वैद्य मेघराज पराडकर
त्रिभुवनकीर्ति रस ज्वरोको औषधिको रूपमा प्रसिद्ध छ ।
१. सम्भावित उपयोग
‘यो ज्वरोको औषधिको रूपमा प्रसिद्ध छ । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।
उपयोग | औषधि लिने पद्धति | अवधि |
---|---|---|
सबै प्रकारको ज्वरो | ज्वरो अधिक छ भने प्रत्येक २ घण्टामा १ गोलि आधा चम्चा महको साथ अथवा सोही मात्रामा अदुवाको रसमा मिलाएर चाट्नुहोस् । एक दिनमा अधिकतम ६ गलि । हल्का ज्वरो छ भने दिनमा २-३ पटक १ गोलि तातो पानीको साथ लिनुहोस् । | तात्कालिक अथवा २ – ३ दिन |
२. सूचना
अ. औषधिको गोलि चपाएर अथवा चूर्ण बनाएर लिनाले यसको परिणामकारकता बढ्दछ ।
आ. आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।
३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !
मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण
४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !
‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’
– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)