मकर संक्रान्ति जसले मानिसलाई स्नेहभावको साथ उत्तरोत्तर प्रगतिको सन्देश दिन्छ !
मकर संक्रान्ति प्रकृतिसँग सन्तुलन कायम गर्ने पर्व हो । यसलाई भारतभर विभिन्न नामले मनाइन्छ । छत्तीसगढ, गोवा, ओडिशा, बिहार, झारखण्ड, आंध्रप्रदेश, तेलंगाना, कर्नाटक, केरल, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, राजस्थान, सिक्किम, उत्तर प्रदेश, पश्चिम बंगाल, गुजरात र जम्मू आदी राज्यहरुमा यस उत्सव मकर संक्रान्तिको नामले जनिन्छ ।
तमिळनाडुमा यसलाई ‘पोंगल’ भनिन्छ । सिंधीहरुले यस पर्वलाई ‘तिरमौरी’ भन्ने गर्छन् । यही पर्वलाई गुजरात र उत्तराखण्डमा ‘उत्तरायण’ पनि भनिन्छ । हरियाणा, हिमाचल प्रदेश, पंजाबमा ‘माघी’, असममा ‘भोगाली बिहु’ भनेर मनाइन्छ । कश्मीर घाटीमा यसलाई ‘शिशुर सेंक्रात’ भनिन्छ । उत्तर प्रदेश र पश्चीमी बिहारमा यस पर्वलाई ‘खिचडी’ भनेर चिनिन्छ । पश्चिम बंगालमा यसलाई ‘पौष संक्रान्ति’, भने कर्नाटकमा ‘मकर संक्रमण’ भनिन्छ । पंजाबमा यो पर्वलाई ‘लोहडी’ नामले पनि मनाइन्छ ।
यहाँ हामीले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि यो पर्व भारतका सबै ठाउँमा मनाइन्छ । जसका कारण हिन्दु धर्मको महत्व पनि ध्यानमा आउँछ । संस्कृतिले गर्दा एकता सम्भव हुन्छ । कुनै पनि देशको भौगोलिक सिमाना मात्र हुन्छ तर संस्कृतिले गर्दा यसले कसरी राष्ट्रको रूप लिन्छ र विभिन्न भाषा र भौगोलिक क्षेत्रका मानिसहरूलाई एउटै धागोमा बाँध्छ । त्यसैले चाडपर्वको अनन्यसाधारण महत्व छ । यसबाट यो पनि स्पष्ट हुन्छ कि नेपालमा भाषा र राज्य फरक भए पनि संस्कृति एक राष्ट्र हो ।
मकर संक्रान्ति अन्य देशहरुमा मनाइन्छ !
संक्रान्ति यो पर्व भारत र विदेशमा पनि मनाइन्छ । बंगलादेशमा यो पर्वलाई ‘शंक्रेन’ (Shakrain) र ‘पौष संक्रान्ति’ को नामले मनाइन्छ ।
नेपाल
भारतको छिमेकी मुलुक नेपालमा पनि यो पर्व फरक-फरक नाम र विभिन्न रीति-रिवाज द्वारा भक्ति र उत्साहका साथ मनाइन्छ । मकर संक्रान्तिको दिन किसानहरुले राम्रो बालीको लागि भगवानलाई धन्यवाद दिन्छन् र उहाँको आशीर्वादको लागि प्रार्थना गर्छन् । मकर संक्रान्तिलाई नेपालमा ‘माघे–संक्रान्ति’, ‘सूर्योत्तरायण’ र थारु समुदायमा ‘माघी’ भनिन्छ। यो दिन नेपालमा सार्वजनिक बिदा हुन्छ । यो पर्व थारु समुदायको प्रमुख चाड हो । नेपालका अन्य समुदायका मानिसले पनि तीर्थस्थलमा स्नान गरेर दान-पुण्य गर्छन् । यसका साथै तिल, घिउ, चिनी र कन्द खाई यो पर्व मनाइन्छ ।
थाइल्याण्ड
थाइल्याण्डमा अप्रिलमा यो पर्व मनाइन्छ । त्यहाँ यो पर्वलाई ‘सॉन्कर्ण’ भनिन्छ । यहाँको संस्कृति भारतीय संस्कृति भन्दा फरक छ । भनिन्छ कि थाइल्याण्डमा प्रत्येक राजाको आफ्नै विशेष चङ्गा हुन्थ्यो, जुन जाडो मौसममा देशमा शान्ति र समृद्धिको आशामा भिक्षुहरू र पुजारीहरूले उडाउँथे ।
म्यानमार
म्याननमारमा पनि अप्रिल महिनामा यो पर्व ‘थिङ्ग्यान’ नाममले मनाइन्छ । म्याननमारमा यो पर्व ३-४ दिनसम्म चल्छ । नयाँ वर्षको आगमनको खुसीमा यहाँ यो पर्व मनाइने जनविश्वास छ ।
श्रीलंका
श्रीलंकामा मकर संक्रान्ति मनाउने विधि भारतीय संस्कृतिभन्दा अलि फरक छ । यहाँ यो पर्वलाई ‘उजाहवर थिरुनाल’ भनिन्छ । यहाँ तमिलनाडुका मानिसहरू बस्छन्, त्यसैले यस पर्वलाई श्रीलंकामा ‘पोंगल’ पनि भनिन्छ ।
कम्बोडिया
मकर संक्रान्तिलाई कम्बोडियामा ‘मोहा संगक्रान’ भनिन्छ। यहाँ भारतीय संस्कृतिको झलक देख्न सकिन्छ । नयाँ वर्षको आगमन र वर्षभरी समृद्धिको लागि यहाँका बासिन्दाले हर्षोल्लासका साथ यो पर्व मनाउने जनविश्वास छ ।
भारतीय संस्कृतिमा मकरसंक्रान्तिको पर्व आपसी मतभेद बिर्सेर प्रेमभाव बढाउन मनाइन्छ । तर राष्ट्रलाई विचार गर्ने हो भने अवस्था अत्यन्तै हृदयविदारक छ । आतंकवाद, भ्रष्टाचार, हत्या, बलात्कार, गुंडागर्दी, दंगा र बम विष्फोट र जारी कोरोना महामारीको काल! के हामी साँच्चै चाडपर्वहरू हर्षोल्लास र मंगलमय वातावरणमा मनाउन सक्ने अवस्थामा छौं? यसको जवाफ हो – छैन । त्यसो भए यसलाई परिवर्तन गर्न के गर्नुपर्छ? के यो अवस्था बदल्न असम्भव देखिन्छ? राज्य, धर्म र प्रकृतिको सीधा सम्बन्ध हुन्छ । आजकाल राजा धर्माष्ठित नहुनाले र अधिकांश प्रजाले पनि धर्मपालन नगर्नाले वातावरणमा रज-तम गुणको प्रभुत्व बढेको छ । जब राजा धर्मीधिष्ठित हुनेछ र प्रजाले पनि धर्मको पालना गर्नेछन्, तब वातावरण विगतको जस्तै सात्विक हुनेछ ।
१. ‘मकर संक्रान्तिको आध्यात्मिक तात्पर्य जीवनमा सम्यक क्रान्ति ल्याउनु हो । आजको राष्ट्रको अवस्था हेर्दा आन्तरिक तथा बाह्य वैचारिक क्रान्तिको नितान्त आवश्यकता छ । यसका लागि हिन्दूहरू एकजुट हुनु वर्तमानको आवश्यकता हो । संक्रान्ति देवताले सात्विकता ल्याउँछ र दुष्टताको विनाश गर्नुहुन्छ । हामीले धर्माचरणद्वारा सात्त्विकताको लाभ लिनुपर्छ । सन्त एवं द्रष्टापुरुषहरूले भन्नु भएको जस्तै आउन लागेको भयावह संकटलाई ध्यानमा राखी वर्तमान कालमा साधना र हिन्दू संगठन गर्न आवश्यक छ । मकर संक्रान्तिको यस शुभ अवसरमा धर्माचारण गर्ने संकल्प गरौं । यसलाई आफ्नो धर्म मानेर धार्मिक बनौं !