सद्गुरु डॉ. मुकुल गाडगीळ
‘रूस-युक्रेन युद्ध सुरु भइ सकेको छ । युद्धको कारण युक्रेनका नागरिकहरुले के अनुभव गरिरहेका छन् भन्ने कुरा हामीले दैनिक समाचारबाट थाहा पाइरहेका छौं । यस युद्धमा अन्य देश पनि सामेल भए तेस्रो विश्वयुद्ध सुरु हुन धेरै समय लाग्दैन । रुस-युक्रेन युद्धले युक्रेनी जनतालाई तेस्रो विश्वयुद्धको सामना गर्न केही हदसम्म तयार पारेको छ । सेनाले त्यहाँका मानिसहरूलाई हतियार चलाउने तालिम दिइरहेको छ । त्यसैले जनताको मनोबल बढेको छ र रुसी सेनाको सफलतापूर्वक प्रतिरोध गरिरहेको छ । जसका कारण रुसलाई युक्रेनलाई नियन्त्रण गर्न कठिन भएको छ । युक्रेनका जनताको यो तयारी प्रशंसनीय छ, तर यो शारीरिक र मानसिक स्तरको मात्र हो । सबैभन्दा महत्त्वपूर्ण तयारी आध्यात्मिक स्तरमा हुन्छ ।
रुस–युक्रेन युद्धको समाचारबाट नेपालको जनताले सिक्नुपर्छ कि युद्धको प्रत्यक्ष सामना कसरी गर्नुपर्छ ? तेस्रो विश्व युद्ध भएमा, यो धेरै महिना सम्म चलि रहनेछ । शारीरिक, मानसिक र आध्यात्मिक स्तरमा आफूलाई तयार गर्न कुन ठोस सूत्रहरूलाई ध्यानमा राख्नुपर्छ भन्ने यहाँ दिइएको छ । यो तयारी आजैबाट गम्भीरतापूर्वक गरौँ !
१. शारीरिक स्तरको तयारी
अ. हाम्रो शरीरले संकटको सामना गर्न सक्षम हुनुपर्छ । त्यसो हुनको लागि, प्रत्येक दिन कम्तिमा ३० मिनेट नियमित रूपमा व्यायाम गर्नुहोस् । सूर्यनमस्कार गर्नुहोस्, यो सम्पूर्ण शरीरलाई सक्षम बनाउन व्यायामको एक सुन्दर रूप हो । कम्तिमा १२ पटक सूर्यनमस्कार नियमित गर्नुहोस् । हरेक दिन दौडने व्यायाम गर्नुहोस् । हामी कम्तिमा ५ – १० मिनेट दौडन सक्नु पर्छ । हामीबाट जति सम्भब छ त्यति व्यायाम नियमित गर्नुहोस् र यसलाई हरेक महिना थोरै बढाउनुहोस् ।
आ. नियमित रूपमा प्राणायाम गर्नुहोस् । आउँदैन भने सिक्नुहोस् । प्राणायाम गर्दा श्वास थाम्ने अभ्यास हुन्छ । यो अभ्यास उपयोगी हुनेछ जब हामीले कसैलाई पानीबाट बचाउनु पर्छ, धुवाँ छ वा ग्यास चुहिएको छ ।
इ. पौडी खेल्न जान्नु, यो अत्यन्त आवश्यक छ । पानीमा डुबेकालाई बचाउन वा स्वयंको प्राण बचाउनको लागि प्रयोग हुनेछ ।
ई. युद्धको समयमा खाना पाउन गाह्रो हुन्छ । तब हामी १-२ दिन भोकै बस्नु पर्ने हुन्छ । यसको लागि अभ्यास गर्न, हामीले दिनमा कम्तिमा एक पटक केही नखाई वा नपिई उपवास बस्ने बानी बसाउनु पर्छ । यसका लागि हप्तामा एकपटक अभ्यास गर्नुहोस् । अगाडि गएर ‘दिनभर केवल पानी मात्र पिएर उपवास राख्न सक्छौं?’, यसको पनि प्रयास गर्नुहोस् ।
उ. कुनै शारीरिक रोग भएमा समयमै वैद्य वा आधुनिक चिकित्सक (डाक्टर) लाई देखाएर उपचार गर्नुहोस् । रोग सानो भए पनि बेवास्ता नगर्नुहोस् । ४० वर्ष वा माथिका व्यक्तिले आफ्नो सामान्य जाँच, आँखा र दाँतको जाँच गराउनुपर्छ । युद्धको समयमा चिकित्सा सहायता सजिलै उपलब्ध हुनेछैन ।
ऊ. माथिको परीक्षणमा भेटिएका रोगहरुमा आवश्यकता अनुसार थप परीक्षण र उपचार गराई आफ्नो स्वास्थ्य अवस्थालाई सकेसम्म सामान्य बनाउनुहोस् । जस्तै. रगतमा जीवनसत्त्वको मात्रा आवश्यक भन्दा कम भएमा त्यसलाई पूर्ववत गर्न पूरक आहार र चक्की आदि लिने ।
ए. हामीमा भएको विकार, ‘कहिले ध्यानमा आयो ?’, त्यसको कारण, त्यसमा लिइएको वैद्यकीय उपचार, पूरक आहार, पथ्य इत्यादि सबै एउटै कपीमा लेखेर राख्नुहोस् । ‘कुन विकार पुन: परीक्षण कहिले गर्ने ?’, यसको पनि कपीमा प्रविष्टि गर्नुहोस् । प्रविष्टिमा हामीलाई कुनै औषधि, पदार्थ, खाद्यपदार्थ, धुलोबाट ‘एलर्जी’ भएको कुरा पनि उल्लेख गर्नुहोस् ।
ऐ. सबै मेडिकल रेकर्डहरू, डाक्टरको प्रिस्क्रिप्शन र रोगहरूसँग सम्बन्धित रिपोर्टहरू समावेश भएको ‘स्वास्थ्य’ फाइल बनाउनुहोस् । सबै रेकर्डहरू विकारको समूह र मिति अनुसार फाइल गर्नुहोस् । सबैभन्दा भर्खरको कागजात माथि राख्नुहोस् । विगत ३ वर्षको अभिलेख एउटै फाइलमा राख्न सकिन्छ र बाकि सबै पुराना अभिलेखहरूलाई छुट्टै फाइलमा राख्न सकिन्छ । सम्भव भएमा महत्त्वपूर्ण कागजात र प्रतिवेदनका फोटो खिचेर मोबाइल फोन, पेन ड्राइभ आदिमा राख्नुहोस् ।
ओ. रक्तचाप, मधुमेह जस्ता रोग लागेमा दीर्घकालीन (संभवत: जीवनभरका लागि) औषधोपचार जारी राख्नु पर्ने हुन सक्छ । यस्तो अवस्थामा आधुनिक वैद्यको सलाह लिएर औषधिहरु संग्रहित गर्नुहोस् । चश्मा, कर्ण यंत्र (ठीकसँग सुनाई दिनको लागि उपयोगी यंत्र) जस्ता दैनिक जीवनमा अवश्यक पर्ने उपकरणहरुको अतिरिक्त जोडी सधैं राख्नुहोस् । त्यस्ता यन्त्रहरुलाई आवश्यक पर्ने ‘ब्याट्री’ प्रयाप्त मात्रामा हामीसँग संग्रह हुन आवश्यक हुन्छ । हामीलाई लाग्ने उपचारको लागि आवश्यक औषधि र उपकरणहरुको ‘इमर्जेन्सी किट’ तयार राख्नुहोस् । त्यसमा लगभग १५ दिनसम्म पुग्ने औषधि हुनुपर्छ । आपतकालिन अवस्थामा यो ‘किट’ लिएर तुरुन्तै निक्लिन सक्छौं ।
२. मानसिक स्तरको तयारी
अ. ‘के म कठिन परिस्थितिको सामना गर्न सक्छु ?’, भन्ने प्रश्नमा आत्मनिरीक्षण गर्नुहोस् । यदि अरु कसैमाथि कठिन प्रसंग आइपरेमा ‘त्यतिबेला मैले के गर्ने थिएँ ?’, यस्तो प्रश्न स्वयंलाई सोधेर त्यो परिस्थितिको अभ्यास गर्नुहोस् । यसले मनको तयारी हुन्छ र यदि यस्तो घटना हामीमाथि आयो भने तुरुन्तै कृति गर्न सक्छौं ।
आ. यदि हामी आफै वा अरु कसै अधिक मात्रामा जल्यो वा घाइते भयो भने के हामी त्यसलाई सहन सक्छौं ? यस्तो अवस्थामा डराउने, आत्तालिने गछौं या सहयोगको लागि केहि कृति गर्छौं ? ‘कोहि दुर्घटनामा परेको देख्दा के हामी उसलाई सहयोग गर्न दौडन्छौं’, भन्ने कुरामा आत्मनिरिक्षण गर्नुहोस् । त्यस्तो समयमा हामीले जानाजानी जिम्मेवारी लिएर कृति गर्नुपर्छ ।
इ. घर वा अन्यत्र कतै सानो आगो लाग्यो भने डराएर भाग्दैनौं; वा त्यो आगो निभाउन केही ठोस उपायहरू गर्नुहुन्छ? हामी हडबडायौं भने जति धेरै तात्त्विक जानकारी भए पनि ‘त्यस सन्दर्भमा के गर्ने ?’ भन्ने बुझ्दैनौं । त्यसैले यस्तो अवस्थामा मन शान्त राख्नु जरुरी छ ।
ई. आफैलाई सोध्नुहोस्, ‘यदि कसैले गुन्डागर्दी गरिरहेको छ भने के म बुद्धिमानीपूर्वक सामना गर्न सक्छु?’ । समय आएमा ती गुन्डा विरुद्ध लड्न दुई हातको प्रयोग गर्ने तयारी हुनुपर्छ । यदि तपाईले चिनेको व्यक्तिसँग झगडा गरिरहेको छ भने त्यसलाई समाधान गर्ने प्रयास गर्नुहोस् ।
उ. अरूलाई सहयोग गर्ने प्रवृत्ति हामीमा हुनुपर्छ र यदि छैन भने प्रयास पूर्वक निर्माण गर्नुहोस् । यदि हामीमा त्यस्तो मनोवृत्ति छ भने, कठिन परिस्थितीमा भगवान हाम्रो सहायताको लागि अरूलाई पठाउनुहुनेछ ।
ऊ. हाम्रो स्वाभाव एक्लै बस्न मनपराउने खालको हुनु हुँदैन । यस्तो व्यक्तिलाई आपतकालीन अवस्थामा मद्दत पाउन गाह्रो हुन्छ; किनकी उसले कसैलाई चिनेको हुँदैन । त्यसैले सबैसँगै बस्ने बानी बसाल्नुहोस् । एक्लै बस्न मन पराउने व्यक्तिले आफ्नो बारेमा मात्र सोच्दछ । यसको विपरीत अरूको बारेमा सोच्ने बानी बसाल्नुहोस् ।
ए. मनमा मातृभूमि प्रति अपार प्रेम जगाउनुहोस् । जसरी हाम्रो आमाले हाम्रो हेरचाह गर्नुहुन्छ, त्यसरी नै हाम्रो मातृभूमिले पनि हाम्रो हेरचाह गर्छ । त्यसैले हामी उहाँप्रति कृतज्ञ हुनुपर्छ । जब यस्तो लाग्दछ, तब मात्र हामी मातृभूमिको लागि आफ्नो जीवन बलिदान गर्न पनि पछाडि फर्किने छैनौं । मातृभूमि प्रति माया लाग्नु, अर्थात देशप्रति माया ! यस्तो लागेपछि मात्र हामी समय आएपछि देशको शत्रुहरु विरुद्ध लड्न सक्नेछौं । रशिया-युक्रेन युद्धमा युक्रेनको जनताले यही गरिरहेका छन् । जब मातृभूमिको माया हुन्छ, तब व्यक्तिगत स्वार्थका लागि धर्मबन्धुलाई धोका दिएर भ्रष्टाचार गर्दैनौं न त शत्रुको हातमा बिक्नेछौं । हामी मातृभूमिसँग सम्बन्धित सबै चीजहरूप्रति प्रेम महसुस गर्नेछौं । देशका लागि कर्तव्यनिष्ठ रहनको लागि तयार हुनेछौं ।
३. बौद्धिक स्तरमा तयारी
अ. युद्धको समयमा अरुलाई मद्दत गर्नको लागि प्रथमिक उपचार सिक्न र गर्न सक्नु आवश्यक छ । शरीरमा घाउ हुँदा कसरी ‘बैंडेज’ बाँध्ने ?’, ‘अस्थिभंग भए कसरी मद्दत गर्ने ?’, ‘स्ट्रेचर’ उपलब्ध छैन भने झोलीको सहायताबाट व्यक्तिलाई अर्को स्थानमा कसरी लैजाने ?’, आदि सिक्नुहोस् । युद्धको समयमा हामीले यसरी सहयोग गर्नु पर्ने हुन्छ । यो ज्ञानको लागि सनातन संस्थाको अगाडि दिएको ३ वटा ग्रन्थ उपलब्ध छन् ।
१. रोगीको प्राणको रक्षा एवं मर्माघातादि विकारहरुको लागि प्राथमिक उपचार
२. रक्तस्राव, घाउ, अस्थिभंग आदि को प्राथमिक उपचार
३. श्वासावरोध, जलना, प्राणिको टोकाइ, विषबाधा आदिको प्राथमिक उपचार
आ. रगतमा चिनीको मात्रा परीक्षण गर्न, रक्तचाप नाप्न र ‘पल्स अक्सिमिटर’ प्रयोग गर्न सिक्न सक्नुहुन्छ ।
इ. ‘युद्धकालमा कुनै ठाउँमा आगो लागेमा कसरी निभाउने ?’ भन्ने अलिकति ज्ञान हुनुपर्छ । तेलका कारण लागेको आगो, विद्युतीय उपकरणबाट लागेको आगो, विभिन्न कारणले लागेको आगोलाई विभिन्न विधिबाट निभाउनुपर्छ । यसको ज्ञान हुनुपर्छ । यसका लागि सनातन संस्थाको ‘अग्निशमन प्रशिक्षण’ पुस्तक उपलब्ध छ ।
ई. युद्धको समयमा तुरुन्तै चिकित्सा सहायता मिल्न। गाह्रो हुन्छ । यस्तो बेलामा रोगीमा बिन्दुदाबन, जप गरेर वा प्राणशक्तिवहन पद्धतिबाट उपाय गरेर केहि विकारहरुमा रोगीको पीडा कम गर्न सकिन्छ । यी विधिहरू सिक्नको लागि, सनातन संस्थाबाट तल दिइएका ग्रन्थहरूको आजैदेखि अभ्यास गर्नुहोस् र यी पुस्तकहरु पनि आफूसँग राख्नुहोस् ।
१. शारीरिक, मानसिक एवं आध्यात्मिक पीडाका उपचार ‘बिन्दुदाब (एक्युप्रेशर)’
२. सामान्य विकारहरुको लागि बिन्दुदाब उपचार (ज्वरो, बद्धकोष्ठता आदि जस्ता ८० भन्दा बढी विकारहरुमा उपयुक्त !)
३. विकार-निर्मूलनको लागि नामजप (नामजपको महत्त्व र यसका प्रकारहरुको अध्यात्मशास्त्र)
४. नामजप-उपचारबाट दूर हुने विकार (नामजपको सूचना सहित मुद्रा र न्यास पनि अंतभूत)
५. विकार अनुसार नामजप-उपचार (देवताको जप, बीजमन्त्र आदि)
६. विकार-निर्मूलनको लागि प्राणशक्ति (चेतना) प्रणालीमा अवरोध कसरी पत्ता लगाउने ?
७. प्राणशक्ति प्रणालीमा अवरोधको कारण उत्पन्न विकारहरुको उपचार
उ. युद्धको समयमा, यो भूमिगत घरमा लुक्न सबैभन्दा सुरक्षित हुन्छ । त्यस्ता भूमिगत घर तपाईको इलाकामा कहाँ छन् पत्ता लगाउनु होस् । शहरमा मेट्रो ट्रेनहरू प्रायः भूमिगत हुन्छन् । हामी त्यस्ता भूमिगत ‘मेट्रो’ स्टेशनहरूमा पनि केही समय लुक्न सक्छौं । कहिलेकाहीँ प्रमुख चार लेन सडकहरू पार गर्न भूमिगत बाटो हुन्छ । हामी त्यस्तो ठाउँमा पनि लुक्न सक्छौं । यी भूमिगत स्थानहरूले हामीलाई बम विस्फोट वा परमाणु बमको विस्फोटबाट फैलिने हानिकारक विकिरणहरूबाट जोगाउन सक्छ ।
ऊ. तपाईको गाउँ वा शहरमा विभिन्न सेवाभावी संस्थाहरू हुन्छन् । तिनीहरूको जानकारी लिएर तिनीहरूसँग पहिचान गर्नुहोस् । हामी वा हाम्रो वरपरको परिसरमा कुनै अप्ठ्यारो घटना पर्दा हामी उनीहरूको मद्दत लिन सक्छौं । तिनीहरूको सम्पर्क नम्बर लिनुहोस् । उनीहरूलाई आफ्नो सम्पर्क नम्बर पनि दिनुहोस्, अर्थात समय आएमा हामी पनि उनीहरूको मद्दत लिन सक्छौं ।
४. आध्यात्मिक स्तरमा तयारी
अ. हिन्दू संस्कृतिमा ‘आचारधर्म’ को पालना गर्नुहोस् । आचार धर्मको पालना गर्नाले हरेक कर्म सात्विक भएर चैतन्य प्राप्त हुन्छ नै, यसको साथै हामी ईश्वरसम्म पुग्न सक्षम हुन्छौं । आचारधर्मको पालना गर्नाले, अर्थात् धार्माचारण गर्नाले हाम्रो मनोवृत्ति सात्विक हुन्छ र हाम्रो मार्गक्रमण ईश्वरको दिशामा द्रुत हुन्छ । आचारधर्मको पालनाले व्यक्तिको व्यवहारिक जीवनमा पनि प्रगति गर्न मद्दत गर्छ, जस्तै ‘सच्चाईको साथ आचरण गर्नुहोस्’ यो आचारसंहिताको पालना गर्नाले झुट बोलेर पाप लाग्दैन, योसँगै नैतिकता, सुसंस्कृतता, यी गुणहरूको पनि विकस हुन्छन् । यस्तो सत्त्वगुणी व्यक्तिलाई मात्र कठिन समयमा भगवानले रक्षा गर्नुहुन्छ । ‘दिनचर्यामा आचारधर्मको कसरी पालन गर्ने?’ बुझ्नको लागि, सनातन संस्थाको अगाडि दिएको प्राथमिक ग्रन्थहरू पढ्नुहोस् ।
१. आचारधर्मको प्रस्तावना
२.स्नानपूर्व आचारहरुका आध्यात्मशास्त्रीय आधार
३.स्नानदेखि साँझसम्मको आचारहरुका अध्यात्मशास्त्रीय आधार
आ. प्रत्येक दिन सूर्योदय र सूर्यास्तको समयमा अग्निहोत्र गर्नुहोस् । यदि दुबै पटक सम्भव छैन भने, कुनै एक समयमा गर्नुहोस् । अग्निहोत्र गर्नाले तपाईको वरपरको वातावरण कीटाणुरहित, शुद्ध, प्राणशक्तियुक्त र पवित्र बन्छ । प्रतेक दिन घरमा अग्निहोत्र गर्नाले घरमा सबैको स्वास्थ्य राम्रो रहन्छ, कसैलाई रोग लाग्दैन, साथै उत्सर्जित चैतन्यले सबैलाई आध्यात्मिक दृष्टिले पनि लाभ हुन्छ । कोरोना महामारीका बेला अग्निहोत्र गर्ने व्यक्तिलाई कोरोना नभएको पाइएको छ । अहिले धेरै देशहरूसँग रोग र महामारी फैलाउन जैविक हतियारहरू पनि छन् । युद्धमा तिनीहरुको प्रयोग हुँदा फैलिने रोगहरुको साथै आणविक बमको विस्फोटका कारण फैलिने घातक किरणबाट पनि अग्निहोत्रको कारण रक्षा हुन्छ । यस सन्दर्भमा थप जानकारीको लागि सनातन संस्थाको ‘अग्निहोत्र’ पुस्तक पढ्नुहोस् ।
इ. भगवानको कृपाआशीर्वाद प्राप्त गर्नको लागि दैनिक करिब २ घण्टा आफ्नो उपास्यदेवताको नामजप गर्नुहोस् । यदि तपाईको उपास्यदेवता छैन भने, भगवान श्री कृष्णको नाम ‘ओम नमो भगवते वासुदेवाय’ जप गर्नुहोस् । दु:खमा र आनन्दमा पनि भगवानको स्मरण गर्नुहोस्; ‘कठीन अवस्थामा उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ’ भन्ने कुरा मनमा राख्नुहोस् । याद गरेन भने, भगवानलाई पुकारेन भने, उहाँ कसरी हाम्रो सहायताको लागि दौडिएर आउँनुहुन्छ ! भगवानको भक्त बन्नाले ‘उहाँले हाम्रो रक्षा गर्नुहुन्छ’ भन्ने यस्तो दृढ विश्वास हामीमा निर्माण हुन्छ र हामी कठिन परिस्थितिमा पनि स्थिर रहन सक्षम हुन्छौं । ‘मेरो भक्तको कहिल्यै नाश हुँदैन’, यस्तो छ उहाँको वचन छ !
ई. धर्मको रक्षा गर । ‘धर्मको विनाशलाई खुल्ला आँखाले हेर्ने महापापी हुन्छ भने धर्मको रक्षाका लागि प्रयत्न गर्दा मुक्तिको अधिकारी हुन्छ, यस्तो धर्मवचन छ । यससँगै ‘जसले धर्मको रक्षा गर्छ, उसको रक्षा धर्म (ईश्वर) ले गर्नुहुन्छ’, यस्तो पनि धर्मवचन छ । धर्मको रक्षा गर्नु वर्तमान समय अनुसार आवश्यक धर्मपालन नै हो । धर्मको रक्षाका लागि कौरवहरूसँग लड्नुको कारण शिष्य अर्जुन गुरु श्रीकृष्णको प्रिय बने । छोटकरीमा, जब हामी धर्मको रक्षाको लागि कृति गर्छौं, हामीमा ईश्वरको कृपा हुन्छ । अहिले सनातन हिन्दू धर्ममा धर्मद्रोही र हिन्दू विरोधीहरुले चर्को आक्रमण गरिरहेका छन् । पहिले कानुनको दायरामा बसेर (कानूनी तरिकाले) प्रबोधन गर्नुहोस् र यदि उनीहरूले सुन्दैनन् भने उनीहरूको निषेध गर्दै वैध मार्गबाट विरोध गर्नुहोस् ।’