हरितालिका (तीज)

भाद्रपद मासको महत्त्व

चैत्रादि गणना अन्तर्गत भाद्रपद छैठौं मास हो । यस महिनाको पूर्णिमाको आसपास पूर्वाभाद्रपदा नक्षत्र आउँदछ । त्यसैले यस महिनालाई ‘भाद्रपद’ भनेर पनि चिनिन्छ । यस महिनाको अर्को नाम हो ‘नभस्य’ । भाद्रपद महिनामा श्रीविष्णुको कृपाको लागि मह र घी प्रयोग गरि बनाएको खीरको साथ गुडभात एवं नुनको दान गर्ने विधान वामनपुराणमा उल्लेख छ । यस महिनामा एक पटक भोकै रहनाले अर्थात केवल एक पटक मात्र भोजन गर्नाले ऐश्वर्य प्राप्ति हुन्छ । यस महिनाको केहि विशेष व्रतहरु हुन्,

अ. हरितालिका

आ. गणेशचतुर्थी

इ. ऋषिपञ्चमी

ई. ज्येष्ठागौरी एवं

उ. अनन्त चतुर्दशी

यी मध्ये श्रीगणेश चतुर्थी, व्रतको साथ-साथै त्यौहार तथा उत्सवको रूपमा पनि मनाइन्छ ।

हरितालिका

तिथि

यो व्रत (उपवास) भाद्रपद शुक्ल पक्ष तृतीयामा मनाइन्छ । मां पार्वती यस व्रतको प्रमुख देवता हुन् । यस व्रतमा उमा-महेश्वरको मूर्तिको स्थापना गरि यथाविधि उनको पू्जा गरिन्छ । कतिपय प्रदेशहरुमा देवता पूजनको साथ हवन पनि देवताको पूजासँगै गरिन्छ, जसमा तिल एवं घ्यू इत्यादि चढाइन्छ । यस दिन ‘हरिकाली’, ‘हस्तगौरी’ एवं ‘कोटेश्वरी’ इत्यादि मां पार्वतीका रूपहरुका व्रत पनि गरिन्छ । विशेष गरी स्त्रिहरु नै यो व्रत गर्छन् ।

हरितालिका व्रतका उद्देश्य एवं लाभ

मां पार्वतीले शिवजीलाई वरको (दुलहाको) रूपमा प्राप्त गर्नको लागि यो व्रत गर्नु भएको थियो । त्यसकारण विवाहयोग्य कन्याहरु अनुरुप वर (दुलहा) प्राप्तिको लागि यो व्रत गर्छन्, त्यसैले सुहाग अखण्ड बनाई राख्नको लागि सुहागन स्त्रिहरु पनि यो व्रत गर्दछन् ।

हरितालिका व्रत गर्नाले हुने विविध फाईदाहरु

१. व्रतको दिन उपवासको कारण देह (शरीर) पवित्र हुन्छ ।

२. ब्रह्माण्डमा विद्यमान शिवतत्त्व, व्रतकर्तीतर्फ आकर्षित हुन्छ ।

३. उनको शीघ्र आध्यात्मिक उन्नति हुनमा सहायता हुन्छ ।

४. कठोर व्रतपालन गर्नाले मृत्युपछि व्रतकर्तीलाई शिवलोकमा स्थान प्राप्त हुन्छ ।

यस प्रकार यो व्रत यस जन्ममा सांसारिक विघ्न हटाउन एवं मृत्युपछि लाभ प्रदान गर्दछ ।

हरितालिका व्रतांतर्गत देवतापूजनको पूर्वायोजन एवं प्रत्यक्ष पूजन

 

हरितालिका व्रत दृश्यपट (Haritalika Video) हिन्दि भषामा

 

प्रातःकाल मंगलस्नान गरि पार्वती एवं उनको मित्रको मूर्ति ल्याएर शिवलिंगसहित पूजा गरिन्छ । भक्तहरु रातभर जागरण रहन्छन् अनि भोलिपल्ट उत्तरपूजा (समापन पूजा) गरिसकेपछि लिंग तथा मूर्ति विसर्जन गर्दछन् ।

सनातन हिन्दु धर्ममा प्रत्येक महीनाको विशेष महत्त्व छ । साथै प्रत्येक मासमा वातावरणमा हुने परिवर्तनको परिणाम सृष्टिमा पनि हुन्छ । यसको विचार गरि शास्त्रमा प्रत्येक महीनामा केहि विशेष धार्मिक कृत्य गर्नुको विधान बताएको छ । यसमा केहि चाड, केहि पर्व, केहि व्रत पनि अन्तर्भूत छन् । तिनीहरुका अध्यात्मशास्त्रीय महत्त्व एवं आधार बुझ्नाले श्रद्धा बढ्नमा मद्दत हुन्छ । प्रत्येक व्रतसँग सम्बन्धित विशेष धार्मिक विधि, उपवास, संकल्प इत्यादि आचार हुन्छ ।

देवतापूजनको स्थान सफा गरि रंगोली इत्यादि ले सुशोभित गर्दछ । चौकीको दुबैतर्फ दीपस्तम्भ राख्दछ । पूजाको थालीमा सजाएको सामग्री पूजास्थानको नजिक राख्नुहोस् । हरितालिका पूजनको आरम्भमा सर्वप्रथम स्त्रि आचमन, प्राणायाम गरिसकेपछि देशकाल कथन गर्दछ । त्यस पश्चात स्त्रिहरु संकल्प गर्दछन्…

मम उमामहेश्वरसायुज्यसिद्धये हरितालिकाव्रतम् अहं करिष्ये ।

अर्थात, श्री उमामहेश्वरबाट सायुज्य मुक्ति प्राप्त हुनको लागि म यो हरितालि का व्रत गर्दछुँ ।

अ. आजको दिन स्त्रिहरु नदीको बगरमा गएर अथवा उपलब्धता अनुसार बगिरहेको एवं शुद्ध पानीको बालुवा घर लिएर आउछ ।

आ. घरमा सजाएको देवतापूजनको स्थानमा त्यो बालुवाबाट शिवपिण्डी बनाउँछ ।

इ. आजकल नगरहरुमा एवं ठूलो शहरहरुमा मां पार्वती एवं उनकी मित्रको, शिवलिंगको साथ मूर्तिहरु उपलब्ध छन् ।

ई. मां पार्वती एवं मित्रको मूर्तिलाई घरमा स्थापित गरि, उनको पूजा गरिन्छ ।

उ. हरितालिका पूजनमा बिल्वपत्र, अपामार्ग अर्थात चिचडा, पारिजात, करवीर अर्थात कनेर, अशोक इत्यादि सोलह प्रकारका पत्रहरु शिवपिण्डीमा चढाई छ ।

ऊ. साथै स्त्रि श्वेत पुष्प पनि समर्पित गर्दछ ।

ए. गुड-नरिवर अर्थात jaggery-coconut kernel, दूध एवं उपलब्धता अनुसार फल नैवेद्यस्वरूप निवेदित गर्दछ ।

ऐ. त्यसपछि देवी हरितालिकाको आरती गरिन्छ ।

ओ. पूजापछि स्त्रिहरु भावपूर्ण प्रार्थना गर्दछन् । यो दिन पूजाको समय प्रज्वलित गरिको दीप विसर्जनको समयसम्म प्रज्वलित राखिन्छ, त्यसलाई निभन दिदैन । यसले पूजकको भाव अनुसार उनलाई शिव तत्त्व एवं तेज तत्त्वको लाभ हुन्छ ।

औं. साझको समयमा पनि स्त्रि देवीको आरती गर्दछ तथा रात्रिको समय जागरण रहि हरितालिकाको कथाको श्रवण गर्दछ ।

अं. हरितालिकाको दिन पूजा गर्नुको साथै स्त्रि दिनभर उपवास राख्छन् । उपवास गर्नुको अर्थ हो, अन्न ग्रहण नगरि नामस्मरण गर्दौ देवताको सतत संधान साधना ।

क. स्त्रिहरु जीवनमा आउने विघ्न हटाईदिनको लागि शिवजीलाई प्रार्थना गर्दछ । भावपूर्ण प्रार्थनाको कारण स्त्रीतर्फ शिव-शक्तिको प्रवाह आकृष्ट हुन्छ तथा उनको भावानुसार उनलाई लाभ मिल्दछ ।

हरितालिका व्रतको दोस्रो दिन गरिने विधि

स्त्रि देवीको आरती गर्दछ । देवीलाई दही एवं भातको नैवेद्य निवेदित गर्दछ । त्यसपछि शिवपिण्डी एवं सखी पार्वतीको मूर्तिहरु जलस्रोत नजिक लगिन्छ एवं तिनीहरुलाई बगिरहेको पानीमा विसर्जित गरिन्छ । केहि स्थानहरुमा हरितालिकाको दोस्रो दिन स्त्रिहरु यथाशक्ति एक, आठ अथवा सोलह दम्पतिलाई खाना खुलाउछन् तथा उनीहरुलाई सौभाग्यद्रव्यले भरिएको सुहागपिटारीको दान दिन्छन् । त्यसपछि स्वयं भोजन गरि व्रतको समापन गर्दछ ।

संदर्भ : सनातनको ग्रंथ, ‘श्री गणपति’ एवं ‘धार्मिक उत्सव एवं व्रतों का अध्यात्मशास्त्रीय आधार’

Leave a Comment