विकारबाट मुक्ति पाउनका लागि आवश्यक देवताहरुको तत्व अनुसार दिएका केही विकारहरुका लागि नामजप भाग ३

Article also available in :

सद्गुरु (डॉ.) मुकुल गाडगीळ

कुनै विकारबाट मुक्ति पाउनको लागि दुर्गादेवी, राम, कृष्ण, दत्त, गणपति, मारुति र शिव यी ७ मुख्य देवताहरु मध्ये कुन देवताको तत्व कति मात्रामा आवश्यक हुन्छ ? ध्यान गरेर केही विकारहरु माथि नामजप खोजे । यस प्रकार सबैभन्दा पहिले मैले कोरोना भाइरसविरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने नामजप खोजेको थिएँ । यसको प्रभावकारिता थाहा पाएपछि म अन्य विकारहरूको लागि पनि नामजप खोज्न प्रेरित भएँ । मैले गत वर्षदेखि साधकहरूलाई उनीहरूको विकारको लागि पाएका नामजपहरू दिइरहेको छु । ती नामजपबाट आफूलाई फाइदा भएको उनीहरुले बताए । तसर्थ, ती विकारहरू र उनीहरूलाई जुन नामजप दिएको थियो, त्यो तल दिएको छ । यी नामजपहरू आवश्यकता अनुसार विभिन्न देवताहरूको संयुक्त नामजप हुन् । मैले यो नामजप साधकहरूलाई उनीहरूको विकार अनुरुप दिइरहेको थिएँ । ती नामजपबाट राम्रै लाभ मिलिरहेको साधकले बताए । केही महिनाअघि केही विकार, त्यसको लागि नामजप र नामजप गर्दा साधकहरुको अनुभव दैनिक ‘सनातन प्रभात’ मा प्रकाशित भएका थिए । अब अन्य केही विकार र त्यसको लागि नामजप यहाँ दिइएको छ । यी नामजपहरू विगत ३ महिनादेखि केही साधकहरूलाई दिइँदै आएको छ । उनीहरूले सकेसम्म चाँडो आफ्ना अनुभवहरू ग्रन्थको लागि लेखेर यस लेखमा दिएको इ-मेल वा हुलाक ठेगानामा पठाउनुहोस् ।

 

१. निम्नलिखित तालिकामा दिएका विकारहरु मध्ये केही विकारहरुको सन्दर्भमा बताएको नामजपको विषयमा सन्त एवं साधकहरुको विशेष अनुभव तालिका

विकार लागू हुने ५ नामजपहरुको एकत्रित नामजप (टिप्पणी)
१. दम (अस्थमा) श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२. मूत्रवहन पथमा संक्रमण हुने श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
३. शरीरको कुनै स्थानमा जलन हुने श्रीराम जय राम जय जय राम । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
४. ‘स्लिप डिस्क’ को कारण हुने वेदना कम गर्न श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
५. वजन बढाउन श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गणेशाय नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
६. OCD (अवबसेसिभ कम्पल्सिभ डिसअर्डर) (कुनै कारण नभई बारम्बार एउटै विचार गर्नु वा एउटै कार्य धेरै पटक गर्नु) श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । श्री गणेशाय नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
७. पाचन शक्ति र आन्द्राको शक्ति घट्नु ॐ नमो भगवते वासुदेवाय । श्रीराम जय राम जय जय राम । श्री गुरुदेव दत्त ।
ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
८. सबै प्रकारका मानसिक विकारहरू ॐ नम: शिवाय । ॐ नम: शिवाय । श्री गणेशाय नम: । श्री गणेशाय नम: । श्री गुरुदेव दत्त ।
९. बिना कारण शरीर चिलाउने श्री गणेशाय नम: । श्री गुरुदेव दत्त । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१०. पार्किन्सन श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । ॐ नम: शिवाय ।
११. लगातार हिचकी आउने श्री गणेशाय नम: । श्री गणेशाय नम: । ॐ नमो भगवते वासुदेवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१२. मस्तिष्कको विकार (मस्तिष्कमा रक्तस्राव भएर रक्त जम्ने, पैरालिसिस हुनु, फिट्स (मिर्गी) इत्यादि) ॐ नमो भगवते वासुदेवाय । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१३. गठिया (जोर्नी दुखाइ) श्री गुरुदेव दत्त । श्री गुरुदेव दत्त । ॐ नमो भगवते वासुदेवाय । ॐ नमो भगवते वासुदेवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१४. एक्जिमा श्री दुर्गादेव्यै नम: । ॐ नमो भगवते वासुदेवाय । श्री गुरुदेव दत्त । श्री गुरुदेव दत्त । श्री गुरुदेव दत्त ।
१५. डेंगु (एक प्रकारको लामखुट्टेबाट सर्ने संक्रामक ज्वरो) (कम प्लेटलेट हुनु) श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय ।
१६. नीन्द्रा नलाग्ने श्री गुरुदेव दत्त । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१७. पेटमा कीराहरू (सबै प्रकारका कीराहरू) श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१८. वाकवाकी श्री दुर्गादेव्यै नम: । श्री गुरुदेव दत्त । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
१९. मस्तिष्कमा ट्यूमरको कार भ्रमिष्ट हुने श्री गुरुदेव दत्त । श्री गणेशाय नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।
२०. रक्तवाहिनीमा रगत जम्ने श्री दुर्गादेव्यै नम: । श्री हनुमते नम: । ॐ नम: शिवाय । ॐ नम: शिवाय । ॐ नम: शिवाय ।

१ अ. मूत्रवहन पथमा संक्रमण हुने

एक सन्तको ‘प्रोस्टेट’ ग्रन्थी फूल्ने गर्दथ्यो । यसले मूत्रवहन मार्गमा बाधा आउँदा मूत्र (पिसाब) विसर्जन पूर्णतः नहुनाले त्यहाँ जन्तुसङ्क्रमण हुद्थ्यो र उहाँलाई बारमबार ज्वरो आउँदथ्यो । यसको लागि औषधोपचार गर्दा पनि परिणाम आएन । त्यसपछि मेरो सल्लाह अनुसार यो विकारमा २ महिनासम्म हरेक दिन १ घण्टा जप गरेपछि उहाँको रोग धेरै हदसम्म नियन्त्रणमा आएको छ । अहिले पनि दिएका नामजप गर्न छोडेपछि फेरि दुःख दिन थाल्छ । त्यसैले उहाँले करिब आधा घण्टासम्म यो जप गरिरहनु भएको छ ।

१ आ. शरीरको कुनै स्थानमा जलन हुनु

एक साधिकाको (७९ वर्ष) पहिला ‘पाईल्स’ को शल्यक्रिया गरेको थिए । अक्टूबर (कार्तिक) महिनामा वातावरणको उष्णता बढ्नाले शरीरको उष्णता पनि बढ्दछ । त्यसैले त्यो महिनामा शौच गरेपछि साधिकालाई मलद्वारमा जलन हुदथ्यो । त्यो जलन रोक्नको लगि, मैले उहाँलाई नामजप गर्न भनें । अब नामजप गरेपछि १५ मिनेटमा गुदाको जलन बन्द भयो । यसअघि जलन रोक्न ४५ मिनेटदेखि डेढ घण्टा लाग्ने गरेको थियो ।

१ इ. पाचन शक्ति र आन्द्राको शक्ति घट्नु

एक सन्तको अन्नपचन राम्रोसँग नहुनाले उहाँको पेट भारी हुन्थ्यो र शौच साफ हुँदैन थियो । जसको कारण उनी कमजोर भए । यस विकारमा उहाँले दैनिक एक घण्टा जप गर्न थाल्नु भयो र एक महिनामै लाभ भयो । अहिले उहाँलाई पेट सम्बन्धी कुनै गुनासो छैन, त्यसैले उहाँले नामजप गर्न छोड्नु भएको छ ।

१ ई. ठूलो फोडा हुने

एउटी साधिकाको देब्रे काखमा फोडा आएको थियो । उनलाई असह्य पीडा भइरहेको थियो, जुन पेनकिलर खाँदा पनि रोकिएको थिएन । मैले नामजप खोजेर उनलाई भने । त्यो नाम जप गरेपछि २ घण्टामा उनको काखको दुखाइ बन्द भयो र त्यो हात हल्का महसुस हुन थाल्यो । त्यसपछि फोडा फुटाएर पिप निकाल्दा पनि उनलाई खासै पीडा भएन । त्यसपछि फोडा पूर्ण रूपमा निको भयो ।

१ उ. डेंगु (प्लेटलेट कम हुने)

‘डेंगु’को यो विकारमा रगतको ‘प्लेटलेट’ सामान्य मात्राभन्दा कम हुन्छ । सामान्य व्यक्तिमा संख्या डेढ लाखदेखि चार लाखसम्म हुन्छ । एक साधकलाई डेंगु लागेपछि उनको रगतमा प्लेटलेटको संख्या ६० हजार भयो । जसका कारण उनलाई अस्पताल भर्ना गरियो । उसले ६ बजे मलाई यसबारे जानकारी गरायो । मैले उसलाई प्लेटलेट्स बढाउने नामजप दिएँ र त्यो जप अधिकाधिक गर्नु भनेँ । त्यसपछि भोलिपल्ट दिउँसो १ बजे उनको रगतको पुनः परीक्षण गर्दा उनको रगतमा प्लेटलेट १ लाख २० हजार पाइयो । जपका कारण आधा दिनमा प्लेटलेट्सको मात्रा आश्चर्यजनक वृद्धि भएको थियो । यस्तै अनुभव एक साधक र उनको भाइलाई  पनि भयो ।

१ ऊ. मस्तिष्कमा ट्यूमरको कारण भ्रमिष्ट हुने

एक साधिकाको बुबा (७४ वर्षका) मस्तिष्कमा ट्यूमरको कारण भ्रमिष्ट भएका थिए । उहाँको लागि मैले त्यो विकारको नामजप भनेँ । साधककी आमाले हरेक दिन दुई घण्टा जप गरिरहेकी थिइन् । यो जप यति फलदायी थियो कि बुबालाई पाँचौं दिनमा निको हुन थाल्यो । त्यसैले उहाँलाई अस्पतालबाट घर पठाइयो । त्यसपछि मस्तिष्कको स्क्यानिङ गर्दा मस्तिष्कमा ३०–४० प्रतिशत ट्यूमर घटेको देखियो । त्यसपछि ८ दिनमा त्यो ट्यूमर ६० प्रतिशत कम भएको थियो । त्यसपछि अर्को १ महिनामा त्यो ट्यूमर १० प्रतिशत मात्रै रह्यो । त्यहाँका डाक्टरहरू पनि अचम्ममा परेका थिए कि त्यो साधकको बुबा यो उमेरमा पनि यति राम्रो भए ।

 

२. जपको महत्त्व

आपतकालिन समयमा औषधि र डाक्टरको अभाव हुनेछ, तब यी नामजपहरुको राम्रा उपयोग हुनेछन् ।

 

३. कृतज्ञता

परात्पर गुरु डाक्टरज्यूको कृपाले मैले नामजप पत्ता लगाउन सक्षम भएँ र यी नामजपहरुको राम्रो परिणामकारकता पनि ध्यानमा आयो । यसको लागि म परात्पर गुरु डाक्टरज्यू प्रति हार्दिक आभारी छु ।’

– (सद्गुरु) डॉ. मुकुल गाडगीळ, पीएच्.डी., गोवा.

 

विकारहरुको सन्दर्भमा नामजप र त्यस सन्दर्भमा अनुभूति पठाउनुहोस् !

यदि साधकलाई यहाँ दिइएको कुनै विकार छ भने त्यसबाट मुक्ति पाउन चिकित्सा उपचारका साथसाथै त्यस सन्दर्भमा दिएका नामजप गर्ने प्रयास गर्न मन लागेमा त्यो नामजप १ महिना दैनिक १ घण्टा प्रयोगको तौरमा गर्न सक्नुहुन्छ ।

साधकहरूले यस नामजपको सन्दर्भमा आफ्ना अनुभव/अनुभूतिहरू [email protected] यस इ-मेल वा तल दिइएको हुलाक ठेगानामा पठाउनुहोस् ।

साधकका यी अनुभवहरूलाई ग्रन्थमा लिने दृष्टिकोणको साथै नामजपको योग्यता बुझ्ने दृष्टिकोणबाट पनि महत्त्वपूर्ण छ ।

हुलाक ठेगाना: सनातन आश्रम, २४/बी रामनाथी, बांदोडा, फोंडा, गोवा. पिनकोड ४०३४०१

Leave a Comment