श्री दत्तजयन्तीको महत्त्व

Article also available in :

 

१. श्री दत्तजयन्ती

दत्त

 

भगवान दत्तात्रेयको जन्म मार्गशीर्ष पूर्णिमाको दिन साँझ मृग नक्षत्रमा भएको हुनाले यस दिन भगवान दत्तात्रेयको जन्मोत्सव सर्व दत्तक्षेत्रहरुमा मनाइन्छ ।

 

२. दत्तजयन्तीको महत्त्व

दत्त जयन्तीमा दत्ततत्त्व पृथ्वीमा सधैँ भन्दा १००० गुणा बढी सक्रिय हुन्छ । यस दिन भक्तिपूर्वक दत्तको उपासना गर्नाले दत्ततत्त्वको अधिकतम लाभ प्राप्त हुन्छ ।

 

३. जन्मोत्सव मनाउने

दत्त जयन्ती मनाउने कुनै शास्त्रोक्त विशिष्ट विधि पाइँदैन । यस पर्वको सात दिन अगाडि गुरुचरित्र वाचन गर्ने चलन छ । यसलाई गुरुचरित्र सप्ताह भनिन्छ । भजन, पूजा र विशेष गरी कीर्तन आदि भक्तिका रूपहरू प्रचलित छन् । महाराष्ट्रमा, उदुम्बर (गुलार), नरसोबको वाडी, गणागापुर आदि दत्तक्षेत्रहरुमा यस पर्वको विशेष महत्त्व छ । तमिलनाडुमा पनि दत्त जयन्तीको प्रथा छ । कतिपय ब्राह्मण परिवारमा यस पर्वको लागि दत्तनवरात्रिको पालन गरिन्छ र यसको प्रारम्भ मार्गशीर्ष शुक्ल अष्टमीबाट सुरु हुन्छ ।

 

४. दत्तजयन्तीमा अनुभूति हुने

दत्तजयन्तीमा दत्तको भावपूर्वक पूजा गर्दा कस्तो अनुभूति हुन्छ, यसको एउटा उदाहरण अगाडि दिएको छ ।

दत्तजयन्तीमा दत्तको पूजा गर्ने समय दत्तात्रेय देवता आउनु भएको छ यस्तो प्रतीत हुने, दत्तको त्यस रूपबाट ब्रह्मा, विष्णु एवं महेश यस्ता विभिन्न रूप हुने एवं पुनः एकत्र भएर प.पू. डॉ. जयंत आठवलेज्यूको आकृतिमा विलीन हुने

‘दत्त जयन्तीको अवसरमा ८.१२.२००३ मा पुणे स्थित डा. नरेन्द्र दातेज्यूको निवासमा दत्तको पूजा गरिएको थियो । त्यो दिन आरती गर्दै गर्दा दत्तात्रेय आउनु भएको छ यस्तो प्रतीत भयो । ब्रह्मा, विष्णु र महेश यस्ता तीन रूपहरू दत्तको स्वरूपबाट अलग भए । मैले उहाँहरुलाई साष्टांग नमस्कार गरें । त्यसपछि ‘तीनैले हात उठाएर मेरो दिशामा ऊर्जा प्रक्षेपित गर्नुभयो ।’ त्यसपछि ब्रह्मा, विष्णु र महेशको रुप एकत्र भएर दत्तको स्वरूप सृजना सूक्ष्मरुपमा देखियो । त्यसैबेला यस्तो देखियो कि प.पू. डाक्टरज्यूको आकृति दत्तको पछाडि उभिएको छ । केही समयपछि दत्तका रुप प.पू डाक्टरज्यूको आकृतिमा विलीन भयो । यो समयमा प.पू. डाक्टरज्यूको रूप विशाल भयो र उहाँले हात उठाएर मलाई आशीर्वाद दिनुभयो ।’ – श्रीमती मंगला मराठे, सनातन आश्रम, रामनाथी, गोवा

 

५. दत्तयाग

यसमा पवमान पंचसूक्तके पुरश्चरण (जप) एवं त्यसको दशांशले अथवा तृतीयांशले घृत (घी) एवं तिलले हवन गर्छन् । कतिपय ठाउँमा पञ्चसूक्तको सट्टा दत्तगायत्रीको जप एवं हवन गरिन्छ । दत्तयागको लागि गरिने जपको संख्या निश्चित छैन । स्थानीय पुरोहितको परामर्श अनुसार जप र हवन गरिन्छ ।

 

६. भगवान दत्तात्रेयको उपासना अन्तर्गत
केही दैनिक कृत्यहरुको विषयमा ईश्वरबाट प्राप्त ज्ञान

प्रत्येक देवताको विशिष्ट उपासनाशास्त्र छ । अर्थात् प्रत्येक देवताको उपासना अन्तर्गत प्रत्येक कृत्य विशिष्ट ढंगले गर्ने शास्त्र छ । यस्तो कर्मको कारणले नै त्यो देवताको तत्त्वको अधिकतम लाभ प्राप्त हुनमा सहायता हुन्छ । सनातनका साधकहरूले दत्त उपासना अन्तर्गत दैनिक केही कृत्य निश्चितरुपमा कसरी गर्नुपर्छ, यस सन्दर्भमा ईश्वरबाट प्राप्त ज्ञान यहाँ प्रस्तुत तालिकामा दिइएको छ । सनातनद्वारा निर्मित पुस्तक शृङ्खला ‘धर्मशास्त्रले यसो किन भन्छ?’ मा यी र यस्ता अन्य कृतिहरुको शास्त्रीय आधार दिइएको छ ।

उपासनाको कृत्य कृत्यविषयक ईश्वरद्वारा प्राप्त ज्ञान
१. दत्तपूजा पूर्व उपासकले स्वयंलाई कस्तो तिलक लगाउने ? श्रीविष्णुसमान दुई ठाडो रेखाको तिलक लगाउनुहोस् ।
२. दत्तलाई कुन औंलाले चन्दन लगाउनुपर्छ ? अनामिकाले
३. पुष्प चढाउने

अ. कुन पुष्प चढाउने ?

आ. संख्या कति हुनुपर्छ ?

इ. पुष्प चढाउने पद्धति के हो ?

ई. पुष्प कुन आकारमा चढाउने ?

 

जाही एवं रजनीगंधा

सात अथवा सात गुना

पुष्पको डण्डी देवतातर्फ फर्काएर चढाउने ।

चतुष्कोणी आकारमा

४. धूपले आरती गर्ने

अ. तारक उपासनाको लागि
कुन सुगन्धको धूप प्रयोग गर्ने?

 

चन्दन, केवडा, चमेली, जाही एवं अंबर

४ आ. मारक उपासनाको लागि कुन सुगन्धको धूप प्रयोग गर्ने ? हीना
४ इ. संख्या कति हुनुपर्छ ? दुई
४ ई. उतारने पद्धति कस्तो हुनुपर्छ ? दाहिने हातको तर्जनी एवं औंला बीच समातेर घडीको सुइको दिशामा तीन-पटक पूर्ण गोलाकार घुमाएर उतार्ने ।
५. इतर (इत्र) कुन सुगन्धको अर्पण गर्ने ? खस
६. दत्तको न्यूनतम कति परिक्रमा गर्ने ? सात
सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘दत्त – भाग १’

Leave a Comment