वैद्य मेघराज पराडकर
चन्द्रामृत रसले श्वसनतंत्रलाई बलियो बनाउँछ ।
१. सम्भावित उपयोग
‘यो श्वसनतंत्रलाई बलियो बनाउँने औषधि हो । विकारहरुमा यसको सम्भावित उपयोग आगाडि दिएको छ; प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरु अनुसार उपचारमा परिवर्तन हुन सक्छ । तसर्थ, वैद्यको मार्गदर्शनमा नै औषधि लिनुहोस् ।
उपयोग | औषधि लिने पद्धति | अवधि |
---|---|---|
अ. सबै प्रकारको खोकी | दिनमा २ – ३ पटक १ देखि ४ गोलिको चूर्ण एक चौथाई देखि १ चम्चा महमा मिलाएर चाट्नुहोस् अथवा केवल त्यतिनै गोलि चुसेर खानुहोस् । | ४ देखि ५ दिन |
आ. श्वसनतंत्रको सबै विकारहरुमा श्वसनतंत्रलाई बलियो बनाउनको लागि उपयुक्त | दिनमा २ – ३ पटक १ – २ गोलिको चूर्ण आधा चम्चा महमा मिलाएर अथवा पानीको साथ लिनुहोस् । | १ देखि ३ महिना |
२. सूचना
आयुवर्ग ३ देखि ७ को लागि एक चौथाई र ८ देखि १४ को लागि गोलिको चूर्ण आधा मात्र लिनुहोस् ।
३. औषधिको उचित परिणाम प्राप्त गर्न यस्तो नगर्नुहोस् !
मैदा र बेसनको पदार्थ; अमिलो, नुनीलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनीर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने, घाममा घुम्ने तथा रात्रि जागरण
४. औषधि लिइरहँदा उपास्य देवतालाई प्रार्थना गर्नुहोस् !
‘हे भगवान, म यो औषधि तपाईको चरणमा अर्पण गरि तपाईको ‘प्रसाद’ को रुपमा ग्रहण गरिरहेको छु । यो औषधिले मेरो विकारहरु निको पारि दिनुहोस् ।’
– वैद्य मेघराज माधव पराडकर, सनातन आश्रम, रामनाथी, गोवा. (११.६.२०२१)