्यसमा रहेको खैरो बोक्रा बाहिर निस्कन्छ र भित्रको हरियो बोक्रा देखिन्छ । भित्री भाग पहेंलो हुन्छ । गिलोयको डाँठको क्रस सेक्शन लाई धारिलो यन्त्रले काट्दा भित्र गोलाकार भाग देखिन्छ । जब गिलोय काटिन्छ, त्यहाँबाट सफा पानी जस्तो तरल निस्कन्छ । यो तरल अलि तितो हुन्छ ।
३ इ. रोपण
गिलोयको डाँठ काटेर जमिनमा रोप्दा पौष्टिक वातावरण मिल्यो भने त्यो नयाँ बोट बन्छ । काटेर फालिएको गिलोयबाट नयाँ बोट तयार हुन्छ । त्यसैले यसको संस्कृत नाम ‘छिन्नारुहा (छिन्ना – काटेर, रुहा – पुन: सिर्जना हुने)’ पनि भनिन्छ । गिलोयको डाँठको लामो टुक्रा सिधै माटोमा गाड्नुहोस् । डाँठ काट्दा, जराको टुप्पोलाई तिरछा रूपमा काट्नुहोस् । बजारमा पाइने ‘रुटेक्स’ पाउडरमा यो तिरछा भाग डुबाएर माटोमा लगाउँदा छिट्टै जरा आउँछ । (कुनै पनि बिरुवाको डाँठबाट हुर्काउने हो भने यसरी रुटेक्स पाउडर प्रयोग गर्दा जराहरू छिट्टै निस्किन्छन् र बाँच्ने सम्भावना बढ्छ) । यो बोटलाई बारमा, आँप, नीम जस्ता रूखहरूमा छोड्नुपर्छ । यो बोटलाई विषालु रूखहरूमा नछोड्नुहोस् (जस्तै कजरा (कुचला, Nux vomica); किनभने त्यसो गर्दा त्यस रूखको विषालु गुण गिलोयमा आउँछ ।
४. घ्यु कुमारी (घृतकुमारी या एलोभेरा)
४ अ. महत्त्व
घ्युकुमारी, नियमित लगाउने औषधि होइन । घ्युकुमारी पोलेको-जलेको, मासिक धर्मको कष्ट, खोकी, कफ इत्यादि मा उपयोग गरिन्छ । २ देखि ४ बिरुवाहरू ४ जनाको परिवारको लागी पर्याप्त हुन्छ; तर घरको चारैतिर जमिन उपलब्ध भएमा १० देखि १२ वटा बिरुवा रोप्न सकिन्छ ।
४ आ. रोपण
धेरै मानिसहरुले घ्युकुमारी रोप्ने गर्छन् । घ्युकुमारीमा नयाँ मुनाहरु आउँछन् । यी मुनाहरु घ्युकुमारीसँग जोडिएर आउँछन् । (मुना अर्थात बिरुवाको जराबाट आउने नयाँ बिरुवा हो) यी मुनाहरू निकालेर रोप्दा त्यसबाट पनि नयाँ बिरुवा तयार हुन्छन् । छरछिमेकबाट १-२ मुना मागाएर रोप्दा हामीसँग एक वर्षमा ४ जनाका लागि घ्युकुमारी तयार हुन्छ । यसको बिरुवा नर्सरीबाट पनि किन्न सकिन्छ ।
५. कालमेघ
५ अ. महत्त्व
यो बिरुवा संक्रामक रोगहरु को लागी धेरै उपयुक्त छ । यो धेरै तितो हुन्छ । यो ज्वार र कीराको लागि प्रयोग गरिन्छ । कतिपय ठाउँमा यसले पेट सफा गर्ने भएकोले वर्षा एवं त्यसपछि आउने शरद ऋतुमा एक पटक यसको काडा बनाएर लिने चलन छ । यसले शरीरलाई निरोगी राख्छ । यो वनसपतिले वात बढाउछ त्यसैले ज्वरो नहुँदा र डाक्टरको सल्लाह बिना यसको काढ़ा दैनिक नलिनुहोस् ।
५ आ. पहिचान
यस वनस्पतिलाई कोंकणीमा ‘किरायते’ भनिन्छ । वर्षाको सुरुमा यसको पातहरू चौडा हुन्छन् । जब पानी पर्न छोड्छ, पातहरू खुम्चिन्छन्, अर्थात्, साना हुन्छन् । वर्षापछि पानी दियो भने यो बिरुवा जीवित रहन्छ, नत्र सुक्छ । कहिलेकाही यो बिरुवा कोंकणका धेरै ठाउँहरूमा वर्षापछि सुख्खा अवस्थामा पनि पाइन्छन् । वर्षायामको अन्त्यमा, यसमा सानो फल फल्दछ । यसमा बीउ हुन्छ ।
५ इ. रोपण
यो वनस्पति कोंकणमा धेरै मानिसहरूको घरमा पाइन्छ । पहिलो वर्षामा, पहिले नै खसेको बीउबाट ठूलो संख्यामा बिरुवाहरू तयार हुन्छन् । यी तयार बिरुवाहरू ल्याएर रोप्न सकिन्छ । वर्षा सकिएपछि बीउ सङ्कलन गरेर अर्को वर्षको वर्षाको सुरुमा रोप्न सकिन्छ र त्यसबाट बिरुवा तयार गर्न सकिन्छ ।
६. चमेली
६ अ. महत्त्व
चमेलीको पातको प्रयोग रक्तश्राव रोक्नको लागि गरिन्छ । मुखमा छाला आएमा जाहीको पात चपाएर थुक्दा तुरुन्तै राम्रो लाग्न थाल्छ । ४ जनाको परिवारको लागि एउटा बिरुवा हुनुपर्छ ।
६ आ. पाउने ठाँउ
चमेली फूलको केही मन्दिरहरूमा उत्सव मनाइन्छ, जस्तै गोवाको शिरोडाको कामाक्षी देवस्थान, म्हार्दोलको महलसा देवस्थान । यस्ता गाउँमा चमेलीको खेती गरिन्छ । धेरै मानिसहरुको घरमा चमेली हुन्छन् ।
६ इ. रोपण
चमेलीको डाँठ लगाउनाले नयाँ बिरुवा आउँछ । वर्षायाममा चमेलीको डाँठ रोप्दा जरालाई न्यानो मिलोस् यसको लागि डाँठको जराको भागको सबैतर्फ सुकेको घाँस बेर्नुहोस् । यसो गर्दा आवश्यक ताप पाएर डाँठमा जरा आउँछ । यदि घाँस बेरिएको छैन भने, ओसिलोको कारण डाँठ सड्न सक्छ ।
संकलकश्री. माधव रामचंद्र पराडकर एवं वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. मार्गदर्शकडॉ. दिगंबर नभु मोकाट, सहायक प्राध्यापक, वनस्पतिशास्त्र विभाग, सावित्रीबाई फुले पुणे विद्यापीठ, पुणे तथा प्रमुख निर्देशक, क्षेत्रीय सहसुविधा केंद्र, पश्चिम विभाग, राष्ट्रीय औषधि वनस्पति मंडल, आयुष मंत्रालय, भारत सरकार. |