नागपञ्चमी

Article also available in :

नागपञ्चमीको दिन काट्न र चीरन निषेध

नागपञ्चमीको दिन तरकारी काट्ने, चीरने, तारने, जमिन जोत्ने वा जमिन खन्ने आदि काम निषेध गरिएको छ । तर वर्षभरि अन्य दिनमा यी काम गर्न कुनै बन्देज छैन । यस लेखमा हामीले नागपञ्चमीका दिन वर्जित कर्म नगर्न आधारभूत शास्त्र र त्यसबाट हुने हानिका बारेमा चर्चा गरेका छौं ।

 

१. नागदेवताको विशेषता र कार्य

१.अ. सर्प इच्छाको उत्पत्तिकर्ता हो । इच्छाको प्रवर्द्धक अर्थात् कामनालाई गति दिने वा इच्छित इच्छा पूरा गर्ने ।

१.आ. नागदेवता इच्छासँग सम्बन्धित कनिष्ठ देवता हुन् ।

 

२. नागपञ्चमीको आध्यात्मिक दृष्टिबाट महत्त्व

२.अ. नागपञ्चमीको दिन सम्बन्धित तत्त्वको देवताजन्य इच्छातरङ्गहरु भूमिमा अवतरित हुनाले वायुमण्डलमा नागदेवताजन्य तत्त्वको मात्रा अधिक हुन्छ ।

२.आ. यस दिन भूमिको समीपवर्ती इच्छाजन्य देवतास्वरूप तरङ्ग घनीभूत अधिक मात्रामा हुन्छ ।

 

३. नागपञ्चमीको दिन काट्ने, चीरने एवं तारने, यी क्रियाहरु निषेधिद्ध हुनुको कारण

काट्ने, चीरने र तारने यी प्रक्रियाहरुले रज-तमसँग सम्बन्धित इच्छातरङ्ग, अर्थात देवताजन्य इच्छातरङ्गको कार्यलाई अवरोध गर्ने तरङ्ग वायुमण्डलमा ऊत्सर्जित अधिक गर्नाले यस दिन नागदेवताजन्य तरङ्गलाई कार्य गर्नमा बाधा उत्पन्न हुन सक्दछ । त्यस कारण नागपञ्चमीको दिन यसप्रकारको कृत्य गर्नाले पाप लाग्न सक्छ; त्यसैले नागपञ्चमीको दिन काट्ने, चीरने, तारने, भूमि जोत्ने, भूमिखन्ने जस्ता कृत्य निषिद्ध मानिएको छ ।

 

४. अन्य दिन काट्ने, चीरने, तारने आदि कृत्यबाट पापको मात्रामा अल्प हुने

अन्य दिन यस्ता देवताजन्य इच्छातरङ्गको वास भूमि नजिक नहुँदा त्यस्ता कर्म गर्दा हुने समष्टि पापको मात्रा अल्प हुन्छ । यसबाट यो ध्यानमा आउँछ कि वायुमण्डलमा अमुक-अमुक दिन हुने देवताहरुको कार्यरत तरङ्गहरुलाई आधारभूत मानेर, विशेष दिनमा त्यहि चाडपर्व एवं उत्सव मनाउने पद्धति हिन्दू धर्ममा छ । यसको विशेष महत्त्व पनि बुझ्न सक्छौं ।

 

५. पहिलाको समयमा कन्दमूललाई भुटेर अथवा उमालेर खाँदा पातकको मात्रा अल्प

पहिलाको समयमा कन्दमूल भुटेर वा उमालेर खाने पद्धति थियो । यस प्रक्रियामा काट्ने, चीरने, तारने जस्ता कृतिहरु हुँदैन । त्यसैले पातक लगने सम्भावना पनि कम थियो ।

 

६. कलियुगमा नाम लिएर हरेक कृति गर्नुको महत्व

कलियुगमा पुरानो परम्पराको पालना गर्न कठिन हुने भएकाले हरेक कर्मबाट उत्पन्न हुने पापबाट मुक्ति पाउनको लागि साधनाको स्तरमा अर्थात् नामसहितको कर्म गर्नु आवश्यक छ । यसले कलियुगमा नामसाधनाको महत्व ध्यानमा आउँछ ।

– एक विद्वान (श्रीमती अंजली गाडगीळको माध्यमबाट, आषाढ कृष्ण ३, कलियुग वर्ष ५१११ (१०.७.२००९)

 

७. नागपञ्चमीको दिन काट्ने, चीरने, तारने जस्ता निषेधित कृतिहरु गर्दा हुने परिणाम

अ. काट्ने अथवा चीरने

७.अ.१. ‘नागपञ्चमीको दिन वायुमण्डलमा चैतन्य एवं शक्ति कणको रूपमा अस्तित्व हुने
७.अ.२. नागपञ्चमीको दिन काट्ने (अथवा चीरने) कृत्यको कारण चक्कु (अथवा हँसिया) को घर्षणले तमोगुणी तरङ्ग उत्पन्न हुन्छ

७.अ.२.अ. वस्तुलाई काट्दा (अथवा चीरदा) वस्तुको वरिपरि तमोगुणी वलय निर्माण हुनाले, वातावरणमा तमोगुणी वलयको प्रक्षेपण हुने

७.अ.२.आ. वातावरणमा कालो तमोगुणी कण फैलिने

७.अ.३. नागपञ्चमीको दिन वातावरणमा कार्यरत पवित्रक हुने एवं काट्ने (अथवा चीरने) यी तमोगुणी कृत्य गर्नाले वातावरणमा तमोगुण प्रक्षेपित हुनाले वातावरण दूषित हुने

काट्ने, तारने, चीरने जस्ता कृत्यहरुले रज-तमप्रधान स्पन्दनहरु उत्पन्न हुन्छ र त्यसको व्यक्तिमा परिणाम हुन्छ । त्यसैले नागपञ्चमीको दिन यी काम नगर्नुहोस् ।’

– कु. प्रियांका लोटलीकर, सनातन संस्था, गोवा, आषाढ कृ. १, कलियुग वर्ष ५१११ (८.७.२००९)
सन्दर्भ : सनातन-निर्मित ग्रन्थ ‘त्योहार, धार्मिक उत्सव एवं व्रत’

Leave a Comment